काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा घरजग्गा किनबेच उच्च, राजश्व संकलन कोर सिटीमा धेरै

एक वर्षको अवधिमा उपत्यकाका तीन जिल्लामा ४६ हजार २८६ घरजग्गाको लिखत पारित भएका छन् । अघिल्लो आर्थिक वर्ष ०७९/८० मा उपत्यकाभित्र ४६ हजार ५६३ घरजग्गाहरुको लिखत पारित भएका थिए ।

367B408218B985F-icon.png
396views
5BEA5C794A00A0E-kathmandu-valleyy.jpg

काठमाडौं । गत आर्थिक वर्षमा काठमाडौं उपयत्काभित्र समग्र घरजग्गा किनबेच घटेको छ भने राजश्व संकलन बढेको छ । 

एक वर्षमा उपत्यकाका तीन जिल्लाका नौ मालपोत कार्यालयबाट ४६ हजार २८६ घरजग्गा किनबेच भएका छन् । जबकी आर्थिक वर्ष ०७९/८० मा उपत्यकाभित्र ४६ हजार ५६३ घरजग्गा किनबे भएका थिए । 

यस्तै, काठमाडौं उपत्यकामा घरजग्गा किनबेच घटेपनि राजश्व संकलन भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा उपत्यकाबाट १५ अर्ब ११ करोड रुपैयाँ रावश्व उठेकोमा गत आर्थिक वर्षमा १७ अर्ब ४९ करोड रुपैयाँ राजश्व उठेको छ ।

देशैभरका नागरिकले स्थायी बसोबासका लागि पहिलो रोजाइमा राख्ने संघीय राजधानीमै घरजग्गा कारोबार घटेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।

उपत्यकामा काँठ क्षेत्रमा उच्च कारोबार

पछिल्लो समय उपत्यकाको काँठ क्षेत्रमा घरजग्गा कारोबार उच्च भइरहेको देखिन्छ । तर, राजश्व संकलन भने कोर सिटी एरियामा धेरै हुने गरेको भूमि विभागको तथ्यांकले देखाउँछ । 

उपत्यकाको मुख्य शहरी क्षेत्रमा खाली जग्गा कम हुँदै जानु र घरजग्गाको मूल्य पनि उच्च हुँदा काँठ क्षेत्र रोजाईमा पर्न थालेको हो ।  

उपत्यकामा रहेका तीन जिल्लामा नौवटा मालपोत कार्यालय छन् । एक वर्षमा ललितपुरको लगनखेल मालपोतबाट १० हजार ७२१, गोटीखेलबाट २३०, भक्तपुरबाट ११ हजार ३०, डिल्लीबजारबाट २३ सय ५५, चावहिलबाट पाँच हजार १६६, कलंकीबाट सात हजार ८३१, साँखुबाट चार हजार ५३३, मनमैंजुबाट २६ सय ८६ र टोखा मालपोतबाट १७ सय ३४ घरजग्गाको लिखत पारित भएको छ ।

कुन मालपोतबाट कति राजश्व संकलन ?

गत आर्थिक वर्षमा घरजग्गाको लिखत पारित २७७ ले घट्दा राजश्व संकलन भने दुई अर्ब ३८ करोड रुपैयाँले बढेको छ । उपत्यकामा महंगा पोपर्टीको किनबेच बढेपछि राजश्व पनि बढेको हो । महंगा पोपर्टी किनबेच हुँदा रजिष्ट्रेसन दस्तुरसहित पुँजीगत लाभकर पनि धेरै उठ्ने गर्छ ।

काठमाडौं उपत्यकाका नौ मालपोतमध्ये डिल्लीबजारबाट सबैभन्दा कम घरजग्गा किनबेच भएपनि राजश्व संकलनमा तेस्रो स्थानमा छ । ललितपुर र भक्तपुरमा एक/एक (ललितपुरको गोटीखेलबाट नगन्य कारोबार) रहेको हुँदा कारोबार र राजश्व संकलनमा दुबै मालपोत अगाडि छन् ।

उपत्यकाका नौ मालपोतमध्ये लगनखेलबाट चार अर्ब २१ करोड, गोटीखेलबाट ८९ लाख, भक्तपुरबाट तीन करोड ११ लाख, डिल्लीबजारबाट दुई अर्ब ९० करोड ३७ लाख, चावहिलबाट दुई अर्ब ४४ करोड  ३४ लाख, कलंकीबाट दुई अर्ब ५० करोड ८६ लाख, साँखुबाट ९४ करोड, मनमैंजुबाट ७९ करोड ५८ लाख, टोखाबाट ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

कुन मालपोतबाट कति किनबेच ?

उपत्यकामा रहेका तीन जिल्लामा नौवटा मालपोत कार्यालय छन् । एक वर्षमा ललितपुरको लगनखेल मालपोतबाट १० हजार ७२१, गोटीखेलबाट २३०, भक्तपुरबाट ११ हजार ३०, डिल्लीबजारबाट २३ सय ५५, चावहिलबाट पाँच हजार १६६, कलंकीबाट सात हजार ८३१, साँखुबाट चार हजार ५३३, मनमैंजुबाट २६ सय ८६ र टोखा मालपोतबाट १७ सय ३४ घरजग्गाको लिखत पारित भएको छ ।

कुन मालपोतबाट कति राजश्व संकलन ?

उपत्यकाका नौ मालपोतमध्ये लगनखेलबाट चार अर्ब २१ करोड, गोटीखेलबाट ८९ लाख, भक्तपुरबाट तीन करोड ११ लाख, डिल्लीबजारबाट दुई अर्ब ९० करोड ३७ लाख, चावहिलबाट दुई अर्ब ४४ करोड  ३४ लाख, कलंकीबाट दुई अर्ब ५० करोड ८६ लाख, साँखुबाट ९४ करोड, मनमैंजुबाट ७९ करोड ५८ लाख, टोखाबाट ७५ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

नवरात्रको छैटौँ दिन: आज स्कन्दमाताको पूजा आराधना गरिँदै

भूकम्पको इपिसेन्टर बारपाकमा देखिन छाडे परम्परागत ढुंगाका घर

आश्विन शुक्ल चौथी तिथिः आज पनि कुष्माण्डा देवीको पूजा गरिँदै

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

9019A7574F7E066-khurkot-bajar-in.jpg

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

9138701D7F97280-22.png

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्‍जिनियरको महत्व