जेठ महिनाको तुलनामा असारमा कित्ताकाट पनि घट्यो

जेठमा एक लाख ६५ हजार चार सय कित्ताकाट भएका थिए, असारमा घटेर एक लाख १०२ मात्रै कित्ताकाट भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ ।

367B408218B985F-icon.png
617views
703F1DC80BE96C8-2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

काठमाडौं । जेठ महिनाको तुलनामा असारमा कित्ताकाट पनि घटेको छ । असारमा देशभर एक लाख १०२ कित्ताकाट भएका छन्, यसका लागि ५९ हजार २१६ कित्ता जग्गालाई टुक्रा पारिएको हो ।

जेठ महिनामा देशभरी एक लाख ६५ हजार चार सय कित्ताकाट भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । जेठमा घरजग्गा किनबेच र कित्ताकाट पछिल्लो दुई वर्षयताकै उच्च रहेको थियो ।

तर, असारमा घरजग्गा किनबेच पनि जेठको तुलनामा घटेको छ । जेठमा ६१ हजार १६१ घरजग्गाको लिखत पारित भएकोमा असारमा घटेर ४४ हजारमा सिमित भएको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाएको छ । 

अघिल्लो महिनाको तुलनामा असारमा कित्ताकाट घटेपनि अघिल्ला वर्षहरुको सोही महिनाको तुलनामा भने कित्ताकाट बढेको छ ।

भूमि व्यवस्था विभागका अनुसार ०८० असारमा एक लाख ३६ कित्ताकाट, ०७९ असारमा ३७ हजार २६८ कित्ताकाट, ०८० असारमा एक लाख १८ हजार ६८१ कित्ताकाट भएका थिए । कोभिडपछि सिर्जना भएको मन्दीका कारण घटेको घरजग्गा किनबेच, कित्ताकाट र राजश्‍व संकलन पछिल्लो समय बढेको तथ्यांकले देखाउँछ ।
उपत्यकामा साढे १३ हजार कित्ताकाट

असार महिनामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ५५० कित्ताकाट भएको देखिन्छ । जसमध्ये लगनखेलबाट ३२ सय ५३, गोटीखेलबाट ३०, भक्तपुरबाट ३२ सय ६१, डिल्लीबजारबाट २३१, चावहिलबाट १४ सय ७५, कलंकीबाट २३ सय ६६, साँखुबाट १७ सय ४, मनमैंजुबाट ६८८ र टोखाबाट ५४२ कित्ताकाट भएका छन् । 

धनुषामा सबैभन्दा धेरै कित्ताकाट

असारमा सबैभन्दा धेरै कित्ताकाट धनुषा मालपोतबाट ६ हजार ३३८ भएको भूमि विभागले जनाएको छ । यस्तै, सुनसरीको इनरुवा मालपोतबाट चार हजार ६९४, भद्रपुरबाट चार हजार २६८, पर्साबाट चार हजार ३९, कलैयाबाट तीन हजार ५४४, मलंगवाबाट तीन हजार ४४४, जलेश्‍वरबाट तीन हजार ३८१, नेपालगञ्जबाट तीन हजार २९३, भक्तपुरबाट तीन हजार २६१, लगनखेलबाट ३ हजार २५३, सिराहाबाट तीन हजार १३४, काभ्रेबाट तीन हजार १२३, धनगढीबाट तीन हजार ११९ कित्ताकाट भएका छन् । 

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै