बैशाख र जेठमा ४० प्रतिशतले बढ्यो कित्ताकाट

पछिल्लो समय देशभरी कित्ताकाटसँगै घरजग्गा किनबेच र राजश्व उठ्ती पनि बढ्दै गइरहेको छ

367B408218B985F-icon.png
1638views
BCA878A5EFEA0C1-2B8F707A072233C-F13327BD3AC6BBC-B4B0F531F2F6C6B-kittakaat-final.jpg

काठमाडौं । नयाँ वर्ष ०८१ को पहिलो दुई महिना वैशाख र जेठमा देशभरी कित्ताकाटमा बढोत्तरी आएको छ । यस वर्षको दुई महिनामा अघिल्लो वर्ष ०८० को सोही अवधिको तुलनामा कित्ताकाट ४० प्रतिशतले बढेको हो ।

यो वर्ष दुई महिनामा देशभरी एक लाख ३० हजार ३९४ टुक्रा जग्गा कित्ताकाट भई दुई लाख ९६ हजार ३२ कित्ता पुगेका छन् । गत वर्षको दुई महिनामा ७९ हजार २५३ टुक्रा जग्गा कित्ताकाट भई एक लाख ७९ हजार पुगेका थिए ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वैशाख महिनामा एक लाख ३० हजार ६३२ कित्ताकाट भएका छन् भने जेठ महिनामा एक लाख ६५ हजार ४ सय कित्ताकाट भएका छन् । गत वर्षको वैशाखमा ७० हजार ६१७ र जेठमा एक लाख आठ हजार ३०२ कित्ताकाट भएका थिए ।

पछिल्लो समय कित्ताकाटसँगै घरजग्गा किनबेच र राजश्व उठ्ती पनि बढ्दै गइरहेको छ । वैशाख र जेठमा कुल एक लाख १० हजार ९४३ घरजग्गा किनबेच भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ । वैशाखमा ४९ हजार ७८२ घरजग्गा किनबेच भएका थिए भने जेठमा ६१ हजार १६१ घरजग्गा किनबेच भएका थिए ।

दुई महिनाको जग्गाको कित्ताकाट र घरजग्गा किनबेच तुलना गर्दा वैशाखको तुलनामा जेठमा दुबै बढेको देखिन्छ । अर्थात्, पछिल्ला महिनामा घरजग्गा किनबेच, कित्ताकाट र राजश्व संकलन बढ्दै गएको सरकारी तथ्यांकले नै देखाउँछ ।

खासगरी, झापा, सुनसरी, मोरङ, जनकपुर, बारा, सिमरा, चितवन, दाङ, बाँके, कैलाली लगायत जिल्लामा घरजग्गा किनबेच र कित्ताकाट उच्च भइरहेको भूमि व्यवस्थापन विभागको तथ्यांकले देखाउँछ ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै