काठमाडौंलाई ‘ओपन एन्ड लाइभ म्युजियम’ र ‘क्रियटिभ सिटी’का रुपमा विकास गरिने

काठमाडौं महानगरभित्र प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छवीकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने मेयर बालेन्द्र शाहले घोषणा गरेका छन् ।

367B408218B985F-icon.png
525views
EBEAFDB9FC3AD2D-Balen_shah.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंलाई ‘ओपन एन्ड लाइभ म्युजियम’ र ‘क्रियटिभ सिटी’का रूपमा विकास गर्ने भएको छ । महानगरका मेयर बालेन्द्र शाहले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा महानगरका पर्यटकीय स्थलहरुलाई समेटी थिम बेस्ड टुरिजमलाई प्रवर्द्धन गर्ने घोषणा गरिएको छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक, महत्वका मठ, मन्दिर, द्यःछे, बहाल, पोखरी, हिटी, चैत्य, बिहार, स्तुप, साःगा, बहाः बही, ननी, चोक लगायतका स्थानहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै डिजिटल अभिलेख, मौलिक नामाकरण र नक्सांकन गरिने भएको छ । 

प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छवीकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रम तय गरिएको छ ।

पार्किङ एप प्रयोगमा ल्याइने

महानगरले आफ्नो कार्यक्षेत्रभित्रका निजी घर जग्गामा व्यवसायिक सवारी साधन पार्किङको रूपमा प्रयोग गर्न प्रोत्साहन गर्ने भएको छ । सार्वजनिक तथा व्यवसायिक रूपमा प्रयोग हुने निजी पार्किङ व्यवस्थापनका लागि पार्किङ एपको प्रयोग अनिवार्य गरिने बताइएको छ ।

महानगरको नीति तथा कार्यक्रममा भनिएको छ, ‘सडकहरूको वैज्ञानिक तथा मौलिक नामाकरण गरी घर नम्बर प्रणालीलाई व्यवस्थित गरिनेछ । महानगर क्षेत्रभित्र कुरियर सेवाको लागि मेट्रो पोष्ट सञ्‍चालन गरिनेछ । होम डेलिभरी सरकारको अवधारणा अनुरुप सेवा प्रवाहलाई घरघरमा पुर्याइनेछ ।’

काठमाडौंको इतिहास र सभ्यतासँग जोडिएको टुकुचा खोलालाई खुला गरी प्राकृतिक रूपमा बग्‍न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्‍चालन गरिने भएको छ । यस्तै, महानगर क्षेत्रभित्रका अन्य नदी, खोला, खोल्साको संरक्षण गर्ने तथा करिडोर विस्तारको कार्यलाई निरन्तरता दिइनेछ ।

भु–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक

महानगरले भु–सूचना प्रणालीमा आधारित सहरी पूर्वाधार सूचक तयार गरी कार्यान्वयनमा ल्याउने जनाएको छ । निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीहरूको गुणस्तर र मापदण्ड सुनिश्‍चितताका लागि गुणस्तर नियन्त्रण तथा परीक्षण गर्न पूर्वाधार प्रयोगशाला स्थापना गरिने भएको छ ।

सडक निर्माण तथा मर्मत कार्यलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि आस्फाल्ट प्लाण्ट स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, महानगर क्षेत्रभित्रका सडक तथा फुटपाथमा विभिन्‍न निकायबाट निर्माण गरिने संरचनाहरूको निर्माण प्रारम्भ गर्नुपूर्व महानगरको अनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान लागू गर्ने बताइएको छ ।

काठमाडौंका प्रमुख सडकहरूमा यूटिलिटी डक्ट निर्माण गरी नेपाल दूरसञ्‍चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थासँग सहकार्य गरी अव्यवस्थित रुपमा रहेका तारहरूको उचित व्यवस्थापन गर्ने उल्लेख छ । 

व्यस्त ठाउँमा अन्डर पास निर्माण गर्दै जाने

काठमाडौं महानगरपालिकाले सहज सवारी आवागमन तथा पैदलयात्रीहरूको सहजताका लागि सम्भावित स्थानहरूमा क्रमशः अन्डर पास निर्माण गर्दै लैजाने घोषणा गरेको छ ।

मास पब्लिक ट्रान्सपोर्टको अवधारणा बमोजिम सार्वजनिक यातायात प्रवद्र्धन गर्ने र सार्वजनिक यातायातलाई जीपीएस वा आधुनिक प्रविधिमा आवद्ध गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, इन्टेलिजेन्ट ट्राफिक सिग्नल, उचित ट्राफिक व्यवस्थापन, वैज्ञानिक ढंगले वन वे निर्धारण, नो भेहिकल जोन सम्बन्धी अध्ययन गरेर सोको सिफारिश क्रमशः कार्यान्वयन गर्दै लैजाने पनि घोषणा गरिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्‍चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । विद्युतीय सार्वजनिक यातायातलाई प्रवर्द्धन गर्दै डिजेल वा पेट्रोलबाट सञ्‍चालन हुने सार्वजनिक तथा निजी सवारी साधनको प्रयोगलाई क्रमशः घटाउदै लगिनेछ । चार्जिङ स्टेसन सञ्‍चालन गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।’

न्यूरोड, हाडीगाउँजस्ता ठाउँलाई ‘नो भेहिकल जोन’

सूचीकृत सम्पदा क्षेत्रलगायत नयाँ सडक, हाडीगाउँजस्ता प्राचीन, पुरातात्विक र विशेष महत्वका क्षेत्रहरूलाई नो भेहिकल जोनको रुपमा विकास गर्ने महानगरले घोषणा गरेको छ । 

बृहत हाँडीगाउँ गुरुयोजना तयार गरी लिच्छवीकालीन हाँडीगाउँको पुनर्विकास गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाँडीगाउँलाई विश्‍व सम्पदा क्षेत्रको रूपमा सूचीकृत गर्न प्रस्ताव गरिने भएको छ । बृहत वसन्तपुर गुरुयोजना तयार गरी मल्लकालीन वसन्तपुरको रुपमा विकसित गर्ने जनाएको छ । 

हाँडीगाउँ, वसन्तपुरलगायतका स्थानहरूमा होमस्टे सञ्‍चालनका लागि प्रोत्साहनसहितको आवश्यक प्रबन्ध मिलाउने पनि महानगरको कार्यक्रम छ ।

अमूर्त सम्पदाहरू इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा, पचली भैरव जात्रा, पाँहाँचहे जात्रा, अन्य जात्रा तथा पर्व, स्थानीय परिकार, परम्परालाई संरक्षण र प्रवर्द्धन गर्दै सम्भावना भएका थप कला, संस्कृति र सम्पदाहरू युनेस्कोमा सूचीकृत गर्ने प्रक्रिया सुरु गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

काठमाडौंलाई चलचित्र छायांकनको उपयुक्त गन्तव्य बनाइने

चलचित्र, संगीत, कला, स्थानीय पेयपदार्थ, मौलिक र परम्परागत खानालाई ब्रान्डिङ गरिनेछ । काठमाडौंलाई फिल्म सिटीको रुपमा पहिचान गराई चलचित्र छायांकनको उपयुक्त गन्तव्यका रुपमा विकसित गरिने बताइएको छ ।

महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रदेखि स्वयम्भूसम्मको हेरिटेज वाकलाई प्रवद्धन गर्न नीति लिएको छ । वसन्तपुर– स्वयम्भुनाथ–बौद्धनाथ– पशुपतिनाथ–वसन्तपुरलाई हेरिटेज रूटका रुपमा विकास गरिनेछ । अन्य स्थानहरूमा पनि रणनीतिक, व्यवसायिक र पर्यटकीय रूटको पहिचान तथा नक्सांकन गरी हेरिटेज रूटको रूपमा विकसित गरिनेछ ।

पानी रिचार्जका लागि नयाँ पोखरीहरू बनाउन सम्भावित स्थानहरू पहिचान गरिने 

महानगर क्षेत्रभित्रका पोखरी, ढुंगेधाराहरूको पुनस्र्थापना गर्दै रिचार्ज काठमाडौँ अभियान अन्तर्गत आकाशे पानी संकलन तथा पुनर्भरण गर्ने कार्यलाई निरन्तरता दिइने छ । नयाँ पोखरीहरूको निर्माण गर्न सम्भावित स्थानहरूको पहिचान गरिने भएको छ ।

तिनकुनेको जग्गा अधिग्रहणका लागि सरकार र काठमाडौँ महानगरपालिकाको लागत साझेदारीमा मुआब्जा वितरण गर्न रकम विनियोजन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगर क्षेत्रभित्र सार्वजनिक प्रयोगका लागि सञ्‍चालन हुने निजी तथा सार्वजनिक शौचालयको न्यूनतम मापदण्ड तय गरिनेछ । निजी, सरकारी तथा गैरसरकारी संस्थाहरूले आफ्नो स्वामित्वमा रहेको शौचालय निःशुल्क रूपमा उपलब्ध गराएवापत प्रोत्साहनको व्यवस्था गरिने भएको छ ।

काठमाडौंको खुलामञ्‍चलाई खुला व्यायामस्थल र खेलकुद विकासको लागि उपयोग गरिने उल्लेख छ । महानगरले आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुला क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको छ । 

खुला क्षेत्रको विस्तार गर्न, संरक्षण गर्न र बहुउपयोग हुने गरी सार्वजनिक प्रयोजनका लागि सार्वजनिक तथा सरकारी जग्गालाई महानगरपालिका मातहत ल्याउन पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

जनवरी १ः अंग्रेजी नयाँ वर्ष २०२५ शुरू

एएसी ब्लक र रातो इँटामा कुनको आयु कति ?

आज तमु ल्होसार मनाइँदै

झापामा सवा अर्बमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’, पाँचतारेको हब बन्यो झापा

कजरियाले सुरू गर्‍यो प्रिमियम सिरेमिक टाइल उत्पादन, २५% प्रतिशत सस्तो

लिजेन्ड प्रोपर्टीका घरघडेरी खरिदमा लुम्बिनी विकास बैंकबाट सस्तोमा कर्जा पाइने

कोशी प्रदेश बन्यो रियल इस्टेटको हटस्पट, सवा अर्बमा एउटै प्लट बिक्री

बाजुरा भूकम्पले २० घर पूर्ण रुपमा भत्किए, डेढ सय घरमा आंशिक

BC48ACD776EEDC9-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?

5B247B9333FAA6C-mahabhiyog-mag2024-09-09-01-47-04.jpeg

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

787AA61B92ED8A7-meyer-forum.jpg

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ