व्यवसायीले घरजग्गा किनबेचको समग्र विवरण मालपोतमा बुझाउनुपर्ने, शंकास्पद कारोबार राष्ट्र बैंकलाई

भूमि विभागले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा घरजग्गा खरिद वा बिक्री व्यवसायीहरु (सूचक संस्थाहरु)लाई जारी गरिएको निर्देशन, २०८१’ मा यस्तो व्यवस्था गरेको हो

367B408218B985F-icon.png
710views
AD22CDEA06D9324-fff.jpg

काठमाडौं । घरजग्गा व्यवसायीहरुले घरजग्गा कारोबारको विवरण तयार पारी सम्बन्धित मालपोत कार्यालय र सीमा तथा संकास्पद कारोबारको विवरण राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईलाइ बुझाउनुपर्ने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा घरजग्गा खरिद वा बिक्री व्यवसायीहरु (सूचक संस्थाहरु)लाई जारी गरिएको निर्देशन, २०८१’ मा यस्तो व्यवस्था गरेको हो । 

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७न. को उपदफा (२) बमोजिम सरकारको निर्णयले भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई उक्त ऐनको दफा २ को खण्ड (ढ) को उपखण्ड (२) बमोजिमका घरजग्गा खरिद वा बिक्री व्यवसायीको कामकारबाहीको हकमा नियमनकारी निकायले तोकेको उक्त ऐनको ३० चैत ०८० मा भएको संशोधन र सो अन्तर्गत जारी गरिएका नियम, निर्देशन, आदेश बमोजिम काम कारबाही गर्न गराउन घरजग्गा खरिद वा बिक्री व्यवसायीलाई सोही ऐनको दफा ७प को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी घरजग्गा खरिद वा बिक्री व्यवसायीहरुका लागि विभागले ६ बुँदे निर्देशन जारी गरेको हो ।

यही १७ जेठमा जारी गरिएको निर्देशन यसप्रकार छ,

१) सूचक संस्था भन्नाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा २ को खण्ड (ढ) को उपखण्ड (२) मा उल्लेख भएबमोजिम घरजग्गा खरिद वा विक्री गर्ने उद्देश्य राखी स्थापित फर्म, कम्पनी, संस्था वा व्यक्तिगत रूपमा व्यवसायिक तवरले घरजग्गा खरिद वा विक्री गर्ने व्यवसायीहरु पर्नेछन् । यस्ता व्यवसायीले कुनै पनि प्रकार र मूल्यको घर जग्गा खरिद बिक्री गराउँदा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिमका व्यवस्था पालना गरी सीमा र शंकास्पद कारोबार बाहेकको समग्र कार्यान्वयनको प्रतिवेदन अर्धवार्षिक र वार्षिक रुपमा अनुसूची बमोजिमको ढाँचामा तयार गर्नुपर्नेछ ।

२) यस निर्देशन बमोजिम घरजग्गा खरिद वा विक्रीको व्यवसाय गर्ने व्यवसायीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को व्यवस्था पालना गरी सोको विवरण सम्बन्धित मालपोत कार्यालयमा र सीमा तथा शंकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी ईकाईले तोकेको ढाँचा, माध्यम र समयमा उक्त इकाईमा यथासक्य छिटो बुझाउनु पर्नेछ ।

३) सम्बन्धित मालपोत कार्यालयले बुँदा नं २ बमोजिम घर जग्गा खरिद वा बिक्री व्यवसायीले पेस गरेको प्रतिवेदन एकिकृत रुपमा विभागमा पेस गर्नेछ र सो को आधारमा विभागले वा विभागले तोकेको अधिकारीले समय समयमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम जोखिमका आधारमा घरजग्गा खरिद वा विक्री व्यवसायीको निरिक्षण तथा सुपरीवेक्षण र अनुगमन गर्नेछ ।

४) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम काम कारवाही नगर्ने घरजग्गा खरिद वा विक्री व्यवसायीलाई विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७फ. र अन्य निकायले प्रचलित कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

५) यस सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम विभागले क्रमशः गर्दै जानेछ ।

६) यो सँगै विभागले २४ जेठ ०७९ मा जारी गरेको निर्देशन खारेज गरेको छ । उक्त निर्देशन बमोजिम भएको काम कारबाही यसै निर्देशन बमोजिम भएको मानिनेछ ।

विवरण राख्ने ढाँचापत्र

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

A6790AC77175FA2-WhatsApp Image 2024-08-20 at 07.44.18_90a68d58.jpg

ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको मुखाकृतीसहितको आर्ट भिलेज बन्दै