चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

शान्त र रमणिय ठाउँमा अवस्थित जलविनायक कोलोनी ४६ रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ ८५ वटा घरहरु भएको सुविधा सम्पन्न कोलोनी बन्नेछ ।

367B408218B985F-icon.png
11410views
451C6EAF054C050-1.jpg

काठमाडौं । के तपाईं किर्तीपुरको चोभारतिर सुविधायूक्त घरघडेरी किन्न खोजिरहनु भएको छ । यदि छ भने चोभारस्थित जलविनायक कोलोनी तपाईंका लागि उपयुक्त हुन सक्छ । 

बल्खुबाट चार किलोमिटर दुरीमा रहेको जलविनायक कोलोनीमा अझै पनि १५ बंग्लो र १३ वटा घडेरी बिक्रीमा रहेको एसल्यान्ड प्रोपर्टीजका सेल्स म्यानेजर चिरञ्जिवी आचार्यले बताए । जलविनायकका घर तथा घडेरी बिक्रीको जिम्मेवारी एसल्यान्ड प्रोपर्टीजले लिएको छ ।

शान्त र रमणिय ठाउँमा अवस्थित जलविनायक कोलोनी ४६ रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ ८५ वटा घरहरु भएको सुविधा सम्पन्न कोलोनी बन्नेछ । 

अहिले जलविनायक कोलोनीमा २६ वटा घर र ५९ वटा घडेरी तयार भएका छन् । ग्राहकलाई घडेरी खरिद गरेर आफै घर बनाउन सक्ने सुविधा दिइएको छ । 

कोलोनीमा साढे दुई र साढे तीन तलाका २६ वटा बंग्लो (घर) बनिसकेका छन्, जसमध्ये १५ घरमात्र बिक्री गर्न बाँकी रहेको आचार्यले बताए । यस्तै, ५९ घडेरीमध्ये बिक्रीका लागि १३ वटामात्र उपलब्ध छन् । 

कोलोनीभित्र बच्चाहरु खेल्नका लागि ३७ आना खुला भाग राखेको बताइएको छ । 

कोलोनीमा चार, ६, आठ, १०, ११ आनादेखि ३१ आनासम्मका ठूला प्लटहरु पनि उपलब्ध छन् । ग्राहकले आफुलाई आवश्यक घरघडेरी छानीछानी खरिद गर्न पाउनेछन् । 

एसल्यान्ड प्रोपर्टीजका अनुसार घरहरु चार आनादेखि आठ अनासम्म क्षेत्रफलसम्म निर्माण गरिएको छ । अहिले बिक्रीमा उपलब्ध घरहरुको मूल्य न्यूनतम दुई करोड ४० लाख रुपैयाँदेखि अधिकतम चार करोड २५ लाख रुपैयाँसम्म रहेको आचार्यले बताए ।

यस्तै, घडेरीको मूल्य प्रतिआना न्यूनतम २६ लाखदेखि ३२ लाख रुपैयाँसम्म राखिएको छ । कोलोनीमा ३१ आनासम्मका घडेरी उपलब्ध रहेको बताइएको छ । 

कोलोनीमा बेसमेन्ट सहितका घरहरु पनि उपलब्ध छन् । घरहरु आकर्षक डिजाइनमा बनेका छन् । यस्तै, कोलोनीभित्र पक्की सडक, ढल, पानी, बिजुली, खुला ठाउँ, चौबिसै घण्टा सेकुरिटी गार्ड लगायत सुविधाहरु रहेका छन् । 

कोलोनी काठमाडौं–तराई द्रुतमार्गबाट नजिकै रहेको छ । त्यो सडक बनेपछि जग्गाको भाउ अझै बढ्ने निश्चित छ । यस्तै, छेवैमा मञ्जुश्री पार्क र वुप्पी ल्यान्ड रहेको छ । मेडिसिटी हस्पिटलबाट तीन किमी र चोभार सुख्खा बन्दरगाहबाट आठ सय मिटर दुरिमा कोलोनी रहेको छ । 

कोलोनीमा घर तथा घडेरी खरिद गर्नका लागि बैंक फाइनान्सिङको सुविधा पनि छ । बैंकिङ सुविधा ७० प्रतिशतसम्म उपलब्ध गराएको आचार्यले बताए । बैंकमा कर्जाको प्रकृया समेत कम्पनीले गरिदिनेछ । 

कम्पनीले १५ वैशाखमा सबै ग्राहकलाई बोलाएर घर घडेरी देखाउने तयारी गरिरहेको छ । त्यसैलाई तार्गेट गरेर कम्पनीले अफर प्राइस ल्याएको जनाएको छ । पछि घर तथा घडेरीको मूल्य बढ्ने कम्पनीले जनाएको छ । 

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

चालू आवमा रियल इस्टेट क्षेत्रको वृद्धिदर पाँच वर्षयताकै उच्च रहने प्रक्षेपण

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

चार गुनाले बढ्यो व्यक्तिगत आवासीय घरकर्जा