नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

कम्पनीले घर खरिद गर्न चाहने इच्छुक ग्राहकहरुलाई प्रोपर्टी देखाउन तीन दिनको ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ । ओपन हाउस कार्यक्रममा घर बिक्रीका लागि प्रर्दशनीमा राखिन्छ । घर खरिद गर्न इच्छुक ग्राहकलाई अवलोकनको मौका मिल्छ ।

367B408218B985F-icon.png
1977views
D3361146BCC0E57-F3DEC8049C9D65D-Nagarjun Home.jpg

काठमाडौं । ओशो तपोवन नजिकै शान्त र रमणीय नागार्जुन डाँडोमा आलिसान बंग्लो बिक्रीमा राखिएको छ । १३ रोपनी क्षेत्रफलमा बनेको बंग्लो फार्म हाउसकै थिममा रहेको छ । 

यस सुविधा सम्पन्न बंग्लोको मूल्य १९ करोड ९५ लाख रुपैयाँ तोकिएको छ । यो मूल्यमा पनि ग्राहकले नेगोसेसन गर्न पाउने बताइएको छ । 

घर बिक्रीका लागि एक्सक्लुसिभ मार्केटिङको अधिकार नेपाल रियल इस्टेट सोलुसनले लिएको छ । कम्पनीले शनिबार, आइतबार र सोमबार ‘ओपन हाउस’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

कम्पनीले घर खरिद गर्न चाहने इच्छुक ग्राहकहरुलाई प्रोपर्टी देखाउन तीन दिनको ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ । ओपन हाउस कार्यक्रममा घर बिक्रीका लागि प्रर्दशनीमा राखिन्छ । घर खरिद गर्न इच्छुक ग्राहकलाई अवलोकनको मौका मिल्छ ।  अर्थात्, ओपन हाउस कार्यक्रमले बिक्रेता र क्रेतालाई साझा मञ्च सिर्जना गरिदिन्छ ।

निश्चित समय छुट्याएर सम्भावित ग्राहकलाई घर तथा भवन देखाउन आयोजना गरिने कार्यक्रम ओपन हाउस हो । यो घरधनी, घरजग्गा एजेन्सी र डेभलपरका लागि प्रोपर्टी बिक्रीमा राखी विज्ञापन गर्ने साझा मञ्च हो भने ग्राहकका लागि नयाँ नयाँ घरहरु हेर्ने मौका हो ।

तीन दिनसम्म चल्ने ओपन हाउस कार्यक्रममा इच्छुक ग्राहकहरुले नागार्जुन गएर प्रोपर्टी हेर्न सक्ने कम्पनीले जनाएको छ । प्रोपर्टी देखाउन कम्पनीले डेडिकेटेड व्यक्तिको व्यवस्था गर्नेछ । ओपन हाउसमा ग्राहकहरुलाई मज्जाले फुर्सद निकालेर प्रोपर्टी अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।

शान्त र प्राकृतिक वातावरणमा बस्न चाहनेहरुका बंग्लो उपयुक्त रहेको छ । बंग्लोमा पुग्दा लक्जरी रिसोर्टमा पुगेको अनुभूति हुन्छ । रिङरोडबाट बंग्लोमा पुग्न सात किमी दुरी छ । काठमाडौं–त्रिशुली राजमार्गबाट दुई सय मिटरमा पर्छ । 

घरमा जानका लागि २० फिटको ढलान बाटो छ । दक्षिणतर्फको स्लोपमा नर्सरी बनाइएको छ । लालपूर्जामा १३ रोपनी मात्र भए पनि साइटमा २० रोपनी जग्गा रहेको कम्पनीले जनाएको छ । बंग्लोमा गार्ड हाउस र सर्भिस क्वाटर पनि रहेको छ । 

घरमा ६ वटा बेडरुम छन्, जसमध्ये मास्टर बेडरुममा अट्याच बाथरुम रहेको छ । बंग्लोमा दुईवटा कमन बाथरुम छन् । किचन, डाइनिङ, लिभिङ रुम पनि फराकिला छन् । डाइनिङ, लिभिङ, बेडरुम जताततैबाट बाहिरको हरियाली वातावरण देख्‍न पाइन्छ । बंग्लोमा ठूला झ्यालहरु प्रयोग गरिएको छ । 

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला

0FF0188418D551A-pokhara-city-2.jpg

शहरी जनसंख्या बढ्दै, पुगे २७ प्रतिशत, शहरोन्मुख जनसंख्या ४० प्रतिशत