यस्तो बन्दैछ रारामा लक्जरी रिसोर्ट, अष्ट्रेलियन लगानी भित्रिँदै (फोटोफिचर)

राराको मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी हुने छ

367B408218B985F-icon.png
2937views
E9E1984704C9EF0-5.jpeg

काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा लक्जरी रिसोर्ट खुल्ने भएको छ । अष्टेलियन र स्वदेशी एक अर्ब १० करोड रुपैयाँ लगानीमा राराको मुर्माटपमा ६० कोठाको रिसोर्ट खुल्ने भएको हो ।

कर्णाली अञ्‍चलमै पहिलो लक्जरी रिसोर्ट सञ्‍चालनका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङस् प्रालिबीच लगानी सम्झौता भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल र सञ्जिव शर्मा तथा रारा होल्डिङस् प्रालिका तर्फबाट अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका छन् ।

मुगुको छायानाथ रारा नगरपालिको मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्‍ने लक्जरी रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा थप ४० करोड रुपैयाँ लगानी हुने रारा होल्डिङ्सका शाहले बताए । 

रिसोर्ट वातावरणमैत्री, स्थानीय मुर्मा गाउँको कला संस्कृति झल्किने डिजाइनमा निर्माण गरिने बताइएको छ । यस्तै, स्थानीय स्तरमा उपलब्ध श्रोत तथा साधनको अधिकतम प्रयोग हुने उनको भनाई छ । 

रिसोर्टमा सुइट र डिलक्स गरी दुई प्रकारका कोठाहरु हुनेछन् । भिल्लै भिल्लाहरु हुने रिसोर्ट झट्ट हेर्दा मुर्माकै गाउँजस्तो देखिने छ । 

रिसोर्टमा पहिलो चरणमा ४० कोठा तयार हुनेछन् । दोस्रो चरणमा २० वटा कोठा थपिने एक्सपर्ट ग्रुपका बद्री अर्यालले बताए । चिसो तातो पानीको सुविधा हुनेछ । रिसोर्टमा रेष्टुरेन्ट, १०० जना क्षमताको मिटिङ हल, साउना, स्टिम, हेल्थ क्लब लगायत लक्जरी रिसोर्टमा हुने सबै सुविधाहरु उपलब्ध् हुने बताइएको छ ।  

समुद्र सतहदेखि ३७ सय मिटर उचाईमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरुको उत्कृष्ट दृश्य देखिनुका आसपासका क्षेत्रहरुको दृश्यावलोकन समेत गर्न सकिनेछ । रिसोर्टका सबै कोठाबाट रारा तालको सुन्दर दृश्यहरु देखिनेछन् । 

तालबाट हिँडेर एकदेखि डेढ घण्टामा पुगिने मुर्मा टपबाट राराको पुरै भेग देखिन्छ । रिसोर्टमा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिइने एक्सपर्ट ग्रुपका सञ्‍जिव शर्माले बताए । प्रकृतिप्रेमी खर्चालु पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण थालिएको हो, जहाँ पर्यटकको बसाइ लम्बाउने उद्देश्य राखिएको छ । 

‘यो कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट हुनेछ, परियोजना निर्माण सुरु गर्नका लागि सबै प्रकृया लगभग अन्तिम चरणमा पुगेका छन्’ शाहले भने, ‘यस सम्झौतासँगै हामी भोलिदेखि नै निर्माण प्रकृयालाई तीब्रता दिनेछौँ र आगामि १८ महिनाभित्र निर्माण सम्पन्‍न गर्ने लक्ष्य लिएका छौं ।’ 

एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला

0FF0188418D551A-pokhara-city-2.jpg

शहरी जनसंख्या बढ्दै, पुगे २७ प्रतिशत, शहरोन्मुख जनसंख्या ४० प्रतिशत