ओशो तपोवन नजिकै १३ रोपनीमा बनेको आलिशान बंग्लो बिक्रीमा

वरिपरि घना जंगल । युरोपेली आर्किटेकमा अभूतपूर्व डिजाइन गरिएको आलिशान महल । ठूल्ठूला झ्यालसहितका उज्याला कोठाहरु । घरबाहिर फराकिलो ठाउँ । शान्त र मनोरम वातावरण रहेको बंग्लोमा पुग्दा लक्जरी रिसोर्टमा पुगेको अनुभूति हुन्छ ।

367B408218B985F-icon.png
3536views
F3DEC8049C9D65D-Nagarjun Home.jpg

काठमाडौं । नागार्जुन हिल्सको ओशो तपोवन नजिकै १३ रोपनी क्षेत्रफलमा बनेको आलिसान महल बिक्रीमा राखिएको छ । शान्त र प्राकृतिक वातावरणमा बस्‍न चाहनेहरुका बंग्लो उपयुक्त रहेको छ । 

वरिपरि घना जंगल । युरोपेली आर्किटेकमा अभूतपूर्व डिजाइन गरिएको आलिशान महल । ठूल्ठूला झ्यालसहितका उज्याला कोठाहरु । घरबाहिर फराकिलो ठाउँ । शान्त र मनोरम वातावरण रहेको बंग्लोमा पुग्दा लक्जरी रिसोर्टमा पुगेको अनुभूति हुन्छ । बसाई पनि विलासी नै हुनेछ । 

रुखै रुखहरु भएकाले घरभित्र छिर्दा छुट्टै भाइव आउँछ । रिङरोडबाट घरको दुरी सात किलोमिटर मात्र छ । यस्तै, काठमाडौं–त्रिशुली राजमार्गबाट दुई सय मिटर रहेको छ । सबैभन्दा आकर्षक पक्ष छेवैमा ओशोवन छ । घरमा जानका लागि २० फिटको ढलान बाटो छ । दक्षिणतर्फको स्लोपमा नर्सरी बनाइएको छ ।

लालपूर्जामा १३ रोपनी मात्र भए पनि साइटमा २० रोपनी जग्गा रहेको नेपाल रियल इस्टेट सोलुसन प्रालिले जनाएको छ । बंग्लोमा गार्ड हाउस र सर्भिस क्वाटर पनि रहेको छ । पर्याप्त पार्किङ सुविधा उपलब्ध छ ।

घरमा ६ वटा बेडरुम छन्, जसमध्ये मास्टर बेडरुममा अट्याच बाथरुम रहेको छ । बंग्लोमा दुईवटा कमन बाथरुम छन् । किचन, डाइनिङ, लिभिङ रुम पनि फराकिला छन् । डाइनिङ, लिभिङ, बेडरुम जताततैबाट बाहिरको हरियाली वातावरण देख्‍न पाइन्छ । बंग्लोमा ठूला झ्यालहरु प्रयोग गरिएको छ । 

यस्तै, बाहिरको दृश्यावलोकन गर्नका लागि सिसैसिसाबाट टेरेसेस बनाइएको छ । ठूलो झ्यालसहितको भव्य अफिस रुम पनि छ । जहाँ राम्रा सोफा र पुस्तकहरु मिलाएर राखिएको छ । 

घरमा प्रवेश गर्ने गेट उत्तरतर्फ फर्केको छ भने सम्पूर्ण संरचनाको फेस साउथतिर फर्किएको छ । चारैतिर ओपन हुँदा उज्यालो सबैतिरबाट आउँछ । लोड थेग्‍ने वालहरु र आरसीसी फ्रेम स्ट्रक्चरसहित घर हाइब्रिड सिष्टममा बनेको छ, जसले गर्दा भूकम्पले घरमा एउटा पनि क्र्याक आएको थिएन ।

घरमा ब्रान्डेड मेट्रियल्स र फर्निचरहरु प्रयोग गरिएका छन् । प्रकृतिमा रमाउन चाहनेहरुका लागि प्रोपर्टी अमेजिङ रहेको रियल इस्टेट सोलुसनको भनाई छ ।

कम्पाउन्डभित्रै विभिन्‍न चार सय प्रकारका बोटविरुवा छन् । विभिन्‍न प्रकारका फलफुल लगाइएको छ । बिहान उठेदेखि सुत्ने बेलासम्म चराचुरुङ्गीको चिरविर आवाज सुन्‍न पाइन्छ । 

घरभित्रको इन्टेरियरय अभूतपूर्व छ । चापको काठका पार्केटिङ गरिएको छ । घरको भर्याङ पनि आकर्षक छ । एटिक डिजाइनको घर हुनाले बेडरुमहरु पनि एटिक भाइभ्स दिने खालका छन् । 

यो घर २०४९ सालमा बनाइएको हो । अष्ट्रेलियन आर्किटेकले युरोपेली शैलीमा घरको डिजाइन गरेको बताइएको छ । यस आलिशान बङ्गलोको भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

8D8C60A44841978-Condo-vs-apartmentttt.jpeg

सरकारी र निजी सहभागितामा सुपथ मूल्यका ५० हजार आवास निर्माण गरिने

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?