तपाइँलाई थाहा छ– सामाजिक सुरक्षा कोषबाट सस्तो ब्याजमै ७५ लाखसम्म ‘घर सापटी’ पाइन्छ नि !

कोषबाट नयाँ घर निर्माण गर्न, घरमा तला थप्न, घर मर्मत गर्न, अपार्टमेन्ट र घर खरिद गर्नका लागि घर सापटी लिन सकिन्छ

367B408218B985F-icon.png
15617views
DB0351C6693C9CD-social-security final.jpg

काठमाडौं । के तपाइँलाई थाहा छ, सामाजिक सुरक्षा कोषले पनि सस्तो ब्याजदरमै विभिन्‍न शिर्षकमा ‘सापटी कर्जा’ दिन्छ नि ! कोषले कम्तिमा ३६ महिना योगदान गरेका योगदानकर्ताहरुलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी कर्जा प्रदान गर्दै आएको छ । 

कोषबाट घर सापटी कर्जा नयाँ घर निर्माण गर्न, आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्‍न वा मर्मत गर्न, संयुक्त आवास युनिट (अपार्टमेन्ट) खरिद गर्न र घर खरिद गर्नका लागि लिन सकिन्छ ।

घर सापटीको सीमा निर्धारण तपाईंको धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब वा योगदानकर्ता ६० वर्ष उमेर पुग्‍न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोही बमोजिमको घर सापटी लिन पाइन्छ ।

सापटी कर्जाको ब्याजदर कोषको सञ्‍चालक समितिले निर्धारण गरे बमोजिम हुने गरेकाे छ । काेषले घर सापटी कर्जा  ९.१० प्रतिशत ब्याजदरमा उपलब्ध गराएकाे जनाएकाे छ । जबकी, बैंक तथा वित्तीय संस्थाबाट घरकर्जा लिँदा १२ प्रतिशतभन्दा बढी ब्याज तिर्नुपर्ने हुन्छ ।

आज हामी तपाइँहरुलाई सामाजिक सुरक्षा कोषको घर सापटी कर्जाका बारेमा विस्तृत जानकारी गराउँदै छौं ।

कोषमा सापटी लिन कसरी निवेदन दिने ?

कोषबाट प्रदान गरिने विशेष सापटीका लागि अनलाइन प्रणालीमार्फत निवेदन दिन सकिन्छ भने अन्य सापटीको हकमा स्वंयम योगदानकर्ता कोषको केन्द्रिय तथा शाखा कार्यालयहरुमा गएर निवेदन दिनुपर्ने हुन्छ ।

घर सापर्टी कुन कुन प्रयोजनका लागि लिन सकिन्छ ?

क) नयाँ घर निर्माण गर्न,

ख) आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्‍न तथा मर्मत गर्न,

ग) संयुक्त आवासमा अपार्टमेन्ट युनिट खरिद गर्न,

घ) घर खरिद गर्न,

घर सापटीको भुक्तानी कोषले कसरी गर्छ ?

घर निर्माण गर्ने प्रयोजनले वा घरमा तला थप्‍न वा मर्मतका लागि घर सापटी प्रदान गर्दा कोषले कम्तीमा दुई किस्ता र अधिकतम चार किस्तामा रकम उपलब्ध गराउँछ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिन्छ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट लिन सकिन्छ ।

तर, अन्य सापटी लिइ सापटीको ब्याज नियमित चुक्ता नगरेका योगदानकर्तालाई कोषले घर सापटी प्रदान गर्दैन ।

घर सापटी कति समयभित्र चुक्ता गर्नुपर्छ ?

योगदानकर्ताले अनिवार्य अवकास हुने अवधि ननाघ्‍ने गरी घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गरि सक्नुपर्ने हुन्छ । 

सापटी लिने योगदानकर्ताले नियमित योगदान गर्न छाडेमा के हुन्छ ?

योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छाडेको ६ वर्षभित्र त्यस्तो सापटी चुक्ता गरि सक्नुपर्छ ।

समयमा सापटी नतिरेमा के हुन्छ ?

सापटी तोकिएको समयसम्म पनि नतिरेमा कोषले योगदानकर्ताको धितोबाट असुल उपर गर्छ ।

एकै धितोबाट एकभन्दा बढी सापटी प्राप्त गर्न सकिन्छ ?

धितोले थामेसम्म एकै धितोबाट एक भन्दा बढी सापटी प्राप्त गर्न सकिन्छ ।

कोषबाट प्राप्त सापटी कसरी तिर्ने ?

योगदानकर्ताले मासिक तलवबाट कट्टी गरी वा कोषले तोकेको बैंक खातामा पटक पटक वा एकै पटक जम्मा गरी सापटी चुक्ता गर्न सकिन्छ ।

घर सापर्टी माग गर्दा के के कागजात पेश गर्नुपर्छ ?

क) निवेदकको नागरिकता र कोषले प्रदान गरेको परिचय पत्रको प्रतिलिपि

ख) धितो राखिने जग्गाको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि (नयाँ नापी भएको भए श्रेस्ता अद्यावधिक भएको हुनुपर्ने)

ग) घरजग्गा प्राप्तीको स्वामित्व सम्बन्धी लिखत (राजिनामा, अंशबण्डा, बकसपत्र, छोडपत्र, दर्ताफारी आदि) को प्रतिलिपि

घ) धितो राखिने जग्गाको नापी नक्साको सम्बन्धित निकायबाट प्रमाणित ब्लू प्रिन्ट र चार किल्ला खुलेको ट्रेस पेपरको सक्कल प्रति

ङ) धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा जग्गाधनीको नागरिकताको प्रतिलिपि

च) चालू आर्थिक वर्षको मालपोत बुझाएको रसिदको प्रतिलिपि

छ) धितो राखिने जग्गाको जग्गाधनी र निवेदक फरक व्यक्ति भएमा निजहरु बिचको नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि

ज) घर खरिद गर्दा खरिदकर्ता र बिक्रीकर्ताबीच हुने सम्झौता

झ) सम्बन्धित स्थानीय तहबाट प्रमाणित चार किल्ला खुलेको सक्कल पत्र

ञ) सम्बन्धित कार्यालयबाट प्रमाणित योगदानकर्ताको अवकाश हुने मिति तथा तलवमान खुलेको सक्कल पत्र

ट) घर र जग्गा दुबै धितो राख्नुपरेमा घर निर्माण सम्पन्‍न प्रमाणपत्र, तर जग्गाको मूल्यांकनले मात्रै सापटी रकमलाई खाम्‍ने भएमा जग्गाको मूल्यांकनबाट मात्र पनि सापटी लिन सकिने छ ।

ठ) धितो राखिने सम्पत्ति बिमाका कागजातहरु

ड) कोषले आवश्यक ठानकेको अन्य थप कागजातहरु

कोषबाट सापटी लिँदा बीमा गर्नुपर्छ ?

कोषबाट प्रदान गरिने घर सापटी तथा शैक्षिक सापटी लिँदा अनिवार्य सम्पत्ति बीमा गर्नुपर्छ भने कोषले आवश्यक ठानेमा ऋणीको समेत बीमा गराउन सक्नेछ ।

घर सापटीमा सहुलियत अवधि हुन्छ ?

घर सापटी लिँदा एक वर्ष सहुलियत अवधि हुनेछ ।

केषले कस्तो सम्पत्तिलाई धितो स्वीकार्छ ?

क) योगदानकर्ताको नाममा रहेको घर वा जग्गा

ख) घर सापटीको हकमा योगदानकर्ताले निर्माण वा खरिद गर्ने घरजग्गा

ग) योगदानकर्ताले एकाघरका सदस्यको नाममा रहेको घरजग्गा

घर जग्गासम्म पुग्‍ने बाटोका सम्बन्धमा कोषको के कस्तो मापदण्ड छ ?

क) नयाँ निर्माणधिन घर धितो रहने सम्पत्तिको हकमा मापदण्ड अनुरुपम बाटो कायम गरी सम्बन्धित स्थानीय तहबाट नक्सा स्वीकृत भएको हुनुपर्ने 

ख) २०७२ साल असोज १ गतेभन्दा अगाडि नक्सा पास भएका वा निर्माण सम्पन्‍न भएको घर धितो रहने सम्पत्तिको हकमा मापदण्ड अनुरुप बाटो कायम गर्दा घरजग्गालाई असर नपर्ने भनी सम्बन्धित निकायबाट सिफारिस भएको हुनुपर्ने

ग) शैक्षिक सापटी प्रदान गर्दा जग्गामात्र धितो रहने सम्पत्तिको हकमा कम्तीमा चर मिटरको बाटो कायम भएको हुनुपर्ने 

धितो मूल्यांकन तथा सापटी शुल्क सम्बन्धी के व्यवस्था छ ?

धितो मूल्यांकनकर्तालाई धितो मूल्यांकन शुल्कवापत उपत्यकाभित्र तीन हजार रुपैयाँ तथा उपत्यकाबाहिर चार हजार शुल्क स्वंय सापटी लिने योगदानकर्ताले तिर्नुपर्ने छ । साथै, सापटी शुल्क एक हजार रुपैयाँ कोषले तोकेको कोषको खातामा जम्मा गर्नुपर्ने हुन्छ । 

यस्तो हुन्छ सामाजिक सुरक्षा कोषबाट ऋण लिँदा भर्नुपर्ने फारम (नमुनासहित)

सिआइटीबाट ८% ब्याजदरमा आवास कर्जा, अन्य योजनामा कुनको कति ?

भदौको तुलनामा असोजमा बढ्यो कित्ताकाट

६ महिनामा १९२ अपार्टमेन्ट किनबेच, अशोजमा २३ मात्रै

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

ब्याजदर घट्दा पनि बढेन घरजग्गा कारोबार, असोजमा साढे ३० हजार लिखत पारित

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

कसरी छान्ने गुणस्तरीय निर्माण सामाग्री ? सुरक्षित भण्डारण कसरी गर्ने ?

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

7EA66F528AC39BA-banking-kaja.jpg

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच