घर निर्माणमा पिल्लर र बिम कस्तो बनाउने? विज्ञ इन्जीनियरका थाहा पाउनैपर्ने सुझाव

घर निर्माण गर्दा शुरुवाती संरचना देखिनै धेरै कुरामा ख्याल राख्‍नुपर्छ । यसमा बिम र पिल्लरको पनि उत्तिकै महत्त्‍व रहेको हुन्छ । बिम र पिल्लर बलियो नहुँदा वा यसमा कमी कमजोरी हुँदा समग्र घरको स्वरुप बिग्रने र मजबुतीको कुरामा पनि प्रश्‍न उठ्छ ।

367B408218B985F-icon.png
2164views
DC8312A230BC952-b.jpg

घर निर्माण गर्दा शुरुवाती संरचना देखिनै धेरै कुरामा ख्याल राख्‍नुपर्छ । यसमा बिम र पिल्लरको पनि उत्तिकै महत्त्‍व रहेको हुन्छ । बिम र पिल्लर बलियो नहुँदा वा यसमा कमी कमजोरी हुँदा समग्र घरको स्वरुप बिग्रने र मजबुतीको कुरामा पनि प्रश्‍न उठ्छ । धेरैजसो निर्माणकर्ताले आफ्नो अनुकुलतालाई मात्र ध्यान दिएर काम गर्दा तपाईं-हामीलाई थाहा नभइकन घर तयार हुने र पछि अनेक समस्या आइपर्ने गर्छ । बिम र पिल्लर निर्माणमा गरिने लापरवाही र त्रुटीहरु हटाउन निम्न सावधानी अपनाउनुपर्छ। 

(क) पिल्लर (Column) लेआउट

घर  निर्माण प्रक्रियाको लागि पिल्लर डिजाइन महत्वपूर्ण मानिन्छ। कुन-कुन पिल्लरलाई जग्गाको  कुन भागमा, कति दुरीमा  ठड्याउने  भनेर  गरिने डिजाइन प्रक्रियालाई लेआउट भनिन्छ। पिल्लरको लेआउट जस्तो बनाइन्छ पछि निर्माण प्रक्रियामा जाँदा त्यहीअनुसार पिल्लर बन्ने हुँदा लेआउट बनाउँदा धेरै सावधानी अपनाउनुपर्ने केएसएम सर्भिसेजका इन्जीनियर नृपेश तण्डुकार बताउँछन्। विशेष गरी लेआउटमा गडबड भएमा निम्न किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

  •  पिल्लरहरु बाङ्गो देखिने गर्छ र यसले गर्दा घर ढल्केको जस्तो देखिनाले घरको सौन्दर्यलाई समेत असर गर्छ ।
  •  सबै पिल्लरहरु एकआपसमा सिधा वा समकोणमा रहदैनन् । यसले गर्दा कोठा प्रष्ट र सिधा देखिँदैन। 
  •  पिल्लरको निर्माणमा लेआउट चरणदेखि नै त्रुटि भएमा नगरपालिकामा पास भएको नक्साअनुसार घर निर्माण हुँदैन।  यसले गर्दा भवन निर्माण सम्पन्‍न प्रमाणपत्र लिने बेलामा घरधनीले अनावश्‍यक झमेला व्यहोर्नुपर्छ ।

(ख) पिल्लर (Column) को डन्डी

निर्माणकार्यको समयमा सामान्यतया पिल्लरको सबै डन्डीहरुलाई  एउटा तल्लामा गाँसेर माथिल्लो तल्लासम्म लाने गरिन्छ , जुन गलत अभ्यास हो । भएका ५० % डन्डीलाई मात्रै एउटा तल्लामा गाँसेर माथिल्लो तल्लासम्म लानुपर्छ।

Source: KSM Services (www.ksmnepal.com)

(ग) मिश्रणको अनुपात 

सामान्यतया आवासिय भवन/घर बनाउनको लागि एम २० (M 20) श्रेणीको मिश्रण प्रयोग गरिन्छ , जसको अनुपात १:१.५:३ (सिमेन्ट, बालुवा, रोडा) हुन्छ । तर ढलानको क्रममा ठेकेदारले आफ्नो सहजताको लागि १:२:३ अनुपातको प्रयोग गर्छन्, जुन गलत अभ्यास हो । 

(घ) डिजाइनमा भएको भन्दा बढि तल्ला थपिनु

ठेकेदारको विश्वासमा नगरपालिकाले स्विकृत गरेको डिजाइन भन्दा बढि तल्ला थप्नु हुँदैन। कुनै पनि भवनको डिजाइन गर्दा सुरक्षा र आर्थिक पक्षलाई पनि मध्यनजर गरेर डिजाइनरले डिजाइन गरेको हुन्छ । डिजाइनमा भएको भन्दा बढि तल्ला थप्नाले यसले समग्र परियोजनाको संरचनागत स्थायित्वमा सम्झौता गर्नुपर्ने स्थिति आउँछ । 

(ङ) स्टिरअप (पिल्लर र बिमको डन्डी बाँध्ने रिङ्ग)

बिममा फलामको रिङ्ग राख्दा रिङ्गलाई डन्डीको कति कति दुरीमा राखिएको छ, ध्यानपूर्वक हेर्नुपर्छ। कोलुम (पिलर) - बिमको जंकशनमा कम्तीमा पनि दुईवटा रिङ्ग राख्नुपर्छ । धेरै जसो ठेकेदारले आफ्नो सजिलोको लागि यस्तो तरिका ले रिङ्ग राख्दैनन् ।

(नृपेश तण्डुकार केएसएम सर्भिसेज प्रालिका सञ्चालक हुन्, उनलाई ९८५१२०६००१ मा सम्पर्क गर्न सकिन्छ, साथै  www.ksmnepal.com मा क्लिक गरी सोझै कम्पनीमा सम्पर्क गर्न  पनि सकिन्छ।। )

यो पनि पढ्नुहोस्: 

घर बनाउँदा कस्तो डन्डी प्रयोग गर्ने ? बलियो कि लचिलो ?

घर बनाउँदा कस्तो सिमेन्ट प्रयोग गर्ने ? सिमेन्टबारे जान्नैपर्ने कुरा

कसरी बनाउने भूकम्प धान्ने बलियो घर ? तपाईंले बुझ्नैपर्ने यी उपाय !

घरको नक्सा डिजाइन गर्दा यी कुरामा विशेष ध्यान दिनुपर्छ