भैंसेपाटी किन बन्यो भीआईपी आवासीय एरिया ?

उपत्यकाकै भीआईपी आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटी बसोबासका लागि सर्वाधिक आकर्षक ठाउँ बनेको छ । धेरैको आकर्षण बढेपछि जग्गाको मूल्य पनि ह्वात्तै बढेको छ । आनाको २० लाख रुपैयाँभन्दा कम मूल्य पर्ने जग्गा खोज्न मुश्किल पर्छ ।

367B408218B985F-icon.png
662views
3A03F69583DB50D-Bhaisepati-final.jpg

ललितपुर, भैँसेपाटीमा बस्नुलाई हिजोआज धेरैले ‘स्ट्याटस सिम्बोल’ मान्न थालेका छन् । उपत्यकाकै भीआईपी आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटी बसोबासका लागि सर्वाधिक आकर्षक ठाउँ बनेको छ । धेरैको आकर्षण बढेपछि जग्गाको मूल्य पनि ह्वात्तै बढेको छ । आनाको २० लाख रुपैयाँभन्दा कम मूल्य पर्ने जग्गा खोज्न मुश्किल पर्छ ।

भैँसेपाटी भीआईपी एरिया हुनुमा व्यवस्थित आवास विकास परियोजनाको महत्वपूर्ण भूमिका रहेको छ । सरकारले भैँसेपाटीमा सर्वसाधारणको जग्गा अधिग्रहण गरेर व्यवस्थित बस्ती विकास गरेको थियो । त्यसयता भैँसेपाटी र सैँब क्षेत्रमा धेरैको आकर्षण बढ्यो । 

‘भैँसेपाटीमा आकर्षण बढ्नुको मुख्य कारण व्यवस्थित आवास विकास नै थियो,’ पूर्वसचिव एवं आवासविज्ञ किशोर थापा भन्छन्, ‘ठूला नेता, उच्चपदस्थ कर्मचारी, व्यापारीलगायत बस्न थालेपछि त्यहाँको आकर्षण झन् बढ्दै गयो ।’

अहिले चर्चित नेतादेखि व्यवसायीहरू भैँसेपाटीमा बस्छन् । पछिल्लो समय मन्त्री र मुख्यमन्त्री बसोबासका लागि क्वार्टर पनि त्यहीँ बनाउन थालिएको छ ।

भैँसेपाटी आवास क्षेत्र

आवासविज्ञ थापाका अनुसार भैँसेपाटी प्लानिङ पञ्चायतकालमा सुरु भएर बहुदल आएपछि सम्पन्न भएको थियो । यहाँको व्यवस्थित प्लानिङले पूरै क्षेत्रलाई हेर्ने नजर नै परिवर्तन गरिदियो । खुला ठाउँ, फराकिलो सडकसहितको प्लानिङमा हाई–प्रोफाइल बसोबास गर्दै आइरहेका छन् । अहिले व्यवस्थित प्लानिङभित्र जग्गा किनेर घर बनाउनका लागि मोटो रकम खर्चिनुपर्ने हुन्छ । 

आवास क्षेत्रभित्र पर्याप्त खुला ठाउँ छाडिएको छ । आवास क्षेत्र भित्रको जग्गामा खेल मैदान बनाउने गरी काम अगाडि बढाइएको छ । अहिले भँैसेपाटीमा बसोबास विस्तार हुँदै गइरहेको छ । यस क्षेत्रकोे कुनाकाप्चासम्म बस्ती विकास भइसकेको छ । भैँसेपाटीमा हाई–प्रोफाइल व्यक्तिहरूको आकर्षण बढाउन आवास क्षेत्रको भूमिका महत्वपूर्ण छ । 

भीआईपी जक्सन

नेकपाका वरिष्ठ नेता वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत नेता भैँसेपाटीमा बस्दै आइरहेका छन् । ठूला व्यावसायिक घरानाका सदस्यहरू पनि यहीँ बस्दै आएका छन् ।  सरकारी उच्चपदस्थ कर्मचारी भैँसेपाटीमा बस्छन् । हाई–प्रोफाइलहरूले बसोबास गरेकाले पनि यो क्षेत्रको विकास पनि तीव्र गतिमा भएको हो । 

मन्त्रीदेखि मुख्यमन्त्रीसम्मका क्वार्टर

भैँसेपाटीमा भीआईपीका लागि आवास निर्माणको काम थालनी भएको छ । सरकारले मन्त्रीदेखि प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास निर्माण सुरु गरेको छ । करिब छ रोपनी जग्गामा निर्माण गरिने मन्त्री निवास सुविधा सम्पन्न हुनेछ । खुला ठाउँ, हेल्थ क्लब, चौडा सडक, कम्युनिटी हल, ग्रोसरी स्टोरसहित बन्ने मन्त्री निवासले भैँसेपाटीको आकर्षण थप बढाउने पक्का छ ।

मन्त्री निवासको काम २५ प्रतिशत सम्पन्न भइसकेको छ । सरकारले भैँसेपाटीमै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि पनि भीआईपी आवास कोलोनी बनाउँदै छ । लगभग २७ रोपनी क्षेत्रफलमा सात वटा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास बन्दै छन् । यी आवास बनेपछि यहाँ चहलपहल अझ बढ्ने स्थानीय बताउँछन् ।

आकर्षक र शान्त ठाउँ

भैँसेपाटी शहरी कोलाहलभन्दा अलि पर छ । शहरको प्रदूषण यहाँसम्म पुग्न पाउँदैन । हिमाली दृश्यावलोकन गर्न पाइन्छ । हाई–प्रोफाइलको बसोबास हुनाले बसाइ सुरक्षित हुने धेरैको ठम्याइ छ । ट्राफिक जाम पनि हुँदैन । सजिलै आवातजावत गर्न सकिन्छ ।

रिङरोडबाट नजिक 

भैँसेपाटीको अर्को आकर्षक पक्ष भनेको रिङरोडबाट नजिक हुनु हो । रिङरोडबाट भैँसेपाटी चार किलोमिटर दूरीमा छ । शहरमा दिनभरि काम गरेर साँझ सजिलै फर्किन सकिन्छ ।

विकासको गति

अहिलेको समयमा विकासको पहिलो शर्त सडक र यातायात हो । भैँसेपाटी पुग्न चौडा सडक छ र सार्वजनिक यातायातको पनि राम्रो सुविधा छ । यसो त भैँसेपाटीमा बस्ने धेरैको आफ्नै निजी गाडी हुन्छ । रिङरोडमा निस्किएर गन्तव्यतिर लाग्न सजिलो छ । भैँसेपाटीमा खेलकुद मैदान बनाउने काम अगाडि बढेको छ । यो मैदान बनेपछि स्थानीय मात्र नभई उपत्यकाकै युवाले खेल्न पाउनेछन् । 

अपार्टमेन्ट हाउजिङ

भैँसेपाटीमा सामूहिक आवास परियोजना हाउजिङका घर किनेर पनि बस्न पाइन्छ । रियल स्टेट डेभलपरले भैँेसेपाटीमा प्रिमियम र मध्यम खालका हाउजिङ परियोजना निर्माण गरेका छन् । त्यहाँ बृहत् ग्रुपले बृहत् कम्युनिटी लिभिङ नामक तीन परियोजना बनाएको छ । सिभिल होम्सको हाउजिङ परियोजना पनि भैँसेपाटीमा छ । गुण डेभलपर्सले रिलायवल कोलोनी निर्माण गरेको छ । सिद्धी कोलोनीलगायत हाउजिङ परियोजना यहाँ छन् । 

हस्पिटल सुविधा

भैँसेपाटीबाट हस्पिटल पनि नजिकै छन् । पछिल्लो समय गैरआवासीय नेपाली उपेन्द्र महतोले नख्खुमा देशकै सुविधासम्पन्न मेडिसिटी हस्पिटल निर्माण गरेका छन् । पाटन अस्पताल, स्टार हस्पिटल, बल्खुको वयोधा हस्पिटल, जावलाखेलको अलका हस्पिटललगायत नजिकै पर्छन् । फराकिलो सडक भएकाले तुरुन्तै हस्पिटल पुग्न सकिन्छ ।

 

बैंकिङ र किनमेल सुविधा

भैँसेपाटीमा बस्ती बढेसँगै धेरैजसो बैंकले त्यहाँ शाखा कार्यालय खोलिसकेका छन् । शाखा कार्यालय नखोलेका बैंकले पनि एटीएम मेसिन राखेका छन् । किनमेल गर्नका लागि मार्टहरू खुलिसकेका छन् । त्यहाँबाट लगनखेल, कुमारीपाटी नजिकै पर्ने हुनाले किनमेलका लागि त्यति समस्या छैन । 

साँझपख रेस्टुरेन्टमा गएर खानपिन गर्नका लागि झम्सिखेल नजिकै पर्छ । झम्सिखेल, जावलाखेल, पुल्चोक, पाटन, सानेपा क्षेत्र रेस्टुरेन्टको हब हुन् । त्यसो त पछिल्लो समय भैँसेपाटी, सैँब’, रिङरोडमा राम्रा रेस्टुरेन्ट पनि खुलिसकेका छन् । सिनेमा हल पुल्चोकमा लविम मलमा छ । 

जग्गाको मूल्य

भैँसेपाटीमा जग्गाको मूल्य छोइनसक्नु भइसकेको छ । मुख्य सडकमा आनाकै ६० देखि एक करोड रुपैयाँसम्म पर्छ । भित्री सडकमा पनि आनाको ३५/४० लाख रुपैयाँ पर्ने घरजग्गा एजेन्सी बताउँछन् । 
 

बाजुरा भूकम्पले २० घर पूर्ण रुपमा भत्किए, डेढ सय घरमा आंशिक

मध्यम वर्गलाई लक्षित गरी ‘लो कष्ट’ आवास परियोजना निर्माण गर्न सरकारलाई सुझाव

अपार्टमेन्ट किनबेच पनि बढ्यो, मंसिरमा ६३ युनिट बिक्री

मंसिरमा पाँच महिनायताकै धेरै कित्ताकाट, धनगढी बन्यो पहिलो

मंसिरमा घरजग्गा कारोबार सुधारोन्मुख, साढे ४३ हजार लिखत पारित

रियल इस्टेटमा छैन उत्साह, चार महिनामा सवा दुई अर्बले खुम्चियो प्लटिङ कर्जा

बसाइँसराइले रित्तियो लिमीको जाङ गाउँ

एउटै ब्यांक्वेटमा डेढ अर्ब लगानी ! पुल्चोकमा खुल्यो आलिशान मल्टिभेन्यु ‘द प्लाजा’

3F26078EF96E19F-cover.jpg

ललितपुरको बालकुमारीमा खुल्यो ब्यांक्वेट हर्ष बाटिका

B5A7992933C0038-1731234620-Jbyq8.jpg

रित्तिँदै तिब्बतीयन क्याम्प, जीर्ण बन्दै घर

0E4272689A50F3D-Galkot-Durbar.jpg

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार