ललितपुरको बालकुमारीमा खुल्यो ब्यांक्वेट हर्ष बाटिका

पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर यो निर्माण गरिएको हर्ष बाटिक आरजी क्रियसनका लागि पनि गर्व गर्न लागेको इभेन्ट भेन्यु बनेको अध्यक्ष गिरीले बताए

367B408218B985F-icon.png
235views
3F26078EF96E19F-cover.jpg

ललितपुर–हस्पिट्यालिटी क्षेत्रमा अब्बल सेवा प्रदान गर्ने उद्देश्यसहित सम्भवतः काठमाडौं उपत्याककै सबैभन्दा ठूला क्षेत्रफलमा फैलिएको ब्यांक्‍वेट ‘हर्ष बाटिका’ ललितपुरको बालकुमारीमा सञ्चालनमा आएको छ । ३६ हजार वर्ग स्क्‍वायर फिट इनडोर हल भएको यो ब्यांक्‍वेटको गार्डेन एरियाको क्षेत्रफल १२ हजार वर्ग फिट रहेको हर्ष बाटिकाका सञ्चालक सुरज कार्कीले जानकारी दिए । ग्राउण्ड फ्लोर र फस्र्ट फ्लोर गरी दुई वटा विशाल पार्टी हल रहेको हर्ष बाटिकालाई युनिक थिममा निकै आकर्षक ढंगले डिजाइन गरिएको छ । ११ रोपनी क्षेत्रफलमा फैलिको चार कुना मिलेको जाग्गामा निर्माण गरिएको ‘हर्ष बाटिका’ पुग्नेहरू यसको भव्यता देखेर निकै हर्षित हुने गरेको सञ्चालक कार्कीले बताए । 

यही मंसिर २१ गते हर्ष बाटिकामा आयोजित विवाह पार्टीमा भेटिएका विशाल डाँगीले ‘हर्ष बाटिक’ को भव्यता र यसको सर्भिस पाँच तारे स्तरको भएको बताए । 

यसैगरी मंसिर २२ गते आयोजित रिसेप्सन पार्टीका होस्ट शम्भु कार्कीले हर्ष बाटिका ब्यांक्‍वेट आकर्षक र सेवा सुविधा पनि स्तरीय भएका कारण आफूले अन्यत्र एडाभन्स दिएर बुक गरिसकेको पार्टी पनि यहाँ गरेको बताए । ‘हर्ष बाटिकाको लुक हेर्दा मात्र भव्य होइन यहाँका खानाका परिकारहरूको स्वाद पनि दिव्य रहेको, हाइजिन मेन्टेन गरिएको बताउँदै उनले पार्टीमा सहभागी गेष्टहरूले पनि हर्ष बाटिकाको मुक्तकण्ठले प्रशंसा गरेको बताए ।

 

कोटेश्वरबाट बालकुमारी जाँदा पुल तर्ने बित्तिकै चक्रपथबाट १०० मिटरको हनुमन्ते खोला करिडोरमा रहेको हर्ष बाटिकमा पर्याप्त पार्किङको सुविधा रहेको छ । यहाँ दुई सय वटा चार पाङ्ग्रे सवारी साधन र दुई सय वटा मोटरसाइकल पार्किङ गर्न सकिने पार्किङ स्थल रहेको छ । लोकेसनका हिसाबले काठमाडौं, ललिलतपुरको बीचमा रहेको ब्यांक्‍वेट निकै पायक पर्ने स्थानमा छ । यहाँ भक्तपुरबाट पनि इभेन्ट गर्न पायक पर्ने हर्ष बाटिकाका प्रबन्ध निर्देशक विकल श्रेष्ठ बताउँछन् । 

‘हर्ष बाटिकाको कन्सेप्ट र डिजाइनका लागि निकै अनुभव टिमलाई जिम्मा दिएका कारण यसको भव्यता सम्भव भएको हो’, सञ्चालक कार्कीले भने, ‘हामीले धेरै अध्यायन र सोधखोज पछि नेपालमा उत्कृष्ट र युनिक ब्यांक्‍वेट डिजाइन तथा निर्माण गर्दै आइरहेको आरजी क्रियसन नेपाललाई यसको निर्माण गर्न सुम्पिएका थियौँ । कम्पनीसँग भएको सम्झौता अनुसारको टाइमभन्दा अगाडि नै हामीलाई उहाँहरूले ब्यांक्‍वेटको निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुभयो ।’ 

‘हामीले सोचेभन्दा र हाम्रो प्लानभन्दा धेरै उत्कृष्ट ब्यांक्‍वेट निर्माण गरेर आरजी क्रियसनले हस्तान्तरण गरेको भन्दै उनले खुशी व्यक्त गरे । आरजीले हर्ष बाटिका मास्टर पिस बनाएको प्रबन्ध निर्देशक श्रेष्ठले बताए ।

 

‘लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हर्ष बाटिकाले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम छैन’ सञ्चालक कार्कीले  भने । हर्ष बाटिका भिजिट गर्ने जोकोही पनि यसको सजावट र भव्यता देखेर मत्रमुग्ध हुने गरेको उनी बताउँछन् । 

हर्ष बाटिकाको डिजाइन तथा निर्माण गरेको कम्पनी आरजी क्रियसन नेपालका अध्यक्ष राम गिरी आफूले निर्माण गर्ने हरेक ब्यांक्‍वेट ‘मास्टर पिस’ हुने गरी नै गर्ने गरिएको बताउँछन् । ‘म कुनै पनि निर्माणलाई भव्य, आकर्षक र सुन्दर बनाउन चाहिने ‘कन्टेन्ट’ के के हुन् सक्छन्, तिनको पर्याप्त रिसर्च गरेरमात्र अप्लाई गर्छु, अध्यक्ष गिरीले भने ‘जसका कारण आरजी क्रियसनले डेभलप गरेका प्रोजेक्टहरू अन्य भन्दा भिन्न हुन्छन् ।’

‘आरजी क्रियसनले यस अघि अन्य ब्यांक्वेटहरू पनि निर्माण गरी सञ्चालनमा ल्याएको छ तर एउटाको थिम अर्कोसँग नमिल्ने गरी र हरेकब्यांक्‍वेटको आफ्नै मौलिक पहिचान हुने गरी निर्माण गरिने गरेको अध्यक्ष गिरीले बताए । ‘उस्तै कन्सेप्टको दुई वटाभन्दा बढी ब्यांक्‍वेट निर्माण गर्ने गरिएको छैन्, अध्यक्ष गिरीले भने, ‘लगानीकर्ताको अवधारणालाई कसरी अन्यभन्दा फरक र आकर्षक बनाउने भन्ने कुरा ध्यान दिएर निर्माण गर्ने गरिएको छ ।’

आरजी क्रियसन काठमाडौँ उपत्यका लागायत देशका विभिन्न शहरमा दर्जनौँ ब्यांक्‍वेट तथा हस्पिट्यालिटीसँग सम्बन्धित प्रोजेक्टहरू निर्माण गरिसकेको छ । 

पाँचतारे होटलमा भन्दापनि अब्बल इन्टेरियर सामग्री प्रयोग गरेर यो निर्माण गरिएको हर्ष बाटिक आरजी क्रियसनका लागि पनि गर्व गर्न लागेको इभेन्ट भेन्यु बनेको अध्यक्ष गिरीले बताए । 

‘हामी निर्माणका लागि सम्बन्धित पक्षसँग सम्झौता गरिसकेपछि निर्माण स्थलको लोकेसन, जग्गाको बनोट, निर्माण लागत आदि सबै अध्यायन गरेर सोही अनुसार स्ट्रक्चर र इन्टेरियरको प्लान गर्छौं, अध्यक्ष गिरीले भने, ‘आरजी क्रियसनले ब्यांक्‍वेटमा प्रयोग गरिने सामग्री ‘कस्टमाइज’ गरेर आफैँ आयत गर्ने गरेको छ ।’

‘हर्ष बाटिकामा प्रयोग गरिएका फर्निचर, लाइट, डोकेरेसनका आइटम नेपालका कुनै होटल तथा ब्यांक्‍वेटमा प्रयोग नभएका गरिएको छ’, अध्यक्ष गिरीले भने, ‘आफ्नो आवश्यकता र स्पेस अनुसारको साइजमा फ्युजन गरेर इन्टेरियर सामग्री अर्डर गरेर आयत गरिने भएकोले अरुभन्दा भिन्न हुने गरेको उनले बताए । 

अध्यक्ष गिरीले आफ्नो आइडिया र भिजनलाई व्यवहारमा उर्तान दक्ष सिभिल इन्जिनियर, आर्टिक्ट, लाइट सम्बन्धि काम गर्ने दक्ष प्राविधिक एवं दक्ष निर्माण कालिगडहरूको प्रयोग गर्ने गरेका छन् । 

ब्यांक्‍वेट निर्माणको काम लिइसकेपछि सञ्चालकहरूलाई उहाँहरूले सोचेभन्दा अब्बल खालको प्रडक्ट दिनु नै आरजी क्रियसनको एकमात्र उद्देश्य रहेको अध्यक्ष गिरी बताउँछन् ।

ब्यांक्‍वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ । तर, हर्ष बाटिकाले गोष्ठी, सेमिनार, विभिन्न किसिमका तालिम तथा इभेन्टहरूका लागि पनि सेवा उपलब्ध गराउँछ । करिब तीन हजार जनासम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्‍वेट तयार गरिएको छ ।

ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा ब्यांक्‍वेटमा उपलब्ध छ । हर्ष बाटिकामा लाइटिङ सिस्टम निकै सुन्दर र आकर्षक रहेको छ ।

ललितपुरको बालकुमारीमा खुल्यो ब्यांक्वेट हर्ष बाटिका

यी हुन् इमाडोलमा बिक्रीमा राखिएका दुई करोडदेखिका घरहरु

यसरी गर्न सकिन्छ भूमिको प्रतिफलदायी व्यवस्थापन

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?

होटल बाराही काठमाडौंको क्रिसमस केक मिक्सिङ

नगरकोटमा ७५ घडेरीको कोलोनी तयार, मूल्य प्रतिआना १८ लाखसम्म

प्रभु बैंकबाट पाइन्छ साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा

विराटनगरमा ६९ घडेरीको प्रिमियम प्लटिङ, धुरकै मूल्य ३० लाखसम्म

DB6D31E93C46517-house in Imadol.jpg

यी हुन् इमाडोलमा बिक्रीमा राखिएका दुई करोडदेखिका घरहरु

019681675920DE2-news perception bhumi.jpg

यसरी गर्न सकिन्छ भूमिको प्रतिफलदायी व्यवस्थापन

DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?