घट्यो ‘बेस रेट’, ऋणको ब्याज कुन बैंकमा सस्तो ?

काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश बैंकहरुको नाफा खुम्चिएको छ । नाफा कम कमाएका बैंकहरुको आधार दर (बेस रेट) भने गत आर्थिक वर्षमा घटेको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७५/७६ मा औसत बेस रेट ९ दशमलव ५७ प्रतिशत थियो ।

367B408218B985F-icon.png
526views
1F1B1055B89FCF2-Base-Rate-2077-08-19.jpg

काठमाडौं । गत आर्थिक वर्ष २०७६/७७ मा अधिकांश बैंकहरुको नाफा खुम्चिएको छ । नाफा कम कमाएका बैंकहरुको आधार दर (बेस रेट) भने गत आर्थिक वर्षमा घटेको छ । मुलुकमा सञ्चालित २८ वाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७५/७६ मा औसत बेस रेट ९ दशमलव ५७ प्रतिशत थियो ।

गत आर्थिक वर्षसम्म आइपुग्दा भने दुई वाणिज्य बैंक मिलेर एक हुँदा कुल वाणिज्य बैंकको संख्या २७ मा झरेको छ भने औसत बेस रेट पनि ८ दशमलव ५ प्रतिशतमा आइपुगेको छ । केही बैंकहरुको बेस रेट बढेको छ भने अधिकांश बैंकहरुको घटेको छ । बेस रेट सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ८० प्रतिशत छ भने सबैभन्दा धेरै कुमारी बैंकको १० दशमलव ०९ प्रतिशत छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता देखिएको छ । नेपाल राष्ट्र बैंकले ३ पटक गरेर ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्दा पनि बैंकहरुमा २ खर्ब रुपैयाँ तरलता छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल तरलता धेरै थुप्रिएका कारण बेस रेट घटेको बताउँछन् ।

बेस रेट घट्नका लागि निक्षेपको ब्याजदर घट्नु पर्ने उनले बताए । तरलता थुप्रिएकाले निक्षेपको ब्याजदर घटेको र त्यसले बेस रेट घटाएको कार्यकारी निर्देशक ढकालले बताए ।

के हो बेस रेट ?

कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ ।

तर आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

कुन बैंकमा ब्याजदर सस्तो ?

सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको छ । बेस रेटमा नै केही प्रतिशत प्रिमियम जोडेर बैंकहरुले ब्याजदर कायम गर्ने भएकाले यसकै आधारमा कुन बैंकमा सस्तो ब्याजदरमा ऋण पाइएला भन्ने अनुमान गर्न सकिन्छ ।

पछिल्लो केही वर्षदेखि सबैभन्दा कम बेस रेट कायम गर्न सफल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बेस रेट गत आर्थिक वर्षको अन्त्यमा ५ दशमलव ८० प्रतिशत कायम भएको छ । बैंकको बेस रेट अघिल्लो आर्थिक वर्षको भन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष ५.५० प्रतिशत रहेको बेस रेट बढेर ५ दशमलव ८० प्रतिशतमा पुगे पनि यो बैंक नै कम बेस रेट हुने बैंकको सूचीमा पहिलो नम्बरमा छ ।

दोस्रो नम्बरमा भने यसपालि मुलुककै जेठो बैंक नेपाल बैंक देखिएको छ । अघिल्लो आर्थिक वर्ष ७.९८ प्रतिशत रहेको बेस रेटलाई घटाएर नेपाल बैंकले ६.९९ प्रतिशतमा झारेको छ । अघिल्लो आर्थिक वर्ष तेस्रो नम्बरमा रहेको नेपाल बैंक दोस्रो नम्बरमा उक्लिएको छ ।

अघिल्लो आर्थिक वर्ष ७ दशमलव ६३ प्रतिशत रहेको बेस रेटलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशतमा झार्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष दोस्रो नम्बरमा रहेको यो बैंकले पनि बेस रेट घटाएको छ । तर यसपालि स्टाण्डर्ड चार्टर्ड बैंक तेस्रो नम्बरमा पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष चौथो नम्बरमा रहेको नबिल बैंक बेस रेट घटाए पनि चौथो नम्बरमा नै कायम छ । नबिलले ८.०९ प्रतिशत रहेको बेस रेटलाई ७.३२ प्रतिशतमा झार्न सफल भएको छ ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंक बेस रेटका आधारमा पाँचौ नम्बरमा देखिएको छ । यो बैंकले ८.३३ प्रतिशत रहेको बेस रेटलाई घटाएर ७.५१ प्रतिशतमा झारेको छ ।

हेर्नुस् कुन बैंकको बेस रेट कति ?

अनलाइन खबर डटकमबाट साभार

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो