सस्तो ब्याजमा घरकर्जा दिन बैंकहरुको प्रतिस्पर्धा, ब्याजदर एकल अंकमा झर्‍यो

के तपाईंले बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्ने सोँचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने खुशीको खबर छ । अब तपाईंले बैंकबाट १० प्रतिशतभन्दा कम ब्याजदरमै ऋण पाउनु हुनेछ । 

367B408218B985F-icon.png
537views
AAE5C8176056EB5-Home-Loan.jpg

के तपाईंले बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्ने सोँचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंलाई खुशीको खबर छ । अब तपाईंले बैंकबाट १० प्रतिशतभन्दा कम ब्याजदरमै ऋण पाउनु हुनेछ । 

अहिले बैंकहरुबीच सस्तो ब्याजदरमै घरकर्जा दिने प्रतिस्पर्धा सुरु भएको छ । ‘क’ बर्गका अधिकांश बाणिज्य बैंकहरुको कर्जाको ब्याजदर एकल अंकमा झारिसकेका छन् । यसअघि ब्याजदर १५ प्रतिशतसम्म पुगेको थियो । 

पहिलो पटक एनआईसी एशिया बैंकले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने स्किम ल्याएपछि अरु बैंकहरु पनि प्रतिस्पर्धामा उत्रिएका छन् । सस्तो ब्याजदरमा कमभन्दा कम सेवा शुल्क लिएर छोटो समयमै ऋण दिने बैंकहरुले बताएका छन् । 

एनआईसी एशिया बैंकले चमत्कारिक कर्जा भनेर ८.२५ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने स्किम सार्वजनिक गरेको छ । बैंकले आवश्यक डकुमेन्टसहित आवेदन परेको ४८ घण्टाभित्र कर्जाको निर्णय गरिसक्ने बताएको छ । 

एनआईसी एशिया बैंकको स्किममा भनिएको छ, ‘पहिलो बर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्षपश्चात बैंकको आधारदर (बेसरेट)मा प्रिपियम थप्दा हुन आउने ब्याजदर ८.२५ प्रतिशत भएमा सोही कायम हुने अन्यथा आधारदरमा नै कर्जाको ब्याजदर कायम हुनेछ ।’

नेपाल राष्ट्र बैंकले ग्राहकबाट लिने सेवा शुल्कमा क्याप लगाइदिएको छ जसको फाइदा उपभोक्तालाई नै हुन्छ । 

नेपाल राष्ट्र बैंकले ०७७/७८ को मौद्रिक नीतिमा बाणिज्य बैंकले ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत, वित्त कम्पनीले १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरिदिएको छ । 

यसअघि बाणिज्य बैंकहरुले नै एकदेखि दुई प्रतिशतसम्म सेवा शुल्क लिँदै आइरहेका थिए । विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशतसम्म सेवा शुल्क लिने गरेका थिए ।  

कर्जाको ब्याजदर र सेवा शुल्क घटेपछि नयाँ ऋणी लाभान्वित हुने भएका छन् । 

सानिमा बैंकले ८.९९ प्रतिशत ब्याजदरमै घरकर्जा दिने स्किम सार्वजनिक गरेको छ । यो कर्जा लिँदा ६ महिनासम्म ब्याजदर बढ्ने छैन । 

नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ ।

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबै खालका कर्जाको ब्याजदर १० प्रतिशतभन्दा तल झारेको छ । यही बुधबारदेखि लागू हुने गरि बैंकले नयाँ तथा पुराना ग्राहकका लागि कर्जाको ब्याजदर अधिकतम ९.३२ प्रतिशतमात्रै हुने गरी तोकेको छ । 

अब राष्ट्रिय बाणिज्य बैंकबाट हाउजिङ तथा रियलस्टेट कर्जा लिँदा ९.३२ प्रतिशतभन्दा कम पर्न आउने छ । यो बैंकको बेसरेट पनि ६.०७ प्रतिशत रहेको छ जुन ‘क’ बर्गका बैंकहरुमध्ये सबैभन्दा कम हो ।

ग्लोबल आईएमई बैंकले पनि ८.७५ प्रतिशत ब्याजदरमै घरकर्जाको स्किम सार्वजनिक गरेको छ । बैंकका अनुसार यो कर्जाको ब्याजदर एक वर्षसम्म स्थिर रहने छ । ग्राहकले घर निर्माण गर्न वा घरजग्गा खरिद गर्नका लागि २५ वर्ष अवधिको घरकर्जा पाउने बैंकले जनाएको छ । 

सनराइज बैंकले ८.९५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । यो योजनाअन्र्तगत कर्जा लिँदा ४० वर्षसम्म ऋण तिर्न सकिन्छ । 

एभरेष्ट बैंकले चाडपर्व विशेष कर्जा योजना योजना ल्याएको छ । तीन महिनाका लागि ल्याइएको यो योजनामा ८.२५ प्रतिशत ब्याजदरमै घरकर्जा पाइन्छ । चाडपर्व विशेष योजनामा सेवा शुल्क ०.५० प्रतिशतमात्र तोकिएको छ । यो योजना साउन १५ गतेदेखि सुरु भई कार्तिक १४ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

स्टान्डर्ड चार्टर्ड बैंकले ऋण लिएर घरजग्गा खरिद गर्न चाहने ग्राहकका लागि ७.५९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ । यो बैंकले ०.७५ प्रतिशत सेवा लिने बताएको छ । एक वर्षसम्म कर्जाको ब्याजदर स्थिर रहने छ भने त्यसपछि बेसरेटमा २.२ प्रतिशत प्रिमियम जोडिने छ ।

हिमालयन बैंकले घरकर्जा लिने ग्राहकलाई ८.४९ प्रतिशत ब्याजदर लिने भएको छ । 

अरु बैंकहरुले पनि नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । आउने हप्ता नयाँ ब्याजदरको स्किम सार्वजनिक गर्ने प्रभु बैंकले जनाएको छ ।

सञ्चालनमा रहेका २७ वटा बैंकहरुमध्ये २५ वटा बैंकले आधार दर (बेसरेट) १० प्रतिशतभन्दा कम एकल अंकमा झारिसकेका छन् । बैंकको ब्याजदर पनि बेसरेटमै निर्भर गर्छ । बैंकहरुले बेसरेटमा रिस्क प्रिमियम जोडेर ब्याजदर निर्धारण गरेका हुन्छन् ।

जुन बैंकको बेसरेट कम हुन्छ, त्यो बैंकको ब्याजदर पनि कम हुन्छ । जुन बैंकले ‘लो कस्ट फण्ड’ चलाउँछन त्यो बैंकको बेसरेट अरुको तुलनामा कम हुन्छ । 

राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक लगायत बैंकका बेसरेट अरु बैंकको तुलनामा कम हुन्छ । अहिले सबैभन्दा कम बेसरेट राष्ट्रिय बाणिज्य बैंकको रहेको छ ।

एकल अंक कायम गरेका बैंकमध्ये पनि चारवटा बैंकहरु नेपाल बैंक (७.३३ प्रतिशत), नबिल बैंक (७.३२ प्रतिशत), स्टान्डर्ड चार्टर्ड बैंक (७.२७ प्रतिशत), राष्ट्रिय बाणिज्य बैंक (६.०७ प्रतिशत) को बेसरेट ८ प्रतिशतभन्दा कम छ ।

अहिले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको बेसरेट ९.७० प्रतिशत, नेपाल एसबीआई बैंकको ९.५९ प्रतिशत, कृषि विकास बैंकको ९.५१ प्रतिशत, ग्लोबल आईएमईको ९.४१ प्रतिशत, सेञ्चुरीको ९.३८ प्रतिशत, एनएमबीको ९.३२ प्रतिशत, सिटिजन्स बैंकको ९.२५ प्रतिशत बेसरेट कायम छ ।

यस्तै, लक्ष्मी बैंकको बेसरेट ९.३२ प्रतिशत, माछापुर्छे बैंकको ९.२१ प्रतिशत, प्राइम बैंकको ९.०४ प्रतिशत, मेगाको ८.९८ प्रतिशत, प्रभुको पनि ८.९८ प्रतिशत, नेपाल बंगलादेशको ८.९५ प्रतिशत, सनराइजको पनि ८.९५ प्रतिशत, बैंक अफ काठमाडौंको ८.९१ प्रतिशत, सानिमाको ८.६२ प्रतिशत, हिमालयनको ८.२७ प्रतिशत, एभरेष्टको ८.२५ प्रतिशत, एनआईसी एशियाको ८.२२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८ प्रतिशत बेसरेट कायम छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोभीड–१९ को संक्रमणबाट जोगिन सरकारले ११ चैतदेखि लकडाउन गरेसँगै कर्जाको माग सुस्ताएको थियो । अतिआवश्यक बाहेकका सेवाहरु सञ्चालन र हिँडडुलमा रोक लगाएपछि बैंकमा कर्जाको माग नभएपछी लगानीयोग्य रकम थुप्रिएको छ ।

सरकारले ११५ दिनपछि लकडाउन खोलेपछि बैंक तथा वित्तीय संस्थाहरु नयाँ रणनीति अपनाएर ग्राहकलाई कर्जा दिन प्रतिस्पर्धामा उत्रिएका हुन् । अहिले बैंकहरुबीच कर्जाको स्किममा प्रतिस्पर्धा चलिरहेको छ । 

बैंकहरुमा असार मसान्तसम्म ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । तर, सो अवधिमा भएको कर्जा लगानी २९ खर्ब ३ अर्ब रुपैयाँमात्र छ । अहिले बैंकिङ प्रणालीमा २ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंक बताउँछ ।

कुनै समय लगानी गर्ने रकम नभएर छटपटाइरहेका बैंकहरु अहिले अधिक तरलता भएपछि कसरी लगानी गर्ने भन्ने चिन्तामा छन् । निक्षेप अनुसार ऋण लगानी नभएमा बैंकहरुको आम्दानी घट्दै जाने, सञ्चालन खर्च बढ्दै जाने र नाफामा प्रतिकुल असर पन
 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

938AAA0ED984AB8-images.jpeg

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त