मौद्रिक नीतिमा बैंकको ऋण तिर्ने अवधि ६ महिनादेखि २ वर्षसम्म थपियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभीड–१९ बाट प्रभावित ऋणीहरुका लागि ऋण तिर्ने अवधि ६ महिनादेखि २ वर्षसम्म थप गरिदिएको छ । शुक्रबार आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभीडको जोखिम क्षेत्र हेरिकन २ वर्षसम्मको अवधि थप गरिदिने बताएका हुन् । 

367B408218B985F-icon.png
124views
C45554662AC5341-Maha-Prasad-Adhikari.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभीड–१९ बाट प्रभावित ऋणीहरुका लागि ऋण तिर्ने अवधि ६ महिनादेखि २ वर्षसम्म थप गरिदिएको छ । शुक्रबार आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोभीडको जोखिम क्षेत्र हेरिकन २ वर्षसम्मको अवधि थप गरिदिने बताएका हुन् । 

ग्रेस अवधिभित्र उद्योग वा परियोजनाको निर्माण सम्पन्न र सञ्चालन हुन नसकेका स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्नप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइएको छ । 

०७७ असार मसान्तसम्म असुल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता ऋणीको आवश्यकता र व्यवसाय सुरु हुन लाग्ने समय मूल्याङ्कन गरी बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था मिलाइने भएको छ । 

निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा ब्याज पुँजीकरण गर्न राष्ट्र बैंकबाट पूर्वस्वीकृति पाइसकेको कर्जाको हकमा ०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था मिलाइएको छ ।

२०७६ पुस मसान्तमा नियमित र असल वर्गमा रहेका कर्जालाई कोभिडका कारणले कमसल हुन नपरोस् भनेर कर्जा वर्गीकरण सम्बन्धमा विशेष व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ । 

अब ०७६ पुस मसान्तमा असल वर्गमा रहेका कर्जालाई ०७७ असार मसान्तमा समेत असल वर्गमा नै वर्गीकरण गर्न सकिने छ ।

असल वर्गमा रहेपनि ०७७ असार मसान्तसम्मको साँवा र ब्याज असुल हुन नसकेको अवस्थामा त्यस्ता कर्जाको लागि आर्थिक वर्ष ०७६/७७ को हिसाबमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने मौद्रिक नीतिमा उल्लेख छ ।
 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

21EA4B8BCD53020-WhatsApp Image 2024-07-26 at 15.56.12_bd50bed3.jpg

कस्तो आयो मौद्रिक नीति ? (पूर्णपाठ)

9BC42F11B258352-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

कर्जाको ब्याजदर २८ महिनायताकै कम, ऋण लिएर घरजग्गा किन्‍ने उपयूक्त समय

FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट ऋण लिएर घरघडेरी जोड्ने बढे, १० महिनामा सवा ४१ अर्ब आवासीय कर्जा प्रवाह