कर्जाको ब्याजदर २८ महिनायताकै कम, ऋण लिएर घरजग्गा किन्‍ने उपयूक्त समय

एक वर्षको अवधिमा वाणिज्य बैंकमा कर्जाको ब्याजदर २.३८% बिन्दूले घटेर औषत १०.१५% कायम, बैंकमा तरलता थुप्रिन थालेपछि सस्तिँदै कर्जा

367B408218B985F-icon.png
3089views
9BC42F11B258352-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं । बैंकमा तरलता थुप्रिएपछि ‘कर्जा’ पनि सस्तिन थालेको छ । एक वर्षको अवधिमा कर्जाको ब्याजदर २.३८ प्रतिशत बिन्दूले घटेको हो ।

एक वर्षअघि ०८० जेठमा ‘क’ वर्गका वाणिज्य बैंकहरुको कर्जाको औषत ब्याजदर १२.५३ प्रतिशत कायम रहेकोमा ०८१ जेठ मसान्तसम्म घटेर १०.१५ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकमा निक्षेपको ब्याजदर निरन्तर घटेपछि कर्जा पनि सस्तिदै गएको हो । फालाफल तरतलता (लगानीयोग्य रकम) थुप्रिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरुले कम ब्याजदरमा निक्षेप उठाइरहेका छन् । निक्षेपको ब्याजदर घट्ने वित्तिकै बैंकको कस्ट अफ फण्ड घट्ने हुँदा कर्जाको ब्याजदर पनि घट्न जान्छ ।

वाणिज्य बैंकहरुको आधारदर ०८० जेठमा १०.१८ प्रतिशत रहेकोमा ०८१ जेठमा घटेर ८.१७ प्रतिशत कायम भएको छ । निक्षेपको ब्याजदर घटेर बैंकको कष्ट अफ फन्ड कम हुने वित्तिकै आधार दर पनि घट्ने हुन्छ । बैंकको आधार दर घट्ने वित्तिकै कर्जाको ब्याजदर स्वतः घट्ने एक बैंकरले बताए । बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्ने गर्छन् । 

गत वर्षको फागुनयता निक्षेपको ब्याजदर निरन्तर घटिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ०८१ जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको निक्षेपको औषत ब्याजदर घटेर ६.१७ प्रतिशतमा झरेको छ । 

विकास बैंक र फाइनान्स कम्पनीहरुको औषत ब्याजदर पनि घटेको छ । ०८० जेठमा विकास बैंकहरुको कर्जाको औषत ब्याजदर १४.४७ प्रतिशत कायम रहेकोमा ०८१ जेठमा आइपुग्दा घटेर ११.६३ प्रतिशत कायम भएको छ ।

फाइनान्स कम्पनीहरुको ब्याजदर पनि एक वर्षमा २.२१ प्रतिशत बिन्दूले घटेर औषतमा १२.८५ प्रतिशत कायम भएको छ । एक वर्षअघि फाइनान्स कम्पनीहरुको औषत ब्याजदर १५.०६ प्रतिशत रहेको थियो ।

विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेप थुप्रिदै गएपछि कर्जाको ब्याजदर घटाउँदै लगेका हुन् । विकास बैंकले पनि एक वर्षमा निक्षेपको औषत व्याजदर ९.४५ प्रतिशतबाट घटाएर ७.०७ प्रतिशतमा झारेका छन् । यस्तै, फाइनान्स कम्पनीको पनि निक्षेपको ब्याजदर १०.१८ प्रतिशतबाट घटेर ८.२८ प्रतिशतमा झरेको छ ।

कर्जाको ब्याजदर घट्दै गएसँगै बैंकबाट ऋण लिएर घरघडेरी खरिद गर्न चाहने ग्राहकहरु लाभान्वित हुन सक्नेछन् । बैंकहरुले एकल बिन्दू (१० प्रतिशतभन्दा कम) ब्याजदरमै घरकर्जा उपलब्ध गराउन थालिसकेको हुँदा ऋण लिएर घरघडेरी खरिद गर्न खोजिरहेका उपभोक्ताका लागि उपयुक्त समय आएको बैंकरहरु बताउँछन् ।  

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि