संस्कृतमा वस वसनीय धातुमा स्टोन प्रत्यय लगाएर वास्तुशास्त्र बन्छ । मानिसको स्वभाव र आवासीय क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । वास्तु विशाल शास्त्र हो । वास्तु शास्त्रभित्र ललितकला, चित्रकला, काष्ठकला, ताम्रकला, धातुकला लगायत १६ कलाहरु पर्छन् ।
संस्कृतमा वस वसनीय धातुमा स्टोन प्रत्यय लगाएर वास्तुशास्त्र बन्छ । मानिसको स्वभाव र आवासीय क्षेत्रसँग सम्बन्धित ज्ञानलाई वास्तु भनिन्छ । वास्तु विशाल शास्त्र हो । वास्तु शास्त्रभित्र ललितकला, चित्रकला, काष्ठकला, ताम्रकला, धातुकला लगायत १६ कलाहरु पर्छन् ।
हामीले ताम्रकला, चित्रकला, काष्ठकला देख्छौं । कला जोडिएका सबैको स्रोतग्रन्थ भनेको वास्तु नै हो । एक अर्कामा कलाको सम्बन्ध छ । वास्तुकलाभित्र धेरै कलाहरु जोडिन्छन् । एउटा घरमा चाहिने सम्पूर्ण सामाग्रीहरु वास्तुकलासँग सम्बन्धीत छन् ।
वास्तुमा पृथ्वी, जल, तेज, वायु, आकाश पाँच तत्व हुन्छन् । जसरी पाँच तत्वले शरिर बनेको छ, त्यसरी पाँच तत्वले सराचल जगत बनेको छ । पृथ्वी गोलो छ, यो पश्चिमबाट पूर्वतर्फ आफ्नै गतिमा घुम्छ । जल जीवन हो । यसको प्रभाव प्रत्यक्ष हाम्रो मानव जीवनमा छ । वनस्पती र जीवजन्तुमा पनि प्रभाव छ । तेज भनेको ताप हो । जबसम्म तातोपन हुँदैन, प्रकृति नै हुँदैन । उर्जाका लागि तेज चाहिन्छ । वायु भनेको प्राण हो । जीवन जिउन खुलापन चाहियो । आकाश भनेको खुलापन हो ।
यि पाँच तत्वको सन्तुलन कम्पिलिट वास्तुशास्त्र हो । यसको सन्तुलन मिलाएर प्रकृतिसँग मेलमिलाप गरेर बस्नु नै वास्तुशास्त्र हो । प्रकृतिसँग मानव जीवनको मेलमिलाप हुन्छ । प्रकृतिको सिद्धान्तसँग तालमेल मिलाएर बस्नु नै वास्तु विज्ञानको प्रयोग गर्नु हो । वास्तु सम्पूर्ण उर्जाको सन्तुलनको विज्ञान पनि हो । वास्तुका विविध आयाम हुन्छन्, जस्तै– पर्यावरण वास्तु, गृहवास्तु, कलावास्तु आदि । वास्तुशास्त्र भित्रकै विशाल र व्यापक क्षेत्रभित्र पर्ने एउटा शास्त्र हो, निर्माण । घर निर्माण यसैमा पर्छ ।
वास्तुशास्त्रमा पूर्व–दक्षीण कुनालाई आग्नेय कोण भनिन्छ । त्यो अग्नीको ठाउँ हो । त्यहाँ अग्नीसँग जोडिएको भान्छाकोठा, ग्याँस, चुलो र प्रविधिसँग जोडिएका जेनेरेटर, इलेक्ट्रिक डिभाइस लगायत जतिपनि सामाग्री हुन्छन् त्यसको व्यवस्थापन गर्नुपर्छ । जसबाट सकारात्मक ऊर्जा आउँछ । घरमा पूर्व फर्किएर पकाउने गरि भान्छाको व्यवस्था गर्नुपर्छ ।
दक्षिण–पश्चिम कुनालाई नैरित्य कोण भनिन्छ । यसलाई पृथ्वी तत्व मानिन्छ । त्यो ठाउँमा शयनकक्ष र घरमुलीको सुत्ने कोठा बनाउनुपर्छ । साथै, भारी समानहरु राख्ने स्टोरेज पनि बनाउन पर्छ । यो कुनामा घाम लाग्ने भएकोले शयनकक्ष बनाउँदा उत्तम हुने हो ।
उत्तर–पश्चिम कुनालाई वायु कोण भनिन्छ । वायु कोणमा वायुको प्रवाह हुन्छ । वायु कोणमा विशेष गरेर अतिथिहरुको शयन कक्षका लागि प्रयोग गरिन्छ । यो कुनामा झ्याल ढोका राख्यो भने त्यस घरमा प्राणिक उर्जा सञ्चालन हुन्छ ।
उत्तर–पूर्वलाई ईशान कोण भनिन्छ । ईशान भनेको जलको तत्व हो । जहाँ पानीको स्रोत भन्डारण गर्न सकिन्छ । यो कुनामा इनार, पानीको ट्यांकी, अन्डरग्राउन्ड ट्यांकी, धाराल गायत तरल पदार्थ राख्नु पर्छ । यो देवता बस्ने कोण पनि मानिन्छ । यही कोणमा पुजा कोठा बनाउन सकिन्छ ।
बिचको खाली ठाउँ आकाश हो । त्यो ठाउँ खुला राख्न सकिन्छ ।
पृथ्वी, जल, तेज, वायु, आकाश पाँच तत्व छ । यो पाँच तत्वको सन्तुलन नै जीवन हो । जबसम्म यी पाँच तत्वको सन्तुलन हुँदैन, तबसम्म मान्छे बाँच्न सक्दैन ।
यो निर्माण गरिन लागेको कुरा भयो ।
यदि घर बनिसकेको छ र वास्तु मिलेको छैन भने त्यहाँ विभिन्न प्रकारका मांगलिक चिन्हको प्रयोग गर्न सकिन्छ । विशेषगरि, अक्युरियम राखेर, कछुवा पालेर, स्वस्तिक राखेर विभिन्न कोणबाट वास्तुको निवारण गर्न सकिन्छ ।
ट्वाइलेट–वाथरुम दक्षिणको बिचको भाग र पश्चिमको विचको भागमा बनाउन सकिन्छ । उत्तरदेखि पूर्वको जुन भाग हो, यो इशान कोणमा ट्वाइलेट बनाउनै हुँदैन ।
बच्चाहरुले पढ्ने कोठा उत्तर–पूर्वमा बनाउन सकिन्छ । अक्सर पढ्दाखेरि पूर्व फर्किएर पढ्नुपर्छ । सुत्ने बेलामा पूर्वतिर सिरान बनाएर सुत्नुपर्छ । पूर्वतिर सिरान बनाएर सुत्यो भने विद्या प्राप्ती हुन्छ । लाइब्रेरी उत्तर–पूर्व दिशा पारेरै बनाउन पर्छ । छोराछोरीको सुत्ने कोठा पूर्व वा उत्तर दिशातर्फ बनाइदिन सकिन्छ ।
दक्षिणतिर सिरान बनाएर सुतेमा धन, मान, प्रशिद्धि बढ्छ । व्यापारी वर्गका लागि दक्षिण सिरान बनाउँदा उत्तम मानिन्छ । शिक्षासँग सम्बन्धीत काम गर्नेका लागि पूर्वतिर सिराउन बनाउँदा हुन्छ । र, यात्रा गर्दा पश्चिम सिरान बनाएर सुत्नुपर्छ भनेर वास्तुले भन्छ । पूर्व र दक्षिण सिरान बनाउनु सबैभन्दा उत्तम मानिन्छ । उत्तरतिर सिरान बनाएर सुत्नु हुँदैन ।
घरमा राख्न नहुने
घरभित्र ठूल्ठूला युद्धका तस्वीर राख्न हुँदैन । वाघ, हरिण, मृगका स्टाचु÷तस्वीर राख्नु पनि अशुभ मानिन्छ । वँदेल, भेडा, हरिण, झारल लगायत जीवजन्तुका सिंग र छाला राख्नु पनि अशुभ हो । हिंसात्मक तस्वीर र कुनै पनि पशुपंक्षीका अस्थिपञ्जर पनि घरमा सजाएर राख्न हुँदैन । भत्केका र टुटेफुटेका सामाग्री पनि घरमा राख्न हुँदैन ।
घरको उत्तर–पूर्व इशान कोण जहिल्यै सफा राख्न वास्तुले भन्छ ।
शुभ मानिने चिजहरु
सबैभन्दा शुभ स्वस्तिक चिन्हलाई मानिन्छ । घरको मुल ढोकामा दायाँ वायाँ पूर्ण कलस राख्नु पनि अति राम्रो मानिन्छ । यसले कार्यसफल हुन्छ । साइत राम्रो हुन्छ । अष्टमंगल, श्रीवस्त्र चिन्ह लगायत पनि राख्न सकिन्छ । घरमा जे जस्तो दोष भएपनि यदि पुजा कोठा बनाइएको छ भने दोष कम हुन्छ । इशान कोणमा पुजा कोठा बनाउन पर्छ ।
घरबाट निस्कँदा बाहिर दाहिनेपट्टी तुलसीको बोट राख्नु पर्छ । स्वस्तीक विजयको प्रतिक हो, अगाडि स्वस्तिक चिन्ह राख्दा राम्रो हुन्छ ।
घर कता फर्काएर बनाउने ?
घर बनाउने सम्बन्धमा भुगोलअनुसार पाँच खालको वस्तु छ । हिमाली क्षेत्रमा घर बनाउने वास्तु अलग छ । पहाडी, समतल भुभाग, समथर मैदान (तराई)मा घर बनाउने वास्तु अलग छ । पृथ्वीका पाँचवटा तह छ । काठमाडौंजस्तो मध्यपहाडका समथर भागमा घर दक्षिण पूर्व फर्किएको राम्रो मानिन्छ । किनभने, घामको स्रोत दक्षिणबाट आउँछ । अत्यन्तै गर्मी हुने तराई भेगमा उत्तर फर्काएर घर बनाउन सकिन्छ । तराईमा दक्षिण पूर्व फर्काएर घर बनाउँदा झन बढी गर्मी हुन्छ ।
घर बनाउनुअघि वास्तु नक्सा हेरेर बनायो भने त्यो घरमा सकारात्मक ऊर्जा प्रवाह हुन्छ । घरको जग हाल्दा नै पाँचवटा कलश गाडेर, धातुको कछुवा राखेर, पञ्चकलशको पूजा गरेर, पञ्चशिला राखेर शिलान्यासलाई विधिवत् वास्तुशास्त्रअनुसार अगाडि बढायो भने त्यसको सकारात्मक प्रभावले जीवनमा आनन्द, सुख, शान्ति, समृद्धि प्राप्ति हुन्छ ।
वास्तु मिलाएर बनाएको घरमा शुभफल पाइन्छ ।
लेखक डा. शास्त्री बास्तुविद र ज्योतिष हुनुहुन्छ ।