अब बढ्न थाल्यो घरजग्गा कारोबार, पुसमा ४८ हजार लिखत पारित

पछिल्लो समय शेयर कारोबार दिनप्रतिदिन घट्दै गइरहेका बेला घरजग्गा कारोबार भने चम्किन थालेको छ । जसले सेयर बिक्री गरेर घरजग्गामा लगानी गर्नेहरु बढ्न थालेको घरजग्गा व्यवसायीहरुको अनुमान छ ।

367B408218B985F-icon.png
552views
9748331A4EBD527-466977116_584950640880975_7943484150939689398_n.jpg

काठमाडौं । लामो समयदेखि शिथिल रहँदै आएको घरजग्गा कारोबारले लय समात्न थालेको छ । 

पुस महिनामा देशभर ४८ हजार १५६ घरजग्गा किनबेच भएका छन् । यो संख्या गत असारयताकै सबैभन्दा उच्च हो ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै घरजग्गा कारोबार घट्दै गइरहेकोमा मंसिर महिनादेनि क्रमशः बढ्न थालेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ ।

पछिल्लो समय शेयर कारोबार दिनप्रतिदिन घट्दै गइरहेका बेला घरजग्गा कारोबार भने चम्किन थालेको छ । जसले सेयर बिक्री गरेर घरजग्गामा लगानी गर्नेहरु बढ्न थालेको घरजग्गा व्यवसायीहरुको अनुमान छ ।

यतिबेला देशैभर घरजग्गाको मूल्य घटिरहेको हुँदा नगद हुनेहरुले बार्गेनिङ गरेर आफुले चाहेकै मूल्यमा घरजग्गा हात पार्न सक्ने हुनाले लगानीका लागि उपयुक्त समय पनि हो ।

कार्तिक महिनाको तुलनामा मंसिरमा लिखत पारित १० हजार बढी ४३ हजार ३७९ भएका थिए । कार्तिकमा ३३ हजार ५१४ घरजग्गाको लिखत पारित भएको थयो ।
मंसिरको तुलनामा पुसमा करिव पाँच हजारले घरजग्गाको लिखत पारित बढेको देखिन्छ । यसले दशैंतिहारपछि घरजग्गा कारोबारले लय समात्न थालेको अनुमान गर्न सकिन्छ ।

अघिल्लो वर्ष ०८० पुसमा ४६ हजार ३० लिखत पारित भएका थिए भने ०७९ पुसमा ३८ हजार ८७१ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
०७८ पुसमा भएको कारोबारलाई भेट्याउन भने तत्काल मुस्किल देखिन्छ । ०७८ पुसमा देशभर ७० हजार १६८ घरजग्गाको लिखत पारित भएको थियो । त्यो समय देशभर घरजग्गा कारोबारमा उछाल आएको समय थियो ।

पुसमा इनरुवामा धेरै किनबेच
पुस महिनामा पनि घरजग्गा कारोबारमा झापा, मोरङ र सुनसरी जिल्ला नै अगाडि देखिएका छन् ।

पुसमा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको विभागको तथ्यांक छ । इनरुवा मालपोतबाट एक महिनामा १८ सय ६७ घरजग्गाको लिखत पारित भएका छन् ।

मोरङको बेलवारी मालपोतबाट १६ सय ३२ घरजग्गा किनबेच भइ दोस्रो नम्बरमा छ भने झापाको भद्रपुरबाट १६ सय २३, धनुषाबाट १५ सय ३४, सप्तरीको राजविराजबाट १२ सय ५८, सर्लाहीको मलंगवाबाट ११ सय ११, सिराहाबाट एक हजार ५७, कपिलवस्तुको तौलिहवाबाट एक हजार ५१ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

उपत्यकामा ३९ सय लिखत पारित
पुसमा काठमाडौं उपत्यकाभित्र पनि घरजग्गा किनबेच बढेको छ । एक महिनामा तीन जिल्लाका नौ मालपोत कार्यालयबाट ३८ सय ८९ घरजग्गाको लिखत पारित भएका छन् ।

लगनखेलबाट ८१४, गोटीखेलबाट २२, भक्तपुरबाट ९४३, डिल्लीबजारबाट २ सय, चावहिलबाट ४३०, कलंकीबाट ५९४, साँखुबाट २५८, मनमैंजुबाट ४४९ र टोखा मालपोतबाट १७९ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

सवा अर्ब राजश्व संकलन
पुसमा घरजग्गा किनबेच बढेसँगै राजश्व संकलन पनि बढेको छ । एक महिनामा चार अर्ब २५ करोड २२ लाख रुपैयाँ मालपोत राजश्व संकलन भएको विभागले जनाएको छ ।

अघिल्लो महिना मंसिरमा तीन अर्ब ६२ करोड र कार्तिकमा दुई अर्ब ७० करोड रुपैयाँ मात्र राजश्व संकलन भएको तथ्यांक छ । गत वर्षको पुस महिनामा तीन अर्ब २० करोड रुपैयाँ मालपोत राजश्व उठेको थियो ।

यो पुसमा उठेको कुल राजश्वमध्ये रजिष्ट्रेसन दस्तुरवापत दुई अर्ब ६८ करोड ७८ लाख, पुँजीगत लाभकर वापत एक अर्ब ६० करोड ८३ लाख, सेवा शुल्कवापत ३० अर्ब ४३ करोड रुपैयाँ उठेको छ ।

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि