अपार्टमेन्ट कारोबारको हटस्पट बन्दै कलंकी

पछिल्लो तीन महिना कात्तिक, मंसिर र पुसमा कलंकी मालपोत कार्यालयबाट सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भएका छन्

367B408218B985F-icon.png
240views
263A0F732896932-orientalcolonykulehwor-750.jpg

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच ललिपुर मालपोत कार्यालयबाट हुँदै आइरहेको थियो । गगनचुम्बी अपार्टमेन्टहरुको संख्या पनि ललितपुर क्षेत्रमै धेरै छन् ।

तर, पछिल्लो तीन महिनायता कलंकी क्षेत्रमा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भइरहेका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले कलंकी क्षेत्र अपार्टमेन्ट कारोबारको नयाँ हटस्पट बनेको देखाएको छ ।

पछिल्लो महिना पुसमा देशभर कुल ७१ युनिट अपार्टमेन्ट किनबेच भएकोमा कलंकी मालपोतबाट मात्रै ५३ युनिट किनबेच भएका छन् । मंसिरमा किनबेच भएका कुल ६३ युनिट अपार्टमेन्टमध्ये ४३ युनिट कलंकी क्षेत्रमा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।

यस्तै, कार्तिकमा किनबेच भएका कुल २९ युनिट अपार्टमेन्टमध्ये १८ युनिट कलंकी क्षेत्रबाट भएको देखिन्छ । 

भूमि विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशभर २२६ युनिट अपार्टमेन्ट किनबेच भएका छन्, जसमध्ये १२५ युनिट अपार्टमेन्ट कलंकी क्षेत्रबाट मात्रै कारोबार भएको देखिन्छ ।

साउन, भदौ र असोज महिनामा भने कलंकी क्षेत्रमा अपार्टमेन्ट किनबेच न्यून देखिन्छ । साउनमा दुई, भदौमा तीन र असोजमा ६ युनिट अपार्टमेन्ट किनबेच भएका छन्, जबकी ती महिनाहरुमा देशभरी क्रमशः १६, २४, २३ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।

नेपालमा काठमाडौं, ललितपुर, पोखरा, रुपन्देही, बीरगञ्ज, झापा, मोरङलगायत क्षेत्रमा अपार्टमेन्ट निर्माण भइरहेका छन् । कारोबारका हिसावले उपत्यकापछि पोखरा र वीरगञ्जमा धेरै अपार्टमेन्ट किनबेच हुने गरेका छन् ।

काठमाडौं र ललितपुरपछि सबैभन्दा धेरै अपार्टमेन्ट पोखरामा निर्माण भइरहेको देखिन्छ । पोखरामा निर्माण सम्पन्न भएका र निर्माणाधिन अपार्टमेन्टको संख्या एक दर्जनभन्दा बढी छ ।

कलंकी क्षेत्रमा सोल्टी सिटी, कुलेश्वर अपार्टमेन्ट, ओरेन्टिय कोलोनी, मेट्रो अपार्टमेन्ट, डाँफे अपार्टमेन्टलगायत रहेका छन् । तुलनात्मक रुपमा अपार्टमेन्ट परियोजना कम भएपनि कलंकी मालपोतले हेर्ने क्षेत्रमा सबैभन्दा धेरै किनबेच भएका छन् ।

आज सोनाम ल्होसार मनाइँदै

अपार्टमेन्ट कारोबारको हटस्पट बन्दै कलंकी

ओझेलमा भक्तपुरका चारधाम

एउटै रङले चिटिक्क पारिँदैछ न्यूरोडका घरहरु (फोटो फिचर)

यस्तो बन्यो डेढ अर्बमा बेस्ट वेस्टर्न होटेल

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

कति पुग्यो सिमेन्टको मूल्य ?

मिलेमतोमा सिमेन्टको मूल्य बढाएको आरोप, ७ दिनभित्र कारण पेस गर्न लेखा समितिको निर्देशन

AC0280EE868ADC5-1.jpg

एउटै रङले चिटिक्क पारिँदैछ न्यूरोडका घरहरु (फोटो फिचर)

86CBDF88F89FC67-2025-01-09t034646z-1929406973-rc206canrc3j-rtrmadp-3-california-wildfires.jpg

अमेरिकामा भिषण डढेलोले २५ हजारभन्दा बढी घर तथा भवनहरु जलेर नष्ट

2DBD5F57120158A-1d824aba-11be-426d-b307-58aed9f2a445.jpg

भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा ह्योम्वा