सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

सिद्धार्थराजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ किलोमिटर १ सय २६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।

367B408218B985F-icon.png
121views
EDAC649F4371F81-1737693859-G7GEF.jpg

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको भर्चुअल माध्यमबाट ब्रेक थ्रु गरेका छन् । उनले वर्तमान सरकार देशमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको पनि स्पष्ट पारे ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो । प्रधानमन्त्री ओली स्थलगतरुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा उपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीले पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट त्यसमार्गका यात्रीहरुलाई राहत दिन यो सुरुङमार्ग एक सफल आयोजना साबित हुने बताए । उनले यसबाट लाभ लिइ आवागमन सहज बनाएर सामाजिक एवं आर्थिक सम्बन्ध तथा उत्पादन आदानप्रदान गर्न पनि सुशभकामना दिए ।  

यसअघि थानकोट–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनुछ” प्रधानमन्त्री ओलीले भने, “देशमा शिघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरुको पनि सहयोग लिन्छौ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन् ।”

सुरुङका दुवै मोहोडामा ‘रक सेट र स्लोप प्रोटेक्सन’

सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दा सडकमा मुख्य जोखिम क्षेत्रलाई छाडेर छोटो सुरुङ बनाइएको आम बुझाइ छ। सुरुङमार्गको बुटवल र तानसेनतिरका दुवै मोहोडामा जोखिम क्षेत्रमा तीन हजार पाँच सय मिटर लामो रकनेट (जाली) र स्लोप प्रोटेक्सन गरिनेछ।

यो सुरुङमार्गमा पुग्ने बुटवलतिरको खण्ड र सुरुङमार्गबाट निस्किएर तानसेनतिरको खण्डको जोखिमको सडकलाई माथि भिरसम्मै सुरक्षा गर्ने प्रविधि प्रयोग गरिने छ। अष्ट्रियाको ‘न्याथम मेथड’ नामको नयाँ डिजाइनमा सुरुङमार्ग बनेको छ। सोहीअनुसारका नयाँ डिजाइनमा रकसेट र स्लोप प्रोटेक्सनको काम हुने सुरुङमार्गका इञ्जिनियर श्रीजेस पौडेलले बताउँछन्।

यसअघि इञ्जिनियर पौडेल नागढुङ्गा-सिस्नेखाला सुरुङमार्ग निर्माणमा संलग्न थिए। दुवै मोहोडामा सडकदेखि करिब ३५ मिटर माथिसम्मै स्लोपलाई सुरक्षा प्रदान गरिने इञ्जिनियर पौडेलले बताए। 

अग्लो भिर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडकखण्डमा बर्खा र हिउँदमा पहिरो झरिरहन्छ। दोभानदेखि बुटवलको चिडियाखोलासम्मको पाँच किलोमिटर क्षेत्र जोखिमपूर्ण मानिन्छ। बाह्रै महिना पहिरो झरेर हरेक वर्ष मानवीय क्षति हुने यो खण्डलाई सुरक्षित बनाउन सुरुङ निर्माण थालिएको हो।

सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

कति पुग्यो सिमेन्टको मूल्य ?

मिलेमतोमा सिमेन्टको मूल्य बढाएको आरोप, ७ दिनभित्र कारण पेस गर्न लेखा समितिको निर्देशन

घरजग्गा व्यवसायी महासंघले भन्यो– रियल इस्टेटमा एफडिआई भित्र्याउने र विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने कानुनी व्यवस्था गरौं

‘बीआइएस’ नविकरण नहुँदा सिमेन्ट निर्यात २२% खुम्चियो, धेरै टिकेन उत्साह

धेरै राजश्व संकलन गर्ने प्रमुख पाँच मालपोत कार्यालय काठमाडौं उपत्यकाकै

पुस महिनामा साउनयताकै उच्च कित्ताकाट

पर्यटक भित्र्याउन २८४ वर्ष पुरानो मौलिक सहरको प्रवर्द्धन

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी