सुकेधारामा खुल्यो पाँचतारे मक्र्योर होटेल, तीन अर्ब लगानी

बाह्रौं तलामा अकर्षक इन्फिनिटी स्विमिङ पुल छ, जहाँबाट काठमाडौं उपत्यका र आसपासका हरियाली डाँडाहरु अवलोकन गर्न सकिन्छ

367B408218B985F-icon.png
257views
3BC613B90703D01-WhatsApp Image 2025-01-15 at 14.44.54_e88f836a.jpg

काठमाडौं । काठमाडौंको सुकेधारा हाइटमा पाँचतारे मक्र्योर होटेल सञ्चालनमा आएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ‘ओली’ले एक कार्यक्रमबीच होटेल उद्घाटन गरे ।

देशबन्धु बस्नेतले तीन अर्ब रुपैयाँ लगानी गरेर होटेल निर्माण गरेका हुन् । जसको व्यवस्थापनमा फ्रान्सेली एक्कोर समूहको मक्र्योर ब्रान्डलाई भित्रिएको छ । 

विश्वभर होटेल व्यवस्थापन गर्दै आएको एक्योर समूह पहिलो पटक नेपाल भित्रिएको हो । प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन मक्र्योर होटेलले योगदान गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पर्यटनमा फ्रान्सेली पर्यटकको योगदान पनि स्मरण गरेका थिए । ‘फ्रान्सेली आरोही मौरिस हर्जोगको टोलीले पहिलो पटक आठ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल सफल आरोहण गरेपछि नेपाली पर्यटनको ढोका खुलेको थियो’ उनले भने, ‘नेपालको पर्यटन विकासमा फ्रान्सेली नागरिकको ठूलो योगदान छ ।’

सुकेधारा हाइटमा ठडिएको १२ तले होटेलमा १०४ कोठाहरु छन् । बाह्रौं तलामा अकर्षक इन्फिनिटी स्विमिङ पुल छ, जहाँबाट काठमाडौं उपत्यका र आसपासका हरियाली डाँडाहरु अवलोकन गर्न सकिन्छ ।

पाँच रोपनी क्षेत्रफलमा बनेको होटेलमा ११औं तलामा इन्डियन र भुइँ तलामा इटालियन रेष्टुराँ रहेको छ । यस्तै, चार सय जना अटाउने ब्यांक्वेट हल पनि छ । होटेलले दुई सयभन्दा बढीलाई रोजगारी दिएको छ ।


 

सुकेधारामा खुल्यो पाँचतारे मक्र्योर होटेल, तीन अर्ब लगानी

ढुंगेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

सङ्गीत, संस्कृति र प्रकृतिले चिनिएको बेनी बजार

सिटिजन्स बैंकबाट ७.९९% स्थिर ब्याजदरमा घरकर्जा पाइने

मंसिरमा रियल इस्टेट कर्जामा बढोत्तरी

सात करोडको काठ वन कार्यालयमै कुहिँदै

टीकापुर जग्गा प्रकरण: अध्यक्ष जोशीसहित ८७ जना दोषी ठहर

अमेरिकामा भिषण डढेलोले २५ हजारभन्दा बढी घर तथा भवनहरु जलेर नष्ट

B640957E6901A72-1736068910-aA1rp.jpg

मान्छे बिनाका घरहरु

F43EC453B4141DB-lumbini-4.jpg

लिजेन्ड प्रोपर्टीका घरघडेरी खरिदमा लुम्बिनी विकास बैंकबाट सस्तोमा कर्जा पाइने

2F0535022C82A82-Prakashman-Singh-2.jpg

मध्यम वर्गलाई लक्षित गरी ‘लो कष्ट’ आवास परियोजना निर्माण गर्न सरकारलाई सुझाव