नगरकोटमा ७५ घडेरीको कोलोनी तयार, मूल्य प्रतिआना १८ लाखसम्म

न्युनतम पाँच आनादेखि १० अनासम्मका घडेरी छन्, जसको मूल्य १५ लाखदेखि १८ लाख रुपैयाँसम्म तोकिएको छ ।

367B408218B985F-icon.png
839views
30A69F64F96BED0-4553e314-1e5c-4789-8925-8edb219463cb.jpeg

काठमाडौं । के तपाइँ शहरी कोलाहल र प्रदुषणभन्दा बाहिर शान्त र रमणीय ठाउँमा बसोबास गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाइँका लागि पर्यटकीय क्षेत्र नगरकोट उपयुक्त थलो हुन सक्छ ।

रोहनी हाउजिङ एन्ड कोलोनीले भक्तपुरको नगरकोटमा विकास गरिएको प्लटिङमा आकर्षक घडेरीहरु बिक्रीमा छन् । ‘नगरकोट ड्रिम सिटी’का रुपमा ४० रोपनी क्षेत्रफलमा विकास गरिएको कोलोनीमा ७५ वटा आकर्षक घडेरी रहेको कोलोनीका सञ्चालक ध्रुब घिमिरले बताए । 

यो प्लटिङ (कोलोनी) क्लब हिमालयको छेवैमा रहेको छ । नगरकोट पुग्ने बेलामा कोलोनी भेटिन्छ । ‘अहिले घडेरी छुट्याएर वालको काम भएको छ, अब बाटो पिच गर्ने काम हुँदै छ,’ घिमिरेले भने, ‘प्लटिङमा बत्ती बलिसकेको छ, ढलको काम पनि सम्पन्न भइसक्यो ।’

एक वर्षअघि सुरु गरिएको प्लटिङको काम सम्पन्न हुनै लागेको छ । जग्गाबाहेक प्लटिङ गर्नमात्रै अहिलेसम्म १२ करोड खर्च भइसकेको र अझै डेढ÷दुई करोड खर्च हुने घिमिरले बताए । 

कोलोनीभित्रका घडेरीहरुको बुकिङ खुला भइसकेको छ । अहिलेसम्म २५ वटा घडेरी बिक्री भइसकेको घिमिरको भनाई छ ।

त्यहाँ न्युनतम पाँच आनादेखि १० अनासम्मका घडेरी छन्, जसको मूल्य न्युनतम १५ लाख रुपैयाँदेखि अधिकतम १८ लाख रुपैयाँसम्म तोकेको उनले बताए ।

कोलोनीभित्र मुख्य सडक २६ फिटको छ भने साखा बाटो २० फुटको रहेको छ । यस्तै, पाँच प्रतिशत क्षेत्रफल सुन्दर बगैंचासहितको खुल्ला ठाउँका रुपमा छाडिएको घिमिरेको भनाई छ । 

अबको एक/डेढ महिनाभित्र कोलोनीमा प्लटिङको सम्पूर्ण काम सम्पन्न हुने बताइएको छ ।

सो ठाउँबाट वरिपरीको हरियालीमात्र होइन, काठमाडौं र भक्तपुर शहर पनि देखिन्छ । ‘हामीले स्वच्छ र शान्त वातावरणमा बस्न चाहने उपभोक्तालाई लक्षित गरेर प्लटिङ गरेका हौं, घिमिरले भने, ‘अहिले त्यस्तै ग्राहकले चासो देखाउँदै आइरहनुभएको छ ।’

अहिले काठमाडौं शहर कंक्रिटको जंगलजस्तै बनेको छ । खुला ठाउँको अभाव छ । शान्त र रमणीय स्थान धेरै टाढाको कुरा भइहाल्यो । प्रदुषणले सिंगो खाल्डो नै आक्रान्त छ । यस्तो अवस्थामा स्वच्छ र रमणिय ठाउँ खोज्नेका लागि नगरकोट उपयुक्त थलो हुने उनको अनुमान छ । 

घिमिरेले भने, ‘उपत्यकामा कोलाहल छ, वातावरण खराब छ । तर, नगरकोटमा शान्त र रमणीय वातावरण छ, बिहानै घाम झुल्किन्छ, गर्मीमा चिसो हुन्छ, बिहानै घाम झुल्किने हुँदा हिउँदमा पनि न्यानो हुन्छ, भोलीका दिनमा बसोबासका लागि नगरकोट उत्कृष्ट थलो बन्ने छ ।’

पछिल्लो समय नगरकोटमा अरु कम्पनीले पनि प्लटिङ गर्दै आएका छन् । सिइ ग्रुप, पृथ्वी बहादुर पाँडेलगायतको टिमले नगरकोटमै ‘हब नगरकोट’ परियोजना निर्माण गर्दैछन् । जहाँ हाउजिङ, अपार्टमेन्ट, होटेल, रेष्टुरेन्ट, थियटर, गेमिङ जोन, सपिङ सेन्टर लगायतका निर्माण गरिने छ ।

यसरी गर्न सकिन्छ भूमिको प्रतिफलदायी व्यवस्थापन

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?

होटल बाराही काठमाडौंको क्रिसमस केक मिक्सिङ

नगरकोटमा ७५ घडेरीको कोलोनी तयार, मूल्य प्रतिआना १८ लाखसम्म

प्रभु बैंकबाट पाइन्छ साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा

विराटनगरमा ६९ घडेरीको प्रिमियम प्लटिङ, धुरकै मूल्य ३० लाखसम्म

सरकारले भूउपयोग नीति परिमार्जन गर्दै, माग्यो राय सुझावहरु

ठमेलमा ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’

019681675920DE2-news perception bhumi.jpg

यसरी गर्न सकिन्छ भूमिको प्रतिफलदायी व्यवस्थापन

DCF45904618498D-ET2M8zEUEAApTOB.jpeg

बैंकको कर्जा र घरजग्गा दुबै सस्तिँदा पनि किन बढ्न सकेन कारोबार ?

04E42E861855ED0-Prvu final.jpg

प्रभु बैंकबाट पाइन्छ साढे ८ प्रतिशत ब्याजदरमा घरकर्जा