पोखरामा खुल्यो ‘धुँवा सेतो र इँटा रातो’ बनाउने वातावणमैत्री इँटाभट्टा

यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्छ । मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्छ । यो प्रविधिबाट इँटा उत्पादन गर्दा बाह्रै महिना कारखाना सञ्चालन गर्न सकिन्छ ।

367B408218B985F-icon.png
220views
9C4FAE2ABE73A15-273043261_308006124708269_7317666163652443285_n.jpg

काठमाडौं । इँटाभट्टाबाट ‘कालो’ धुवाँंको मुस्लो निस्किरहेको देखेका धेरैलाई सेतो धुँंवा फाल्ने इँटाभट्टा पनि हुन्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर, पोखरा इको रेड ब्रिक्स प्रालिले सञ्चालनमा ल्याएको इँटाभट्टाबाट कालो होइन, सेतो धुँंवा मात्रै फालेको देखिन्छ ।

नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रविधिबाट सञ्चालन भएको यो इँटाभट्टाले परम्परागत इँटाभट्टाले जस्तो कालो धुँवा नफाल्ने सञ्चालकको भनाई छ ।

नेपाल इँटा उद्योग व्यवासायी महासंघको तथ्यांकअनुसार देशभर १२ सय हाराहारी इँटाभट्टाहरु छन् । तर, ती सबै इँटाभट्टाहरु भन्दा पोखरा इको रेड ब्रिक्सले सञ्चालनमा ल्याएको इँटाभट्टा आधुनिक रहेको सञ्चालकको दाबी छ ।   

पोखरा इको रेड ब्रिक्सका टेक्निकल इन्जिनियर कृष्णभक्त दुवालका अनुसार यो इँटाभट्टाबाट कहिले पनि कालो धुँंवा निस्कँदैन । उनले भने, धुँवा चाहीँ सेतो निस्कन्छ, इँटा भने रातो । 

उनका अनुसार यस्ता आधुनिक इँटाभट्टामा हजारदेखि ११ सय डिग्री सेल्सियसमा होम म्यान क्लिनभित्र पोलेर इँटा पकाइन्छ । यही कारण यसका इँटाहरु रातो हुने गर्छन् । तर, धुवाँं भने कम प्रदुषित सेतो मात्रै फाल्छ । 

यो प्रविधिबाट इँटा उत्पादन गर्दा सबै काम मेसिनले नै गर्छ । मेसिनले इँटा पार्नेदेखि इँटा निकाल्नेसम्मको सबै काम गर्छ । यो प्रविधिबाट इँटा उत्पादन गर्दा बाह्रै महिना कारखाना सञ्चालन गर्न सकिन्छ । इँटा घाममा राखेर नभई आफै सुक्ने भएकाले यो प्रविधिबाट वर्षाको सिजनमा पनि इँटा बनाउन सकिने दुवालको भनाई छ ।

अन्य सामान्य इँटाभट्टाहरू वर्षमा ६ महिना मात्रै चल्ने गर्छन् । प्रत्येक वर्ष मंसिरमा सुरु भई वैशाख महिनामा उद्योग बन्द गर्नुपर्छ । जेठदेखि पानी पर्न थाल्ने भएकाले त्यस्ता उद्योग अस्थायी रूपमा ६ महिना चल्ने र ६ महिना बन्द हुने गर्छन् । 

पोखरा इको रेड ब्रिक्स भक्तपुरको जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग जस्तै १२ महिना सञ्चालन गर्न सकिने उद्योग हो । नेपालमा पहिलादेखि चल्दै आएका दुईवटा चाइनिज इँटा उद्योग थिए, भक्तपुर जगातीस्थित भक्तपुर इटा तथा टायल उद्योग र ललितपुरको हरिसिद्धि इटा तथा टायल उद्योग । तीमध्ये अहिले हरिसिद्धि इटा तथा टायल उद्योग बन्द भइसकेको छ । भक्तपुरको इटा तथा टायल उद्योग भने निजी क्षेत्रले सञ्चालन गर्दै आएको छ । 

चाइनिज प्रविधिबाट भक्तपुरमा चाइनिज इटा उत्पादन हुँंदै आए पनि अन्तर्राष्ट्रिय प्रविधिमा आधारित भएर यस्तो इँटाभट्टा सञ्चालन हुन नसकेको दुवालको भनाई छ ।
वंगलादेशी विज्ञ झिकाएर लामो समयदेखि काम गराई यस्तो आधुनिक उद्योग सञ्चालन गर्न सफल भएको कम्पनीले जनाएको छ । अटोमेटिक मेसिन मेड क्लिन व्रिक्स (इँटा) विज्ञलाई काम गराई यस्तो प्रविधि भित्राउन सफल भएको हो । 

इँटाभट्टाका कारण वातावरण प्रदूषण बढेको भन्दै सबैतिरबाट चर्काे आलोचना हुँदै आइरहेको छ । यही आलोचनालाई थेग्न इँटा उद्योगीहरुले यो वर्ष ढिला गरी मात्रै अर्थात् माघ १ गतेदेखि मात्रै इटाभटामा फायरिङ (इँटाभट्टामा इँटा पोल्न आगो लगाउने काम) गर्ने भएको नेपाल इँटाभट्टा व्यवसायी महासंघका सदस्य एवं भक्तपुर इँटाभट्टा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्वाले बताए ।

पोखरामा खुल्यो ‘धुँवा सेतो र इँटा रातो’ बनाउने वातावणमैत्री इँटाभट्टा

कुश्माको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ को सफल परिक्षण

प्रथम त्रैमासमा रियल इस्टेट क्षेत्रको वृद्धिदर ३.१%, निर्माण क्षेत्र अझै संकुचनमै

राष्ट्रिय सहरी नीति ०८१ः तीनवटै तहका सरकारको समन्वयमा व्यवस्थित सहरीकरण

बिपी उद्यानको अतिक्रमित जग्गामा बनेका संरचना हटाउन सुरू

मान्छे बिनाका घरहरु

भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा ह्योम्वा

म्याग्दीको बेनी नगरका घरघरमा क्यूआर कोडसहितको डिजिटल नम्बर

2DBD5F57120158A-1d824aba-11be-426d-b307-58aed9f2a445.jpg

भक्तपुर इँटा उद्योग व्यवसायी संघको अध्यक्षमा ह्योम्वा

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा