ऋण प्रवाहभन्दा असुली धेरै भइरहेको रियल इस्टेट कर्जा जेठमा पौने ११ अर्ब धनात्मक

रियल इस्टेट क्षेत्रमा जेठ महिनामा बैंकबाट पुरानो कर्जा असुलीभन्दा नयाँ कर्जा प्रवाह धेरै, जेठमा प्रवाह भयो साढे १५ अर्ब रुपैयाँभन्दा धेरै रियल इस्टेट कर्जा

367B408218B985F-icon.png
571views
212E07BA06DB5EB-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । आर्थिक वर्षको अन्तिमतिर जेठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले रियल इस्टेट शिर्षकमा प्रवाह गर्ने कर्जा बढेको छ । जेठमा साढे १५ अर्ब रुपैयाँ भन्दा बढी रियल इस्टेट कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा रियल इस्टेट शिर्षकको कर्जा चार अर्ब ७१ करोड रुपैयाँ ऋणात्मक थियो । तर, जेठमा आइपुग्दा यस्तो कर्जा १० अर्ब ७४ करोड रुपैयाँ धनात्मक देखिएको छ । अर्थात् ११ महिनाको अवधिमा रियल इस्टेट कर्जा ४.३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । बैंकको नयाँ कर्जा लगानी भन्दा पुरानो कर्जा असुली धेरै भएमा समग्रमा कर्जाको वृद्धिदर ऋणात्मक देखिन्छ ।

रियल इस्टेट शिर्षकतर्फ ११ महिनामा रेसिडेन्सियल रियल इस्टेट (दुई करोडसम्मको व्यक्तिगत आवासीय कर्जा) १४ अर्ब ६ करोड रुपैयाँ प्रवाह भएको छ । यस्तै, कमर्सियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्ट निर्माणका लागि एक अर्ब १९ करोड, जग्गा खरिद तथा प्लटिङमा चार अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । 

आम्दानी सिर्जना हुने कमर्सियल कम्पलेक्समा एक अर्ब ९८ करोड रुपैयाँ, ५० लाख वा सो भन्दा बढीको विशेष प्रपोज बिनाको कर्जा तीन अर्ब ३८ करोड र रियल इस्टेट सम्बन्धि अन्य प्रपोजमा प्रवाह हुने कर्जा तीन अर्ब ८४ करोड रुपैयाँ ऋणात्मक देखिएको छ । अर्थात्, उल्लेखित शिर्षकमा नयाँ कर्जा प्रवाह भन्दा पुरानो कर्जा असुली धेरै भएको देखियो ।

जेठमा रियल इस्टेट शिर्षकमा कर्जा लगानी बढ्दा व्यक्तिगत आवासीय कर्जा शिर्षकमा प्रवाह हुने कर्जा भने घटेको छ । चालु आर्थिक वर्षको १० महिनामा व्यक्तिगत आवासीय कर्जा ४१ अर्ब २० करोड रुपैयाँ थपिएकोमा ११ महिनामा उल्टै घटेर ३७ अर्ब २९ करोड रुपैयाँमा सिमित बनेको छ । अर्थात्, जेठमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत रियल इस्टेट शिर्षकमा पुरानो कर्जा धेरै ठूलो परिमाणमा असुली गरेका छन् ।

राष्ट्र बैंकले व्यक्तिगत आवासीय घरकर्जा शिर्षकमा अधिकतम दुई करोड रुपैयाँसम्म कर्जा प्रवाह गर्दै आइरहेको छ ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

F795B99112758A6-CB93765BE37C685-BD6F306C9069F5C-Land-Plooting-final.jpg

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

99E28BE37D67682-Gundu.jpeg

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच