गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

सिमेन्टमा व्यापक मिसावटहरु पनि देखिने गर्छन् । यी कुरामा धेरै मान्छे अन्जान नै हुने गरेका छन् । बजारबाट सिमेन्ट किन्दा र भण्डारण गर्दा धेरै विचार पुर्याउनुपर्छ ।

367B408218B985F-icon.png
3005views
F5CF43856C06609-1683130292023.jpeg

काठमाडौं । सिमेन्ट सबैभन्दा महत्वपूर्ण आधुनिक निर्माण सामाग्री हो । सिमेन्ट सामान्यतया कंक्रिट र मोर्टार तयार पार्न, आरसीसी फ्रेम गरिएका संरचनाहरु तयार बनाउन प्रयोग गरिन्छ । सिमेन्ट चिप्लो, कडा, र मिश्रित हुन्छ । संरचनाको शक्ति स्थायित्व मुख्य रुपमा सिमेन्टको टिकाउसँग लागू हुन्छ । 

तर, अहिले सिमेन्टमा व्यापक मिसावटहरु पनि देखिने गर्छन् । यी कुरामा धेरै मानिसहरु अन्जान नै हुने गरेका छन् । बजारमा सिमेन्ट किन्दा र भण्डारन गर्दा धेरै विचार पुर्याउनुपर्छ ।

सिमेन्ट किन्‍नुभन्दा पहिले के जाँच गर्ने

नेपालमा पाँच दर्जनभन्दा बढी सिमेन्ट तथा कंक्रिट उत्पादन गर्ने उद्योग छन् । उनीहरु प्रायः आफ्नो सिमेन्ट उत्पादनबाट कसरी मुनाफा बढाउने भन्‍ने बारे मात्र सोच्‍ने गर्छन् । हामीमध्ये धेरैलाई यो जानकारी छ कि सिमेन्टको लागत अन्य निर्माण सामाग्री भन्दा बढि हुन्छ र यो तपाईको समग्र परियोजना लागतलाई प्रभावित गर्छ । 

हामीले सिमेन्टबारे केही सावधानी अपनाउन केही सुझावहरु दिँदै छौं ।

साधारण कारण, डुप्लिकेट वा मिसावटयुक्त सिमेन्टको संरचनाले घर–भवनको आयु घटाउँछ । तपाईले सिमेन्ट किन्‍नुअघि केही आधारभूत विशिष्टिताहरुको राम्रोसित जाँच गर्नुपर्छ, जसले गर्दा पछि हुने दुर्घटनाबाट बच्‍न सकिन्छ । सिमेन्टको बोरामा छापिएको मितीदेखि लिएर सिमेन्ट एक्सपायर मितिसम्म जाँच गर्नुपर्छ ।

सिमेन्ट किन्‍नु अघि गरिने जाँचहरु 

१. ठिकसँग निर्माताको नाम, त्यसको दर्ता ट्रेडमार्क पढ्नुहोस् । यदि त्यस सिमेन्टको बोरामा ट्रेडमार्क र नाम राम्ररी छापिएको छैन भने त्यो नक्कली पनि हुन सक्छ ।

२. आईएसओ मार्क सिमेन्टको झोलामा कालो रंगमा छापिएको हुनुपर्छ । आईएसओ मार्कले सिमेन्टको बोरामा चाहिने र निर्दिष्टीकरणको हरेक आवश्यकता पुरा गरेकाृ छ भन्‍ने पुष्टी गर्छ ।

३. सिमेन्टको गुणस्तर र सिमेन्टको प्रकारहरु सिमेन्टको बोरामा जाँच गर्नको लागि महत्वपूर्ण हुन्छ ।

४. एक बोरा सिमेन्टको तौल २५ देखि ५० केजी सम्मको सिमेन्टको झोलामा उल्लेख हुनुपर्छ ।

५. सिमेन्टको गुणस्तर, ब्राण्डबारे जाँच गर्नुपर्छ । किनभने तपाईले लिनुभएको सिमेन्ट एक प्रतिष्ठित ब्राण्ड को हो या होइन थाहा पाउनुपर्छ । साथै ब्राण्डेड भनिएका कम्पनिहरुको बारेमा पनि बुझ्ने र त्यसको उत्पादन प्रविधि विवरणको थप जानकारी लिँदा राम्रो हुन्छ ।

६. एमआरपी (अधिकतम खुद्रा मूल्य) एउटा सिमेन्टको बोरामा यसको जाँच गर्नु पनि महत्वपूर्ण हुन्छ । खुद्रा बिक्रेता वा बिक्रेताहरुले हामीलाई सीआरपी झोला एमआरपी भन्दा बढी मुल्यमा बेचेर मूर्ख बनाउन सक्छन् । यसैले सिमेन्ट किन्‍नु भन्दा पहिले एमआरपी को जाँच गरि उपभोक्तालाई कुनै पनि ठगीबाट बच्‍न मद्दत गर्छ । 

७. सिमेन्ट प्याकिङको बारेमा ध्यान दिनुपर्दछ । सिमेन्ट बोरामा उल्लेख गरिएको उत्पादन मिती, र एक्सपाएर मिती, आदि हेर्नु पर्छ । तपाईले सिमेन्ट किन्दा ३ महिना भन्दा पुरानो नकिन्‍नु होला । 

८. सिमेन्ट बोराको उत्पादक कम्पनिको ठेगाना उल्लेख गरिएको छ छैन हेर्नुपर्छ ।

तपाईले सिमेन्ट किन्दा माथि उल्लेखित प्रत्येक कुराहरु सिमेन्ट बोरामा उल्लेख गरिएको छ छैन हेर्नुपर्छ । यसले गर्दा सो सिमेन्ट प्रतिष्ठित उत्पादक कम्पनिको उत्पादन हो भन्‍ने कुरा निश्‍चित हुन्छ । सिमेन्ट किनिसके पछि त्यसलाई सुरक्षित ठाउँमा भण्डारण गर्नुपर्छ र चाँडै नै प्रयोगमा ल्याउनुपर्छ । 

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

1571969EB9B3FFF-1568648112267.jpeg

तपाई घर बिक्री गर्दै हुनुहुन्छ ? यसरी बढाउन सकिन्छ घरको मूल्य