तथ्यांक कार्यालयका अनुसार नेपालमा बस्नयोग्य ६ लाख घरहरु रित्तै रहेको भेटिएको छ ।
काठमाडौं । नेपालभरी २२६ घरमात्रै दश तलाभन्दा अग्ला रहेको राष्ट्रिय जनगणना २०७८ ले देखाएको छ । यो संख्या कुल घरहरुको ०.००३ प्रतिशत हो ।
अहिले नेपालमा ७५ लाख ५२ हजार ६६ घरहरु रहेका छन् । नेपालको शहरी क्षेत्रमा पनि अग्ला घरहरु नगन्य मात्रामा रहेको तथ्यांकले देखाउँछ ।
नेपालमा अधिकांश घरहरु एक तले र दुई तले रहेका छन् । ४५ लाख १७ हजारभन्दा बढी घर एक तले रहेका छन् भने २१ लख ७३ हजारभन्दा बढी घर दुई तले रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यो संख्या कुल घरको क्रमशः ५९.८२ प्रतित र २८.७८ प्रतिशत हुन आउँछ ।
बस्न योग्य ६ लाख घर रित्तै
तथ्यांक कार्यालयका अनुसार नेपालमा बस्न योग्य ६ लाख घरहरु रित्तै रहेको भेटिएको छ । सेवा सुविधाको खोजीमा गाउँबाट शहर तथा तराई भेगमा बसाइसराइ बढ्दा धेरै घरहरु खाली हुँदै गएका हुन् । हिमाली र पहाडी भेगमा अहिले जनसंख्या घट्दो दरमा रहेको छ ।