दशैं अफरः रविभवनमा साढे ७ लाख डाउन पेमेन्टमै अपार्टमेन्ट किन्‍न पाइने

कुनै ग्राहकले पुरै नगद तिरेर अपार्टमेन्ट खरिद गर्न चाहेमा पाँच प्रतिशत डिस्काउन्ट दिने पनि कम्पनीले जनाएको छ

367B408218B985F-icon.png
3628views
E1F00BAE7C2C710-Solatee-City-final.jpg

काठमाडाैँ । नेपालीहरुको महान पर्व वडादशैं नजिकिँदै जाँदा हाउजिङ तथा अपार्टमेन्ट परियोजनाले पनि अफर घोषणा गर्न थालेका छन् ।

यसै क्रममा रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टले १० प्रतिशत डाउन पेमेन्टमै फ्ल्याट खरिद गर्न सकिने अफर ल्याएको छ । 

सोल्टी सिटीमा एक, दुई र तीन बीचएके (बेडरुम, लिभिङ हल, किचन) अपार्टमेन्ट बिक्रीमा उपलब्ध छन् ।  

एक बीएचको अपार्टमेन्ट ७.५ लाख डाउन पेमेन्ट गरेर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । एक बिएचके अपार्टमेन्ट ३८० वर्गफिटको छ, जसको मूल्य ७६ लाख रुपैयाँ तोकिएको छ ।

यस्तै, दुई बीएचके अपार्टमेन्ट खरिद गर्न १२.५ लाख रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । दुई बीएचके अपार्टमेन्ट ६४२ देखि ८१८ वर्गफिट क्षेत्रफलसम्मका छन्, जसको मूल्य दुई बीएचको १ करोड २८ लाखदेखि १ करोड ७२ लाख रुपैयाँसम्म रहेको छ ।

तीन बीएचको अपार्टमेन्ट ९०० र ११६० वर्गफिट क्षेत्रफलका छन् । यी अपार्टमेन्टको मूल्य मूल्य १ करोड ८९ लाखदेखि २ करोड ४३ लाख रुपैयाँसम्म तोकेको कम्पनीले जनाएको छ । तीन बीएचको अपार्टमेन्ट खरिद गर्न १८ लाख डाउन पेमेन्ट गरे पुग्‍ने बताइएको छ ।

यस्तो हुनेछ किस्ता

कम्पनीका अनुसार, हरेक अपार्टमेन्टमा ७० प्रतिशत रकम सिद्धार्थ बैंकले कर्जा लगानी गरिदिने छ । ३० प्रतिशत रकम खरिदकर्ता आफैले जोहो गर्नुपर्ने हुन्छ । सुरुवातमा १० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने वित्तिकै सोल्टी सिटीले अपार्टमेन्टको चाँबी हस्तान्तरण गर्नेछ । 

यस्तै, २० प्रतिशत रकम कम्पनीलाई एक वर्षमा किस्तामा तिर्नुपर्ने बताइएको छ । बाँकी ७० प्रतिशत रकम बैंकको ऋण हुनेछ । बैंक ऋणका लागि कम्पनी आफैले प्रकृया अगाडि बढाइदिने जनाएको छ । 

सिद्धार्थ बैंकबाट १० देखि २५ वर्षसम्म किस्ता तिर्ने गरी कर्जा उपलब्ध हुनेछ । बैंकको ब्याजदर अहिले ११.७५ प्रतिशत रहेको छ । 

यदि कुनै ग्राहकले पुरै नगद तिरेर अपार्टमेन्ट खरिद गर्न चाहेमा पाँच प्रतिशत डिस्काउन्ट दिने पनि कम्पनीले जनाएको छ । 

एक बीएचकेको ५५ हजार मासिक किस्ता

यदि एक बीएचके अपार्टमेन्ट २५ वर्ष अवधिको बैंक ऋण लिएर खरिद गरेमा सुरुमै ७ लाख ५० हजार डाउन पेमेन्ट बुझाउनुपर्छ । यस्तै, एक वर्षमा १५ लाख ३० हजार रुपैयाँ मासिक एक लाख २७ हजारका दरले कम्पनीलाई बुझाउनुपर्ने भयो । 

बैंकले ५३ लाख २० हजार कर्जा दिनेछ, जसको मासिक किस्ता करिव ५३ हजार पर्न आउने देखिन्छ ।
 

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

4FFE4DD1BBC7380-0FA11CE8ECCDC5D-lalitpur-land.jpg

साउनमा ८ महिनायताकै सबैभन्दा कम कित्ताकाट

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

A1B779B4F27B537-land cover image news.jpg

काठमाडौं भ्यालीमा २० लाखमुनिका जग्गा खोज्दै हुनुहुन्छ ? यी हुन सक्छन् उपयुक्त विकल्प