अंशबण्डा र मोही बाँडफाँडका लागि साढे दुई आनासम्म कित्ताकाट गर्न पाइने

367B408218B985F-icon.png
10983views
3E3BF6EACA82560-4C573158781CEC3-D9A2BAC8F599A19-Kakre-bihar-Final.jpg

काठमाडौं । घरजग्गामा ठूलो धनरासी फसेको भन्दै सरकारले देशैभर कित्ताकाट खुला गरेको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने भएपछि देशैभर कित्ताकाट ठप्प थियो ।

अब देशभर करिव पुरानै स्थितीमा कित्ताकाट खुला गरिएको छ । भूउपयोग नियमावली २०७९ संशोधन गरेर अंशबण्डा, मोही बाँडफाँडका लागि साढे दुई आना जग्गा पनि कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको थियो । अंशबण्डा र मोही बाँडफाँडमा चार आना एक दाम क्षेत्रफल व्यवहारिक नहुँदा पुरानै अवस्थामा कित्ताकाट गर्न अनुमति दिएको सरकारको दाबी छ ।

यस्तै, विकास आयोजनाहरुका लागि पनि सानो टुक्रा कित्ताकाट गर्न अनुमति दिइएको छ ।

पहिला आवास निर्माणका लागि पनि साढे दुई आनासम्म जग्गा कित्ताकाट गर्न पाइन्थ्यो । नयाँ नियमावलीमा लागू गरिएको न्यूनतम चार आना एक दाम क्षेत्रफलाई यथास्थितीमै राखिएको मन्त्रालय स्रोतले बतायो ।

अब देशैभर सिमसार, अबल, दोयम (खेततर्फ)को जग्गालाई कृषि क्षेत्र मानेर नियमावलीले व्यवस्था गरेको क्षेत्रफल नघट्ने गरी कित्ताकाट गर्न पाइने छ । यसका लागि स्थानीय तहले जग्गा वर्गीकरण गरिरहनु परेन ।

पाखो र खेती नहुने जग्गालाई आवास क्षेत्र मानेर नियमावलीले व्यवस्था गरेको सिमाभित्र रहेर कित्ताकाट गर्न पाइने भएको छ । ‘जग्गाधनी पुर्जामै अब्बल, दोयम, सिमसार, पाखोलगायत कुन खालको जग्गा भनेर स्पष्ट लेखेको हुन्छ, त्यसैलाई आधार मानेर देशैभर कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको छ’ मन्त्रालय स्रोतले भन्यो ।

२३ मंसिरसम्म जग्गा वर्गीकरण टुंग्याउन नसकेपछि स्थानीय तहलाई एक वर्षको समय थप गर्ने निर्णय गरिएको छ । हालसम्म १६० स्थानीय तहले आंशिक (कृषि र गैरकृषि) एवं पूर्ण रुपमा (१० प्रकारमा) जग्गा वर्गीकरण गरेका छन् ।

रारामा डेढ अर्बमा मोनोरेलसहितको लक्जरी रिसोर्ट निर्माण थालनी

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो

चर्चित गायिका शान्तिश्री बनिन् भव्य घरकी मालिक्नी

दरबारमार्गको फुटपाथ ग्रेनाइट बिछ्याएर टल्काइँदै, सवा ५ करोड लाग्ने

बुटवलमा खुल्यो सुबिधासम्पन्न सिद्धार्थ कटेज

विश्वकै चर्चित नेपाली क्लब ‘एलओडी’ले पुरा गर्‍यो सञ्चालनको छैठौं वर्ष

कोहलपुरको अतिक्रमित जग्गा फिर्ता ल्याउने प्रधानमन्त्रीको दृढता

इमाडोल क्षेत्रमा सबैभन्दा धेरै घरजग्गा बिक्रीका लागि लिस्टिङ, यी हुन् नौ हटस्पट

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति