काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र घरजग्गा, भवन वा जग्गा बहालमा दिँदा बहालमा लिने व्यक्तिसँग बहालमा दिने व्यक्तिले अनिवार्य घरबहाल सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ ।
काठमाडौं महानगरपालिकाले हालै ‘घर बहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गर्दै घरभाडा व्यवसायलाई कडाई गर्न लागेको हो ।
घरजग्गा बहालमा लिने/दिने कार्यलाई व्यवस्थित, पारदर्शी र कानुनबमोजिम गराउन घर बहालमा लिने–दिनेबीचको सम्बन्धलाई व्यवस्थित बनाउने, बहालमा लिए–दिएको विषयमा उत्पन्न हुनसक्ने सम्भावित विवादको निरूपणलाई छिटो–छरितो र न्यायोचित ढङ्गले समाधान गर्ने र महानगरको बहाल कर असुली कार्यलाई सरल, पारदर्शी र व्यवस्थित बनाउन नयाँ निर्देशिका बनाई लागू गरेको महानगरपालिका कार्यालयले जनाएको छ ।
आज हामीले घरभाडा दिने तथा लिनेले कस्तो सम्झौता गर्नुपर्ने हुन्छ भनेर ‘घर बहाल सम्झौताको ढाँचा’ प्रस्तुत गर्दै छौं ।