यसरी बन्दैछ धुलिखेल ‘आरोग्य सहर’

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौं नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो ।

367B408218B985F-icon.png
1755views
40A86B6DB677E38-Dhulikhel-final.jpg

काभ्रे । धुलिखेल नगर हाल ‘आरोग्य सहर’ अभियानमा छ । नगरपालिका कार्यालय सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै नागरिकलाई स्वस्थ बनाई आरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलो पुर्याउने काममा समेत जुटिरहेको छ ।

नागरिकको अवस्था के छ, के–कस्तो उपचार आवश्यक छ पत्ता लगाउन धमाधम सर्वेक्षण गर्ने योजना नगरले बनाएको हो । नगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सबै स्वास्थ्य केन्द्रमा निःशुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइने तथा सबै नागरिकलाई आरोग्यता प्रदान गर्न उनीहरूको अवस्था बुझ्‍न सर्वेक्षण गरिरहेको नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताए ।

“नगरभित्रका स्वास्थ्य केन्द्रलाई चुस्तदुरुस्त बनाइनेछ, स्वास्थ क्षेत्रमा गुनासा नआउने गरी अभियान नै थालिएको छ,” उनले भने ।

यस्तै धुलिखेल नगरले सहरीकरणका कारण उत्पन्‍न हुने वातावरण प्रदूषण एवं स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । यसका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरपालिकाबीच कार्यक्रम सञ्‍चालनका लागि समझदारी भएको छ । वैज्ञानिक माध्यमबाट नगरलाई दिगो रूपमा खाद्य हरियाली सहर बनाउन नगरसँग सम्झौता गरिएको नगरप्रमुख ब्याञ्जूले बताए ।

उक्त कार्यक्रमले वातावरण प्रदूषण एवं स्वास्थ्य समस्या समाधानार्थ दिगो रूपमा वैज्ञानिक ढङ्गबाट नगर सफा–सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ । नगरले लिएको ‘स्वच्छ र स्वस्थ’ सहरको अवधारणा पूरा गर्न यस कार्यक्रमले ठूलो मद्दत पुर्याउने अपेक्षा गरिएको छ ।

जडीबुटीको उत्पादन, प्रयोग तथा अनुसन्धानसमेत कार्यक्रममा समावेश गरिनेछ । सफा–सुन्दर बनाउन थप कार्यक्रम युवा उद्यमशीलता, रोजगारी व्यवस्थापन, दिगोरूपमा स्वच्छ, सफा र सुन्दर नगर निर्माण गर्ने औषधिजन्य विरुवा, च्याउ तथा फलफूलको वैज्ञानिक तवरबाट प्रशोधन, भण्डारण र बजारीकरणलगायतका काम हुने जनाइएकोे छ ।

धुलिखेल नगरले नगर क्षेत्रभित्र कोइला प्रयोग गर्न प्रतिबन्ध लगाएको खबर गत वर्ष नोभेम्बर पहिलो साता स्कटल्याण्डको ग्लास्गो सहरमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२६) मा चर्चाको विषय बनेको थियो । नगरले कोइलामुक्त बनाउने अभियानलाई अन्य निकाय तथा मुलुकले पनि अनुमोदन गर्न आग्रह गरिरहेको अवस्थामा उक्त सम्मेलनमा विश्वका अधिकांश राष्ट्रले कोइला प्रयोग रोक्ने घोषणासमेत गरेका थिए ।

घोषणा ‘संयोग’ मात्रै पनि हुनसक्छ । तर नेपालको सङ्घीय राजधानी नजिकको काभ्रेपलाञ्चोकको एक नगरले सुरु गरेको यस्तो अभियानले विश्वलाई नै ‘एउटा उदाहणीय पाठ’ सिकाएकामा धुलिखेलल निकै चर्चा कमाएको थियो ।

खनिजतत्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरले जनाएको छ । नगरप्रमुख ब्याञ्जूका अनुसार नगर क्षेत्रभित्र हाल कोइला प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध छ । उनले भने, “धुलिखेलको एउटा काम विश्वमा चर्चा हुनु गौरवको विषय बनेको थियो ।”

धुलिखेल नगर विश्व स्मार्ट दिगो सहर सङ्गठनको सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा निर्वाचितसमेत भएको छ । विश्वका एक सय ३६ देशका सहर सदस्य रहेको सङ्गठनको विश्व स्मार्ट दिगो सहर सङ्गठनको पाँचौँ महासभाबाट १७ सदस्यीय कार्यसमितिमा धुलिखेल पनि निर्वाचित भएको थियो ।

नगरप्रमुख ब्याञ्जूले संसारका ठूला देशका सहरसँगै सङ्गठनको कार्यसमिति सदस्यमा निर्वाचित हुनु अर्को गौरवको विषय भएको बताए ।

धुलिखेल नगरलाई हालै शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौं नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको थियो ।

यसअघि नगरले जलवायु परिवर्तनको असरलाई कम गर्न नगरले शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री कार्यलाई प्राथमिकताकासाथ अघि बढाएको थियो । नगरले जिवाश्म इन्धन अप्रसार सन्धि अभियान कार्यान्वयनमा पहिलो प्राथमिकतामा राखिने जनाउँदै आएको छ ।

यस्तै धुलिखेलले शहश्राब्दी दिगो विकास लक्ष्यअन्तर्गत १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी पूरा भएका चार लक्ष्यको प्रतिवेदन गत अक्टोबर पहिलो साता संयुक्त राष्ट्रसङ्घमा पेश गरेको छ ।

नगरले दिगो विकासका चार लक्ष्य पूरा गरेको प्रतिवेदन गत अप्रिलमा सार्वजनिक गरेपछि सन् २०२२ को प्रतिवेदन सोमबार थाइल्याण्डस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयमा बुझाइएको थियो । उक्त ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको दाबीसमेत गरिएको थियो । रासस

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट

5A9AA47CF47005C-Dorje-final.jpg

३० फोटोमा हेर्नुहोस् ‘दोर्जे रिसोर्ट’, जहाँ बस्‍न दिनकै ५० हजारभन्दा धेरै खर्चिनु पर्छ

DBEB48B1DB7848F-bagmati-pradesh2022-12-17-09-44-59.jpeg

बागमती प्रदेशका उदीयमान शहरहरुलाई मौलिका पहिचानसहित व्यवस्थित बनाउने घोषणा