के कोरोनाले व्यवस्थित हाउजिंग र अपार्टमेन्टप्रति आकर्षण बढाउला ?

कोरोनाले मुलुक ठप्प हुँदा घरजग्गा व्यवसाय पनि प्रभावित बनेको छ । बैंकबाट लिएको खर्बौं रुपैयाँ ऋणको ब्याज तिर्न सकस हुने देखिन्छ ।

367B408218B985F-icon.png
602views
FE05A8934E156AD-51CA1C06072B392-housing.gif

०७२ मा भूकम्प गयो, त्यतिबेला पनि जनजीवनदेखि अर्थतन्त्र ठप्प भयो । त्यसको साढे ४ वर्षपछि हामीलाई कोरोना भाईरसले आतंकित बनाइरहेको छ । अहिले विश्व नै आंशिक रुपमा लकडाउन छ । लकडाउन खुकुलो भएपनि मान्छे भयरहित रुपमा हिँडडुल गर्न सकिरहेका छैनन् । अर्थतन्त्र डामाडोल बनाइसकेको छ । लकडाउन खुकुलो भएपनि कतिपय व्यवसाय अझै सञ्चालनमा आउन सकिरहेको छैन । कोरोना महामारीले मान्छेको जनजीवन र अर्थतन्त्र दुबै ठप्प बनेको छ । 

कोरोना भाईरसको सबैभन्दा ठूलो प्रभाव पर्यटन र उड्यन क्षेत्रमा परेको छ । हस्पिटालिटी क्षेत्रमा मात्र १ खर्बभन्दा बढी लगानी भएको छ । कोरोनाले अर्थतन्त्रका अरु अवयवहरु पनि हल्लाएको छ । घरजग्गा व्यवसायमा पनि शिथिलता छाएको छ । कोरोनाले मुलुक ठप्प हुँदा घरजग्गा व्यवसाय पनि प्रभावित बनेको छ । बैंकबाट लिएको खर्बौं रुपैयाँ ऋणको ब्याज तिर्न सकस हुने देखिन्छ ।

यो हुँदा हुँदै पनि कोरोनाले हाउजिङ व्यवसायमा केही आशाको किरण पनि ल्याउन सक्ने देखिन्छ । ०७२ मा भूकम्प जाँदा नेपालमा सामूहिक बसाईको अवधारण भर्खर विकास हुँदै थियो । भूकम्पले मुलक हल्लिँदा एकाध अग्ला अपार्टमेन्ट बिल्डिङ बाहेक हाउजिङको बसाई सुरक्षित नै रह्यो । हाइराइज भवनका फ्ल्याटमा बस्ने परिवार डरले केही समय बाहिर बसेपनि आफ्नै अपार्टमेन्टमा फर्किहाले । सिंगल घरका कोलोनीमा बसाई सुरक्षित भयो ।

                                बिजय राजभण्डारी, अध्यक्ष, सीई ग्रुप

अहिले कोरोनाको कहर बढेको छ । यो महामारीमा पनि सामूहिक बसाई सबैभन्दा सुरक्षित बनेको छ । भूकम्प र कोरोनाले अपार्टमेन्ट, हाउजिङको बसाई सुरक्षित रहेको पुष्टि गर्दैछ । 

अहिले कम्यूनिटीमा बस्ने मानिसहरु धेरै नै सुरक्षित भएको महशुस गरिरहेका छन् । हाउजिङ विकास गर्दा खुल्ला ठाउँ, घरबीचको निश्चित दुुरी लगायतलाई हेरिएको हुन्छ । हाउजिङ, अपार्टमेन्टमा सरसफाई लगायत विषयलाई पनि विशेष ध्यान दिइन्छ । कम्युुनिटी बसाईमा एउटा समिति हुन्छ । समितिले आफ्नै रुल अफ रेगुलेसन बनाउँछन् । सुरक्षा विशेष प्राथमिकतामा राख्छन् । 

भूकम्प होस् वा कोरोना महामारीले ठूलो परिवार एकै ठाउँमा बस्न हुँदैन भन्ने पाठ सिकाएको छ । अलग अलग बस्नुपर्छ भन्ने धारणा विकास भएको छ । अझ कम्यूनिटी बसाई सुरक्षित भएको पुष्टी भएपछि माग पनि बढ्ने निश्चित छ । 

यो प्रकोपपछि घरजग्गा व्यवसाय झन राम्रो हुन्छ भन्ने लाग्छ । सामूहिक बसाईतर्फ मानिस आकर्षित हुने देखिन्छ । 

अब कस्तो सहर बनाउने ? यस्तो छ नयाँ राष्ट्रिय सहरी नीति

जनवरी १ः अंग्रेजी नयाँ वर्ष २०२५ शुरू

एएसी ब्लक र रातो इँटामा कुनको आयु कति ?

आज तमु ल्होसार मनाइँदै

झापामा सवा अर्बमा खुल्यो पाँचतारे होटल ‘अश्वत्थ’, पाँचतारेको हब बन्यो झापा

कजरियाले सुरू गर्‍यो प्रिमियम सिरेमिक टाइल उत्पादन, २५% प्रतिशत सस्तो

लिजेन्ड प्रोपर्टीका घरघडेरी खरिदमा लुम्बिनी विकास बैंकबाट सस्तोमा कर्जा पाइने

कोशी प्रदेश बन्यो रियल इस्टेटको हटस्पट, सवा अर्बमा एउटै प्लट बिक्री

C12240E961D0C58-Cover image for news.jpg

शहरी विज्ञको नजरमा परेका दर्जन व्यवस्थित र सुन्दर शहरहरु

06AD78113E8A96F-news cover.jpg

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’ विकासका लागी जग्गा एकीकरण विधि

5423A539400313E-Kiran-Shakh-final.jpg

'बजारमा डन्डीको मागभन्दा आपूर्ति बढी छ, उद्योगीले कार्टेलिङ गर्न सक्दैनन्'