काठमाडौं । बैंकमा तरलता थुप्रिदै गएपछि बैंकहरु सस्तो ब्याजदरमा कर्जा दिन प्रतिस्पर्धामा उत्रिएका छन् । ११ चैतदेखि भएको लकडाउनको अवधिमा अधिक तरलता जम्मा भएपछि बजार खुल्ने वित्तिकै बैंकहरुले धमाधम एकल अंकको ब्याजदरमा कर्जाका स्किमहरु सार्वजनिक गरे ।
काठमाडौं । बैंकमा तरलता थुप्रिदै गएपछि बैंकहरु सस्तो ब्याजदरमा कर्जा दिन प्रतिस्पर्धामा उत्रिएका छन् । ११ चैतदेखि भएको लकडाउनको अवधिमा अधिक तरलता जम्मा भएपछि बजार खुल्ने वित्तिकै बैंकहरुले धमाधम एकल अंकको ब्याजदरमा कर्जाका स्किमहरु सार्वजनिक गरे ।
अहिले घरजग्गा, अटोमोबिलसँगै विभिन्न शिर्षकमा ऋण लिने व्यक्ति तथा कर्पोरेट क्षेत्रले एकल अंकको ब्याजदरमा कर्जा सुविधा लिइरहेका छन् । पूर्ण सरकारी स्वामित्को राष्ट्रिय बाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमै घरकर्जा योजना ल्याएको छ । यो सबैभन्दा कम ब्याजदरको घरकर्जा हो ।
स्टान्डर्ड चार्टर्ड बैंकले ७.५९, नेपाल बैंक र नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउन थालिसकेका छन् । अहिले अधिकांस ‘क’ बर्गका बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम छ ।
सञ्चालनमा रहेका २७ बाणिज्य बैंकहरुले आधार दर (बेसरेट) घटाएर सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन थालेका हुन् ।
तर, एकल अंकको ब्याजदरको सुविधा पुराना ऋणीहरुले पाउन सकेका छैनन् । ठूला कर्पोरेट ग्राहकहरुले बार्गेनिङ गरेर पुरानो कर्जाको ब्याज केही कम गराउन सफल भएपनि व्यक्तिगत कर्जा लिने साना ऋणीहरुले अहिले पनि १२/१४ प्रतिशतसम्म ब्याजदर बुझाउनु परिरहेको छ ।
साना ऋणीहरुमा पनि बार्गेनिङ गर्न जानेहरुलाई बैंकले धेरथोर ब्याजदर घटाउने काम गरेका छन् । तर, बार्गेनिङ नगर्ने सोझा ग्राहकहरुको ब्याज भने ज्यूँका त्यूँ छ । बेसरेट घटेपनि बैंकहरुबाट पुराना ग्राहकलाई चर्को ब्याज असुल्ने काम भइरहेको छ । कतिपय बैंकले नयाँ बेसरेटमा पनि ६ प्रतिशतसम्म रिस्क प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गरिदिएका छन् ।
बैंकहरुले जोखिम अनुपात हेरेर बेसरेटमा शून्यदेखि ६ प्रतिशतसम्म रिस्क प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । टाठाबाठा र ठूला कर्पोरेट ऋणीहरुमध्ये कतिपयले बेश रेटमै त कतिपयले अत्यन्तै कम रिस्क प्रिमियम जोडेर ऋण पाइरहेका छन् । तर, सोझा ग्राहकबाट चर्को ब्याजदर असुलिरहेको देखिन्छ ।
पछिल्लो समय बैंकमा निक्षेपको ब्याजदर ४ प्रतिशसम्म झरेको छ । निक्षेपको ब्याजदर घटेकै कारण बैंकको बेसरेट पनि घटाउन सम्भव भएको हो । अधिक तरलता भएपछि बैंकरहरु आफ्नो बैंकहरु कर्जा लिइदिन अनुरोधन गर्दै कर्पोरेट हाउसहरु धाउन थालेका छन् ।
कोभीडको कहरबीच बैंकहरुले सस्तो ब्याजदरमै कर्जा उपलब्ध गराउँदा पनि लगानीको अनुपात उल्लेख्य बढ्न सकेको छैन । अहिले बैंकबाट लिने खोजिरहेकाहरू ‘पर्ख र हेर’को अवस्थामा छन् । यता ८/९ प्रतिशत ब्याजदरमा पनि कर्जा परिचालन गर्न नसेकेका बैंकहरुले पुराना ऋणीलाई भने कसेरै ब्याज असुलिरहेका छन् ।
सामान्यतयाः ग्राहकहरू बार्गेनिङ नगरेसम्म बैंकले पाइरहेको ब्याजदर कम गर्न खोज्दैनन् । यो नेपालमा रहेका प्रायजसो बैंकको अघोषित नीति नै हो भन्दा फरक पर्दैन । बैंकको नयाँ स्किम नयाँ ग्राहकका लागि हो । बैंकका ऋण विभागका कर्मचारीहरु भन्छन्, ‘नयाँ सुविधा उपभोग गर्नका लागि नयाँ ऋणी हुनुपर्छ ।’
बाणिज्य बैंकहरुले ०.७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने
घरकर्जा लिँदा ध्यान दिनुपर्ने कुराहरु
नयाँ ऋण लिने मालामाल, पुराना ऋणी ब्याजमा कसिदै
सस्तो ब्याजमा घरकर्जा दिन बैंकहरुको प्रतिस्पर्धा, ब्याजदर एकल अंकमा झर्यो
मौद्रिक नीतिले रियलस्टेट व्यवसायी उत्साहित
बैंकबाट ऋण लिएर व्यवस्थित आवास परियोजनाका घर किन्नेलाई राहत
मौद्रिक नीतिमा बैंकको ऋण तिर्ने अवधि ६ महिनादेखि २ वर्षसम्म थपियो
लकडाउन खुलेसँगै खराब कर्जा असुल्न धितो लिलामी गर्दै बैंकहरु, पुसअघिका खराब ऋणी कालोसूचिमा
स्वतः घटाउनुपर्ने हो, त्यसो नगरे कारवाही गर्छौंः राष्ट्र बैंक
बैंकहरुले पुराना ऋणीहरुका नयाँ कर्जा योजनामा सहभागी बनाएका छैनन् । बैंकमा गएर कराएपछि बल्लतल्ल एक प्रतिशतसम्म ब्याज छुट गराउन सकेको ऋणीहरु बताउँछन् । बैंकले एक/दुई प्रतिशत ब्याजदर छुट दिँदा पनि पुरानो ऋणीको ब्याजदर एकल बिन्दूमा झर्दैन ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टका अनुसार ऋणीले बैंकसँग परिवर्तित ब्याजदरको सम्झौता गरेको भए बैंकले बेसरेट परिवर्तन गर्दा ब्याजदर पनि स्वतः परिवर्तन गर्नुपथ्र्यो ।
यदि कुनै बैंकले बेसरेट घटाएर पुरानो ऋणीसँग महंगो ब्याजदर असुली गरेको भेटिएमा राष्ट्र बैंकले कारवाही गर्न सक्ने भट्टले बताए । यसका लागि ग्राहकहरुले राष्ट्र बैंकको गुनासो सुनुवाई ईकाइमा जानकारी गराउनु पर्छ । बैंकहरुले तोकेको स्प्रेडदर र घटेको बेसरेटमा सम्झौताअनुसार ब्यादजदर संसोधन नगरे राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेको आधारमा कारबाही हुनेछ ।
तपाईंले लिएको घरकर्जाको लिएको बैंकले ब्याजदर घटाए कि घटाएनन् ? तपाईंले बैंकमा गएर आफुले तिरिहेको बैंकको ब्याजदर सोध्न सक्नुहुन्छ ।
तपाईंले ब्याजदर नघटेको खण्डमा ब्याजदर घटाउन बैंकसँग बार्गेनिङ गर्न सक्नुहुन्छ । यदि तपाईंले बार्गेनिङ गर्दा पनि बैंकले ऋणको ब्याजदर घटाउन नखोजेमा राष्ट्र बैंकमा गुनासो राख्न सक्नुहुन्छ । राष्ट्र बैंकले तपाईंको गुनासोबारे सोधखोज गरी कारवाही गर्छ ।
ऋण स्वापको सुविधा पनि छ, तर धेरैलाई थाहा छैन्
तपाईंलाई थाहा छ, कुनै एउटा बैंकबाट लिएको ऋण अर्को बैंकमा स्थानान्तरण गर्न सकिन्छ नि । तपाईंले चर्को ब्याजदर असुल्ने बैंकबाट कम ब्याजदर भएको बैंकमा आफ्नो ऋण सर्न सक्नुहुन्छ । यसलाई बैंकिङ भाषामा ‘लोन स्वाप’ भनिन्छ ।
तपाइले सुरुको बैंकमा जे जस्ता शर्तहरु राखेर घरकर्जा लिनुभएको छ, त्यहि शर्तअनुसार अर्को बैंकमा ऋण स्वाप गर्न सकिने व्यवस्था छ । यसले चर्को ब्याजबाट बच्न सकिन्छ । लोन स्वाप गर्न त्यति कठिन पनि हुँदैन । तर प्रोसेस चाहीँ फ्रेस लोनकै सरह हुने बैंकहरु बताउँछन् ।
सुरुको बैंकको शर्त भन्दा फरक गराएर, त्यहाँ जुन किसिमले किस्ता बुझाइरहनुभएको छ, त्यो भन्दा बढी वा कमी गरेर ऋण सार्न पाइँदैन ।
ग्राहकहरुले कम दरको ब्याजबाट लाभ लिनका लागि विद्यमान बैंकमा रहेको ऋण अर्को सस्तो ब्याज भएको बैंकमा स्थानान्तरण गर्न सक्छन् ।
तपाइँलाई बैंकको ब्याजदर बढी लागेमा वा बैंकका कर्मचारीहरुको बोली बचन र व्यवहार मन नपरेमा वा आफुले ऋण लिएको शाखा टाढा भएको खण्डमा कर्जा स्थानान्तरण गर्न सक्नुहुन्छ । यो तपाइँको अधिकार हो ।
यदि तपाइको होम लोनको ब्याजदर अपेक्षित घटाउन र्बैंक तयार भएन तर अर्को र्बैंकले तपाइलाई कम ब्याजमा ऋण दिन तयार भयो भने तपाइले बैंकका लोन म्यानेजरलाई भेटेर आफुले चाहेको दरमा ब्याज झार्न माग गर्न सक्नुहुन्छ । यसका लागि तपाइले बैंकमा ब्याजदर कम गर्न निबेदन दिनुपर्ने हुन्छ ।
यदि बैंकले तपाइले भनेअनुसार ब्याज कम गर्न तयार भएन भने तपाइले ऋण अर्को बैंकमा सार्ने प्रस्ताव गर्न सक्नुहुन्छ । आफ्नो हातबाट बिजनेस जाने देखेपछि बैंकले नयाँ ऋणीलाई दिएकै हाराहारीमा ब्याजदर झार्न पनि सक्छन् । यदि तपाइको पहुँच र बार्गेनिङ पावर पुगेन र तपाइलाई बैंकले टेरेन भने अन्तिम अस्त्रका रुपमा लोन अर्को बैंकमा ट्रान्सफरको प्रकृया थाल्न सक्नुहुन्छ ।