नेपाल बैंकमा ७.९९ प्रतिशत ब्याजदरमै घरकर्जा

काठमाडौं । ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल बैंक पनि प्रतिस्पर्धामा उत्रिएको छ । बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने ग्राहकलाई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ ।

367B408218B985F-icon.png
264views
D3A1C4DBAE51856-Nepal-Bank-final.jpg

काठमाडौं । ग्राहकलाई सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल बैंक पनि प्रतिस्पर्धामा उत्रिएको छ । बैंकबाट कर्जा लिएर घरजग्गा खरिद गर्ने ग्राहकलाई बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा उपलब्ध गराउने भएको छ ।

नेपालको बैंकिङ बजारमा सबैभन्दा कम ब्याजदर हुने गरी पाँच वर्ष अवधिको घरकर्जा योजना ल्याएको बैंकले जनाएको छ । ग्राहकले बैंकबाट कर्जा लिएर घर निर्माण गर्न, तला थप्न वा घरजग्गा किन्न सक्नेछन् । बैंकले अन्य बैंकमा रहेको कर्जा समेत स्वाप गर्न सकिने सुविधा दिने भएको छ । 

घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गरी बैंकले घडेरी कर्जा पनि ल्याएको छ, जस्को वार्षिक ब्याजदर ९.९९ प्रतिशत रहेको छ । घडेरी जग्गा खरिद गर्न र अन्य बैंक तथा वित्तीय संस्थाबाट लगानी भएको सोही प्रकारको कर्जा स्वाप गरी ग्राहकको आवसीय आवश्यकता पूरा गर्न यो कर्जाको सुरुवात गरिएको हो । यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुरदेखि बढीमा एक रोपनी वा डेढ कट्ठासम्म क्षेत्रफल भएको हुनुपर्नेछ। यो कर्जाको अवधि ५ वर्षदेखि २० वर्षसम्म कायम गरिएको छ ।

बैंकले नयाँ लघु उद्यम कर्जा, समृद्ध ब्यवसाय कर्जा र घडेरी कर्जा योजना पनि ल्याएको छ । बैंकले ८.९९ प्रतिशतमा लघु उद्यम कर्जा तथा समृद्ध ब्यवसाय कर्जा प्राप्त गर्न सकिने जानकारी दिएको छ। 

बैंकले लघु उद्यम कर्जामा २५ लाख रुपैयाँदेखि ९९ लाख रुपैयाँसम्म र समृद्ध ब्यवसाय कर्जामा एक करोडदेखि तीन करोड रुपैयाँसम्म लिन सकिने जानकारी दिएको छ।

दुबै प्रकारका कर्जामा व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न सकिने पनि बैंकले जानकारी दिएको छ । बैंकले लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको सात कार्य दिन भित्र प्रदान गरिने बताएको छ ।

बैंकले १८६ शाखा, १२५ एटिएम तथा २९ एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकले यो आर्थिक वर्षभित्र सबै जिल्लामा शाखा सञ्जाल बिस्तार गर्दै शाखा संख्या २१४ पुर्या्उने लक्ष्य राखेको छ ।  


 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं