बाणिज्य बैंकहरुले ०.७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने

के तपाईं बैंकबाट ऋण लिँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंलाई नेपाल राष्ट्र बैंकले केही राहत दिएको छ । अब ‘क’ बर्गका वाणिज्य बैंकहरुले तपाईंसँग ०.७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् ।

367B408218B985F-icon.png
370views
6DA3A2E19C00F10-6D70F0C70642A54-998C1ACA901D6C9-Bitmap.jpg

के तपाईं बैंकबाट ऋण लिँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंलाई नेपाल राष्ट्र बैंकले केही राहत दिएको छ । अब ‘क’ बर्गका वाणिज्य बैंकहरुले तपाईंसँग ०.७५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् ।

राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुले कर्जा स्वीकृत गर्दा सेवा शुल्कवापत बढीमा ०.७५ प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरिदिएको छ । 

यसअघि ‘क’ बर्गकै बैंकहरुले ऋणीसँगै एकदेखि दुई प्रतिशतसम्म आफुखुशी सेवा शुल्क असुल्दै आइरहेका थिए । राष्ट्र बैंकको नयाँ व्यवस्थाले ऋणीलाई थोरै भएपनि राहत पुगेको छ ।

यस्तै, राष्ट्र बैंकले ‘ख’ बर्गका विकास बैंकले १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरिदिएको छ । यसअघि विकास बैंकले ३ प्रतिशतसम्म सेवा शुल्क लिँदै आइरहेका थिए ।

वित्त कम्पनी १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था भएको छ । ‘ग’ र ‘घ’ बर्गका वित्तीय संस्थाहरुले आफुखुशी चर्को सेवा शुल्क असुल्दै आइहेका थिए । 

बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकसँग लिने सेवा शुल्कहरुलाई थप व्यवस्थित र पारदर्शी बनाउन अधिकतम सीमा तोकिदिएको राष्ट्र बैंकले जनाएको छ ।
 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

3980EF4110B922C-F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

व्यक्तिगत आवासीय कर्जा प्रवाहमा ६३ प्रतिशतले कमी

FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट ऋण लिएर घरघडेरी जोड्ने बढे, १० महिनामा सवा ४१ अर्ब आवासीय कर्जा प्रवाह

4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’