प्राचिन वैदिक वास्तुशास्त्रमा घर तथा व्यवसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्याउन निम्न कुराको गहिरो बिचार विमर्श गरेको पाइन्छ ।
आजकल वास्तुशास्त्रमा धेरैको चासो छ । मुलतः मानिसहरु घर बनाउँदा वास्तुशास्त्रलाई पालना गर्न खोज्छन् । तर, उत्कृष्ट वास्तुका लागि जमिनको छनौटदेखि नै ध्यान पु¥याउनु जरुरी छ ।
प्राचिन वैदिक वास्तुशास्त्रमा घर तथा व्यवसायिक भवन बनाउने घडेरीका लागि उपयुक्त अनुपयुक्त भूमि छुट्याउन निम्न कुराको गहिरो बिचार विमर्श गरेको पाइन्छ । माटोको रंग, समलता, उब्जनी, दिशाका आधारमा जमिनको बर्गीकरण गरी कस्तो जमिन कस्तो प्रयोजनका लागि उपयुक्त हुन्छ भनी ब्याख्या गरिएको छ । वास्तुविद् आचार्य वासुदेव शास्त्री ले ‘वैदिक ज्ञान–विज्ञान’ पुस्तकमा उल्लेख गर्नुभएका केही महत्वपूर्ण जानकारी र टिप्स यसप्रकार छन् ।
माटोको रङको आधारमा
घर बनाउन लागेको घडेरीको माटोको रङ कस्तो छ भनेर वास्तु–शास्त्रका आधारमा पाँच तरिकाले परीक्षण गरिन्छ ।
समलताका आधारमा
वस्तु शास्त्रमा समतलताको आधारमा घडेरीलाई मुख्य चार प्रकारमा विभाजन गर्न सकिन्छ ।
कर्मपृष्ठ
बीचमा अग्लो एवं चारैतर्फ भिरालो भएको घडेरीलाई कूर्मपृष्ठ (कछुवा ढाडे) घडेरी भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले जीवनमा सुख, समद्धि, उल्लास र बलवृद्धि हुन्छ ।
गजपृष्ठ
जुन घडेरी चार कुना उठेको छ र बीचमा सामान्य होचो छ, त्यस्तो घडेरीलाई गजपृष्ठ (हात्तीढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा निवास गर्नाले आयु, आरोग्य, ज्ञान र धनको वृद्धि हुन्छ ।
दैत्यपृष्ठ
जुन घडेरी पूर्व र उत्तरतर्फ अग्लो र पश्चिमतिर होचो छ,। त्यस्तो घडेरीलाई दैत्यपृष्ठ (दैत्यढाडे) घडेरी भनिन्छ । यस्तो ठाउँमा आवास बनाउनाले हानी हुन्छ । विशेष गरेर चौपाया, सन्तती र आर्थिक पक्षमा समस्या उत्पन्न गराउँछ ।
नागपृष्ठ
पश्चिम–पूर्वमा लामो सोतो भएको, माझमा होचो, दक्षिण–उत्तरमा अग्लो भएर उठेको घडेरीलाई नागपृष्ठ (नागढाडे) घडेरी भनिन्छ । यस्तो घडेरीमा आवास बनाउनाले घरमूलीको स्वास्थ, आफन्त, बन्धु–बान्धवसँग झै–भगडा र दुःख हुन्छ । मुख्य गरेर उपयुक्त चार प्रकारका घडेरी बाहेक अरु गोवीथी, गजवीथी, यमवीथी, भूतवीथी, वैश्वानरवीथी, धनवीथी आदिमा पनि विभाजन गरेको पाइन्छ ।
पत्र–पत्रका आधारमा
भूमिमा माटो, ढुंगा, ग्यास, खनिज पदार्थ र पानीको समन्वय भएको हुन्छ । माटो विभिन्न चट्टान, पत्र–पत्र परेको विभिन्न खालको हुन्छ । एकै ठाउँमा पनि खन्दै जाँदा विभिन्न पत्रहरु पाइन्छ । पत्रका आधारमा भूमिलाई चार भागमा वर्गीकरण गर्न सकिन्छ,
कडा
कडा खालको पत्रले युक्त भएको भूमिलाई कडा भूमि भनिन्छ । यस्तो भूमि पानी जम्मा भए पनि धसिदैन । यस्तो भूमि चिरा–चिरा भएर फुट्दैन । यस्तो भूमिमा आवास बनाउँदा सर्वोत्तम हुन्छ ।
सामान्य
आकाशबाट परेको पानीलाई केही मात्रामा शोषण गर्न सक्ने, नरम खालको, चिरा–चिरा नभएको भूमिलाई सामान्य भूमि भनिन्छ । यस्तोमा आवास बनाउन सामान्य भनिन्छ ।
गेंगरी
बालुवा, स–साना ढुंगा मिसिएको, खस्रो खालको, चार हप्तादेखि सात हप्तासम्मको कतै बालुवा, कतै ढुंगा, कतै कडा माटो भएको भूमिलाई गेंगरी भूमि भनिन्छ । यस्तो भूमि आवासका लागि उत्कृष्ट मानिन्छ ।
पाकिला
बाक्लो माटो भएको, विभिन्न खालको रङ भएको माटो, कतै ढ¥याङ परेको भूमिलाई पाकिला भूमि भनिन्छ । यस्तोमा कलकारखाना बनाउँदा उत्तम मानिन्छ ।
उब्जनीका आधारमा
वास्तु–शास्त्रले घडेरीको शुभाशुभको लागि उब्जकीका आधारमा यसरी चार प्रकारले वर्गीकरण गरेको पाइन्छ ।
सवोत्तम
जुन भूमि हरियो–परियो छ । जसमा अमला, आँप, पलाँस आदिका फलफुलहरु पहिलेदेखि नै उब्जिने गरेका छन् त्यस्तो भूमिलाई सर्वोत्तम भूमि मानिन्छ । यस्तो भूमिमा आवास बनाउँदा सर्वोत्तम हुन्छ ।
उत्कृष्ट
जुन भूमिमा कृषि कार्यको रुपमा बाली लगाउँदै गरिएको छ । त्यसमा बालीको उब्जनी पनि राम्रो भइरहेको छ भने त्यस्तो भूमिलाई उत्कृष्ट भूमि भनिन्छ । यस्तोमा आवास बनाउनु पनि शुभ मानिन्छ ।
सामान्य
जुन भूमिमा फूलहरुका बुट्टा, झाडी, काँडाघारी, जंगल छ र त्यसलाई फाँडेर घडेरी तयार गरिएको छ भने त्यस्तो भूमिलाई सामान्य भूमि मानिन्छ । यस्तो भूमि आवास निर्माणका लागि सामान्य मानिन्छ
निकृष्ट (नीच)
जुन भूमि जलथल (भासयुक्त) परेको, हिलो, पानीको गन्ध आउने फोहोर फ्याँक्ने ठाउँ, दुर्गन्धयुक्त स्थानमा छ, त्यस्तो भूमिलाई निकृष्त भूमि भनिन्छ । यस्तो भूमिमा आवास बनाउनाले सुख प्राप्ती हुँदैन र
दिशाका आधारमा
आवास बनाउने घडेरीको मध्य वागबा पर्ने दिशाहरुका आधारमा पनि घरमा बास बस्नेहरुलाई प्रभाव पारिरहेको हुन्छ । त्यसैले वास्तु शास्त्रमा यसका बारेमा पनि केही निश्चित नियमहरु उल्लेख गरिएका छन् ।
यसरी आफ्नो आम्दानीको ठूलो हिस्सा लगानी गरेर बनाउने घरको घडेरी किन्दा नै धेरै कुरामा ध्यान दिनुपर्छ । त्यसमा पनि प्रमुख कुरा घरसम्म पुग्ने बाटो पहिलो प्राथमिकतामा पर्छ । घडेरी किन्दा पहिले घरबाट पर्ने दिशाहरुमा पनि प्रष्ट ज्ञान हुनुपर्छ । साथै, घरबाट कता कता बाटो, वृक्ष, डाँडा, मन्दिर पर्छन् यस बारेमा पनि प्रष्ट हुन आवश्यक छ ।