वास्तु अनुसार घर निर्माण गर्दा तपाइको जीवनमा सुख र शान्ति मिल्छ । घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ । घर बनाउनु अघि माटो हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातल कति बलियो छ भन्ने हो ।
बास्तुशास्त्र एक यस्तो विज्ञान हो जसले घर निर्माणका हरेक बिषयलाई निर्देश गरेको हुन्छ । पछिल्लो समयमा बास्तुशास्त्र निर्माण क्षेत्रको अपरिहार्य बिषय बनेको छ । जो कसैले पनि बास्तुशास्त्रको मान्यतालाई इन्कार गर्न सक्दैन ।
यो केवल परम्परामात्र नभई एक बिज्ञान हो ।
वास्तु अनुसार घर निर्माण गर्दा तपाइको जीवनमा सुख र शान्ति मिल्छ । वास्तुले घर निर्माणका लागि त्यसरी नै निर्देश गर्छ, जसरी आधुनिक विज्ञानले । अर्थात घर कुन दिशामा फर्किएको, कति झ्याल ढोका भएको, कस्तो आकार–प्रकारको बनाउने भन्ने कुराले घरको टिकाउ, गुणस्तरलाई बुझाउँछ ।
घर बनाउनु अघि माटो हेर्ने गरिन्छ । माटो हेर्नुको अर्थ त्यसको धरातल कति बलियो छ भन्ने हो । साथै कुन दिशामा फर्किएको घर राम्रो भन्ने वास्तु विज्ञानमा स्पष्ट हुन्छ । यसले आफुले निर्माण गर्ने घर आसपासमा वहकिने हावा, घामको प्रकाश आदिलाई मध्यनजर गरेको हुन्छ । त्यसैले वास्तु विज्ञानलाई उपेक्षा गर्ने होइन, बुझ्ने प्रयास गर्नुपर्छ ।
घर, पसल, वा प्लट खरिद गर्नुअघि त्यसको बनावट, वातावरण, धरातल, मुलभूत ढाँचाको समीक्षा गर्नुपर्छ । भूमीको चयन गर्नु त्यति सजिलो छैन, जति हामी ठान्ने गर्छौं । अतः घर निर्माण अघि वास्तु विज्ञानले निर्देश गरेको यी कुरा ख्याल गर्नैपर्छ ।
घरमा पर्याप्त प्रकाशको व्यवस्था हुनुपर्छ । साथै ताजा हावा आउजाउ गर्ने हुनुपर्छ ।