बाढी प्रभावितलाई एनआरएनको एक करोड सहयोग

बैठकले उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ

367B408218B985F-icon.png
65views
91C55DD77E4DF53-HariramPariyar_Lalitpur_RSS_12_IMG_20240928_140633(1).jpg

काठमाडौं । देशका विभिन्‍न भागमा आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई गैरआवासीय नेपाली संघले (एनआरएनए) एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । 

नेपाली समयअनुसार आइतबार राती बसेको संघको बैठकले बाढी प्रभावितका लागि एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । बैठकले उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा समिति गठन गरी आर्थिक सहायता संकलन गर्न निर्देशन दिएको छ । 

समितिमा संघका विभिन्‍न पदाधिकारीहरु, क्षेत्रीय संयोजकहरू, तथा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु समेतलाई संलग्‍न गराइएको छ । बैठकमा अध्यक्ष डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा  आर्थिक सहयोग संकलन गरेर बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने उल्लेख गरे ।

बैठकले विपद् प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न उपमहासचिव सोम सापकोटा र सहकोषाध्यक्ष कृष्ण तिमल्सिना संलग्‍नतामा समिति गठन गरेको छ । समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकमा प्रस्तुत गर्नेछ । 

पदाधिकारी बैठकको निर्णय कार्यान्वयन तथा आर्थिक सहयोग संकलनका लागि आज साँझ आपतकालिन बैठक आह्वान गरिएको छ । 

कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?

बाढी प्रभावितलाई एनआरएनको एक करोड सहयोग

भत्किन थाले नदीले डुबाएका कच्ची घरहरू

थाहा पाइराख्नुहोस् घर बनाउँदा इञ्‍जिनियरको महत्व

साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

घट्यो सिमेन्ट निर्यात

भदौमा २४ युनिट अपार्टमेन्ट किनबेच

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी