मुग्लिन-पोखरा सडक खण्डमा घरटहरा हटाउन ११ करोड क्षतिपूर्ति वितरण

गत आर्थिक वर्षमा पूर्वी खण्डमा ५ करोड २० लाख र पश्चिम खण्डमा ५ करोड ८८ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो।

367B408218B985F-icon.png
405views
37B47ED4B98E347-1717837101-cp6Bc.jpg

तनहुँ । निर्माणाधीन मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी र पश्‍चिम खण्डमा घरटहरा हटाउन ११ करोड ८ लाख रुपैयाँ क्षतिपूर्ति रकम वितरण गरिएको छ। 

गत आर्थिक वर्षमा पूर्वी खण्डमा ५ करोड २० लाख र पश्चिम खण्डमा ५ करोड ८८ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो। पूर्वी खण्डअन्तर्गत तनहुँको जामुनेबाट आँबुखैरेनीसम्म ६ सय ३१ घरटहरा हटाइने पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। गत आवमा क्षतिपूर्तिका लागि ८ करोड बजेट विनियोजन भएको थियो।

यस खण्डअन्तर्गत व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका पर्दछ। बन्दीपुरको डुम्रे बजार र दमौली बजारमा केही घरटहरा भत्काउन ढिलाइ भएको इनिजनियर पाण्डेले बताए। 

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ५ सय ४९ घरटहरा भत्काइने पश्‍चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार गत आवमा यस खण्डमा क्षतिपूर्तिवापत ५ करोड ९० लाख विनियोजना भएकामा ५ करोड ८८ लाख वितरण गरिएको छ। 

पूर्वी खण्डमा गत आवमा एकतर्फी रूपमा ५५ किलोमिटर दुई लेन कालोपत्र भएको छ। हालसम्म एकतर्फी रुपमा ६३ किमी सडक कालोपत्र सकिएको पाण्डेको भनाइ छ। उनका अनुसार यस खण्डका विभिन्‍न स्थानमा १४ वटा साना, दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माण सकिएका छन्।

पाण्डेले व्यास-४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको भन्दै अब स्ल्याब र बिम बनाउने चरणमा पुगेको जानकारी दिए। गत आवमा भूक्षय रोकथामका लागि विभिन्‍न ठाउँमा बायो इन्जिनियरिङको काम गरिएको भन्दै पहिराजन्य समस्याले कतिपय स्थानमा काममा अवरोध पुगेको उनले बताए।  

पूर्वी खण्डको म्याद गत बैशाख २ गते सकिएपछि एक सय ५५ दिन पुनः म्याद थप गरिएको आयोजना कार्यालयले जनाएको छ। विसं २०७७ माघ १७ गते सम्झौता भइ २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। 

त्यस्तै पश्चिम खण्डतर्फ २० किलोमिटर सडक दुई लेनमा कालोपत्र भएको छ। कार्यालयले गत आवमा १० किमी कालोपत्र गर्ने लक्ष्य राखेकामा लक्ष्यबमोजिम काम सम्पन्न गरेको मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर पौडेलले जानकारी दिए। 

२०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको पश्चिम खण्डको म्याद २०८१ भदौ १२ गतेसम्म छ। यसको निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। रासस

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?