सत्रौं तलामा स्वीमिङ पुल र लाउञ्‍ज बार, जादुयी दृश्यावलोकन गर्दै ड्रिंक्स अनि डाइनिङको आनन्द ! यस्तो बन्यो ‘हिल्टन’ होटेल

नक्सालमा शुक्रबारदेखि पाँचतारे होटेल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको छ, जसमा शंकर ग्रुपको साढे आठ अर्ब लगानी छ

367B408218B985F-icon.png
1792views
4B7B387B2B776F6-hilton final.jpg

काठमाडौं । नक्साल भगवती मन्दिर छेवैमा पाँचतारे ‘हिल्टन काठमाडौं’ होटेल सञ्‍चालनमा आएको छ । चित्ताकर्षक डिजाइनमा खडा भएको १७ तले आइकोनिक भवन शहरमै अलग्यै देखिन्छ ।

दुई तला बेसमेन्टसहित १७ तलाको गगनचुम्बी भवनमा एक सय ७२ वटा सुविधा सम्पन्‍न कोठा छन् । स्थानीय, इन्डियनदेखि कन्टिनेन्टल परिकारहरु पस्किने चारवटा रेष्टुरेन्ट छन् । होटेलको छतमा इन्फिनिटी स्वीमिङ पुल, सन लाउञ्‍ज र रुफटप बारको प्रबन्ध छ, जहाँ बसेर काठमाडौं शहर, वरिपरिका हरियाली पहाड र हिमालय श्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्दै ड्रिंक्स र खानाका परिकारको आनन्द लिन सकिन्छ । 

निकै ढिलो गरी सञ्‍चालनमा ल्याइएको हिल्टनमा अहिलेसम्म साढे ८ अर्ब रुपैयाँ लगानी पुगेको अग्रवालले बताए । अझै होटेल निर्माण कार्य सकिएको छैन । अझै होटेलमा क्यासिनो, ब्यांक्वेट हाल र दुईवटा रेष्टुरेन्ट थपिने उनको भनाई छ । ‘क्यासिनो, ब्यांक्वेट हल र दुईवटा क्यासिनो थपिँदा अझै एक सय करोड लगानी हुने अनुमान छ,’ उनले भने, ‘आगामी एक वर्षभित्र दोस्रो चरणको काम सम्पन्‍न गर्ने लक्ष्य छ ।

होटेलले ब्यांक्वेट हल र क्यासिनोका लागि छेवैमा जग्गा समेत खरिद भइसकेको बताइएको छ ।

शुक्रबारदेखि हिल्टन काठमाडौंले हस्पिटालिटी इन्डष्ट्रिजमा एउटा नयाँ बेञ्चमार्क त खडा गरेकै छ, सँगसँगै आइकोनिक भवनले शहरको सुन्दरता समेत बढाएको छ । नेपालमा भवन निर्माणमै नौलो प्रविधि र अलग्यै डिजाइन प्रयोग गरिएको हिल्टनका सञ्‍चालक एवं शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले बताए । 

भवनले ८ रेक्टर स्केलको भूकम्पको झड्का पनि थेग्‍ने गरी संरचना निर्माण गरिएको अग्रवालको दाबी छ । भवनमा अमेरिकाबाट आयात गरिएका ३६ वटा ड्याम्पर लगाइएको छ, जसले भवनको ‘स्वीङ’लाई म्यानेज गर्छ । 

‘सायद अहिलेसम्म यस्तो खालको भवन नै बनेको छैनन्, नेपालका लागि च्यालेञ्जिङ प्राजेक्ट हो, अग्रवालले भने, ‘यदि भूकम्प गइहाले १६औं तलामा बस्दा पनि भवनको स्वीङले धेरै असर नगरोस भन्‍ने ध्येय हो ।’

भवनमा प्रयोग गरिएको प्रविधिले स्वीङ म्यानेज गर्छ । अर्थात् भूकम्प जाँदा ड्याम्परले भवनको लोड धेरै लिइदिन्छ । भूकम्प प्रतिरोधात्मक प्रविधिसहितको भवन जापानीज मियामोटोले डिजाइन गरेको अग्रवालले बताए । अमेरिकाबाट ल्याइएका ड्याप्पर उनीहरुकै सुपरभिजनमा फिट गरिएको हो । 

शंकर समूहले अमेरिकी बहुराष्ट्रिय हस्पिटालिटी कम्पनी हिल्टन समूहको फ्ल्यागसीप ब्रान्ड हिल्टन नेपाल भित्र्याएको हो । यो नेपालमा भएका प्रोपर्टीभन्दा मोडर्न र नयाँ लुक्समा रहेको छ । अग्रवालले भने, ‘हामीले मोडर्न वेमा फ्ल्यागसिप इफेक्ट दिन खोजेका हौं, होटेलको अगाडि राखिएका लाइटहरुमा पनि फरक–फरक ठाउँबाट हेर्दा फरक–फरक खालको रिफ्लेक्सन आउँछ ।

सुरुमा हिल्टन समूहकै ‘डबल ट्री’ ब्रान्ड ल्याउते सम्झौता भएको थियो । त्यसबेला १२८ कोठाको भवन डिजाइन गरिएको थियो । लगानी सवा पाँच अर्ब हुने अनुमान थियो । पछि भवनको डिजाइन नै चेञ्‍ज गरेर १५६ कोठाको होटेल बनाउने तय भयो । 

फेरी होटेलको डिजाइन परिवर्तन गरेर १७२ कोठाको बनाइयो । लगानी पनि थपिँदै साढे आठ करोड पुग्यो । कोठा संख्या र लगानी थपिँदै गएपछि हिल्टनको फ्ल्यागसी ब्रान्ड भित्र्याउने निष्कर्षमा पुगेको अग्रवालले बताए । 

अग्रवालले भने– ‘भवनको लुक्स अलग्यै डिजाइनको छ । यो सिटी होटेल हो । अपर स्केल फुल सर्भिस होटेल भन्दा उपयुक्त होला । ग्राहकले अलग्यै अनुभव गर्न सक्नुहुन्छ । खाना, सर्भिस, कोठा, आतिथ्य सेवा सत्कार पनि अलग्यै हुनेछ ।’

होटेलले नेपाली इन्डियन, साउथ एयिसयनदेखि कन्टिनेन्टल फुड सर्भ गर्ने बताइएको छ । यस्तै, जापानीज परिकार पनि होटेलले पस्किने नै छ ।

फेरी घट्यो बैंकको ब्याजदर, अशोजमा २ बैंकले मात्र बढाए

निर्माण क्षेत्र तंग्रिन नसक्दा चितवनका सबै इँटा उद्योग बन्द

बागलुङमा साढे १८ सय रोपनी जग्गामा चक्लाबन्दी, बाँझो जग्गा हराभरा

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

आक्रमक फैलिदै भाटभटेनी, तीन दिनको अन्तरमा दुई स्टोर शिलन्यास, तीन अर्ब लगानी हुँदै

जग्गा वर्गीकरणका लागि ११ महिना समय थप, ०८२ असार मसान्तसम्म टुंग्याउनुपर्ने

कंक्रिटका घरले फेरिँदै मनाङको मौलिकता

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

1E66E8F432913B7-Siddhartha Hotel Damauli.jpg

तनहुँमा एक अर्ब लगानीमा खुल्यो ‘सिद्धार्थ होटल दमौली’

5B247B9333FAA6C-mahabhiyog-mag2024-09-09-01-47-04.jpeg

खोला किनारामा नयाँ मापदण्डको फैसला गर्ने न्यायाधीशलाइ महाअभियोग लगाउन माग

787AA61B92ED8A7-meyer-forum.jpg

उपत्यका मेयर्स फोरमको मागः नदी किनाराको मापदण्ड सम्बन्धि सर्वोच्चको फैसला पुनरावलोकन गरिनुपर्छ