अहिले बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको हुँदा १.२० प्रतिशत प्रिमियम जोड्दा व्याजदर ९.४५ प्रतिशत कायम हुनेछ ।
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले एकल बिन्दू ब्याजदरमै ‘मेरो घर कर्जा’ योजना ल्याएको छ ।
बैंकले घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ । अहिले बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको हुँदा १.२० प्रतिशत प्रिमियम जोड्दा व्याजदर ९.४५ प्रतिशत कायम हुनेछ ।
कर्जा प्रशोधन तथा सेवा शुल्क कर्जा रकमको ०.२५ प्रतिशत लाग्ने बताइएको छ । यस्तै, कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिने बैंकले बताएको छ ।
यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरूबाट लिन सकिने छ ।