नौ महिनामा २७७ युनिट अपार्टमेन्ट बिक्री, पुसमा २८ मात्रै

वैशाखमा ३० युनिट, जेठमा २९ युनिट, असारमा ३३ युनिट, साउनमा ३० युनिट, भदौमा ४५ युनिट, अशोजमा ३८ युनिट, कात्तिक र मंसिरमा २२÷२२ युनिट र पुसमा २८ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।

367B408218B985F-icon.png
622views
A27B9F7B06FBDCB-305094628_465100712300450_1264943275414418066_n.jpg

काठमाडौं । ०८० को पहिलो नौ महिनामा दुई सय ७७ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । पुस महिना २८ युनिट अपार्टमेन्टको लिखत पारित भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

पुसमा घरजग्गा किनबेचसँगै राजश्‍व असुली पनि बढेको छ । एक महिनामा ४५ हजार २७७ घरजग्गा किनबेच भएका थिए । बढ्दो तरलता, घट्दो ब्याजदरसँगै थलिएको अर्थतन्त्रमा सुधार आउन थालेपछि घरजग्गा कारोबार पनि बढ्न थालेको व्यवसायी बताउँछन् ।

पुसमा सबैभन्दा धेरै काठमाडौंमा १७ युनिट अपार्टमेन्ट किनबेच भएका छन्, जसमा तीन युनिट डिल्ली बजार मालपोतबाट तीन, एक युनिट चावहिलबाट, ६ युनिट कलंकीबाट र टोखा मालपोतबाट सातवटाको लिखत पारित भएको हो ।

ललितपुरको लगनखेल मालपोत कार्यालयबाट ११ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । पुसमा मोफसलका पोखरा, पर्सा, भद्रपुरलगायत ठाउँमा एउटै अपार्टमेन्ट किनबेच भएका छैनन् । 

यस वर्ष वैशाखमा ३० युनिट, जेठमा २९ युनिट, असारमा ३३ युनिट, साउनमा ३० युनिट, भदौमा ४५ युनिट, अशोजमा ३८ युनिट, कात्तिक र मंसिरमा २२÷२२ युनिट र पुसमा २८ युनिट अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ ।

नेपालमा काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, रुपन्देही, वीरगञ्‍ज, विराटनगर, झापालगायत ठाउँमा बहुतले आवास परियोजना अपार्टमेन्ट बनेका छन् । ठूलो संख्यामा अपार्टमेन्ट निर्माणाधिन अवस्थामा छन् । तर, कोभिड महामारी र मन्दीले सबै परियोजना निर्माण प्रभावित भएका व्यवसायी बताउँछन् ।

नदि किनारामा थप २० मिटर क्षेत्रभित्र भवन बनाउन नदिने निर्णयप्रति चौतर्फी विरोध

कित्ताकाटमा सहजीकरण गर्न महासंघको माग

डुम्रे नयाँ सहर आयोजनामा आठ वर्षमा ९५ करोड रुपैयाँ लगानी

बडागुरुको दरबारभित्र रैथाने खाना र संस्कृतिको संगम 'भोजन गृह'

कमर्सियल कम्लेक्स र आवासीय अपार्टमेन्ट निर्माणमा सवा ३३ अर्ब कर्जा प्रवाह

२१% पालिकाको भूमिमात्रै पूर्ण वर्गीकरण, ६२० पालिकामा फेरी रोकियो कित्ताकाट

भरतपुरमा महानगरीय चक्रपथको काम ९०% सम्पन्न, डेढ अर्बमा ८८.६ किमी सडक बन्दै

पूर्वी नाकाबाट एक वर्षमा ३२ करोड ६६ लाखको सिमेन्ट निर्यात

B4B430A8C6A26B1-Machhapuchhre-bank-MBL.jpg

माछापुच्छ्रे बैंकले बेसरेटमा ०.५% प्रिमियम ब्याजदरमै घरकर्जा दिने

BF7210B3BE171E3-F8A93EB659BD4B0-sunrise apartment.jpg

साउनमा १६ युनिट अपार्टमेन्ट किनबेच

5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

घरजग्गा कर्जा ५५ प्रतिशतले वृद्धि