सम्बन्ध विच्छेदपछि महिलाले अंश पाउँछन् कि पाउँदैनन् ? यी हुन् अंशबण्डाबारे जान्‍नैपर्ने कुराहरू!

सामान्यतया पितापुर्खा, बाबुबाजेबाट हक हस्तान्तरण हुँदै आएको सम्पत्ति र एकाघर परिवारका सदस्यहरूको एकल तथा संयुक्त प्रयासबाट आर्जन गरेको वा बढे-बढाएको सम्पत्ति अंशियारबीच अंशबण्डा गर्नुपर्छ भन्‍ने कानुनी मान्यता छ ।

367B408218B985F-icon.png
11732views
7A5E86DA782F94A-Divorce.jpg

संगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागबन्डा लगाउने प्रक्रियालाई अंशबण्डा भनिन्छ । सामान्यतया पितापुर्खा, बाबुबाजेबाट हक हस्तान्तरण हुँदै आएको सम्पत्ति र एकाघर परिवारका सदस्यहरूको एकल तथा संयुक्त प्रयासबाट आर्जन गरेको वा बढे-बढाएको सम्पत्ति अंशियारबीच अंशबण्डा गर्नुपर्छ भन्‍ने कानुनी मान्यता छ ।

पति र पत्‍नीको सम्बन्ध बिच्छेद भएमा अंश पाउँछन्, पाउँदैनन् ?

  • पतिको कारणबाट पति पत्नीबीच सम्बन्ध बिच्छेद हुने अवस्थामा पत्‍नीले माग गरेमा अंश पाउँछिन् ।
  • अंशबण्डा नहुँदै महिलाले अर्को बिबाह गरेमा अंश पाउँदिनन् ।
  • सम्बन्ध बिच्छेद हुने पत्नीले अंश नलिइ एकमुष्‍ठ रकम वा वार्षिक वा मासिक रकम भराई लिन पाउँछिन् ।
  • पतिको भन्दा पत्‍नीको आम्दानी बढी भएमा खाने लाउने खर्च दिनु पर्दैन।

अंशबण्डा गर्नुपर्ने व्यक्ति को को हुन् ?

  • पति, पत्‍नी, बाबु, आमा, छोरा, छोरीले मात्र समान हिस्सामा बराबर अंश पाउने व्यवस्था छ ।
  • अंशबण्डा गर्दाका बखत महिला अंशियार गर्भवती भएको र जन्मने शिशु अंशियार हुने भएमा त्यसरी जन्मिने गर्भमा रहेको शिशुले समेत अंश पाउँछ । जिउँदो शिशु नजन्मिएमा अन्य अंशियारले बराबरी बाँडी लिन पाउँछन् ।
  • बाबुको पहिचान नभएका छोरा छोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउँछन् ।
  • जानकारी नगरी बाहिर राखेका पत्‍नीले वा निजबाट जन्मेका छोरा छोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न पाउँदैनन् ।
  • संगोलमा बसेका दाजुभाइका छोरा छोरी वा पत्‍नीले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउँछन् ।
  • अंश नहुँदै पति वा बाबुआमा मरेमा निजले पाउने अंश निजका पत्‍नी वा छोरा छोरीले पाउँछन् ।
  • कुनै व्यक्तिको एकभन्दा बढी पत्‍नीहरु भएमा निजहरुले पतिको भागबाट मात्र अंश पाउँछन् । 

अंश लिइ भिन्‍न हुन पाउने अवस्था के के हुन् ?

  • संगोलमा सम्पत्ति भएका पति, पत्‍नी, बाबु, आमा, छोरा, छोरीले पत्‍नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमदअनुसार खाना लाउन दिन र आर्थिक हैसियत अनुसार शिक्षा र स्वस्थ्योपचारको व्यवस्था गर्नुपर्छ । सो दायित्व भएका व्यक्तिले त्यस्तो दायित्व पूरा नगरेमा अंशियारले आफ्नो अंश लिइ भिन्‍न हुन सक्छन् ।
  • विधवा महिलाले जहिलेसुकै आफ्नो अंश लिइ भिन्‍न हुन सक्छिन् । विधवाले अर्को बिबाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति अघिल्लो पतितर्फ छोरा छोरी भएमा त्यस्ता छोरा छोरीले र नभएमा निज आफैले लिन पाउँछिन् ।
  • पति वा पत्‍नीले एक अर्कालाई घरबाट निकाला गरिदिएमा, शारीरिक वा मानसिक यातना दिएमा आफ्नो अंश लिइ भिन्‍न सक्छन् ।

यो पनि पढ्नुहोस : यस्तो अवस्थामा दिनु पर्दैन श्रीमतीलाई सम्पत्ति !

अंश छोडपत्र कसरी गर्न सक्छ ?

  • कुनै अंशियारले आफ्नो अंश आंशिक रुपमा लिइ वा नलिइ वा अंश वापत केही नगदी वा जिन्सी मात्र लिएर अंश छोडपत्र गर्न पनि सक्छन् ।
  • अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्‍नी वा उमेर पुगेका छोरा, छोरी भएमा त्यस्ता पति, पत्नी वा छोरा, छोरीको मन्जुरी लिएर मात्र अंश छोडपत्र गर्न सक्छन् ।
  • नावालक अंशियारको अंश हक छोडपत्र गर्न सकिदैन ।
  • अंश छोडपत्र भएकोमा निजको अंशबण्डा भएसरह मानिन्छ ।
  • अंश छोडपत्र गर्दा वा अंश बुझिलिनु पर्दा अंशियार आफै उपस्थित हुनु पर्छ ।  वा, उपस्थित हुन नसके अधिकृत वारेस नियुक्ति गर्नुपर्छ ।

कस्तो सम्पत्ति अंशबण्डा हुन्छ ?

संगोलको सम्पत्ति र संगोलको ऋण मात्र अंशबण्डा हुन्छ ।
निजी सम्पत्ति आफुखुशी गर्न पाउँछन् र बण्डा लाग्दैन ।
अंशबण्डा र अंश छोडपत्र गर्दा त्यस्तो लिखत मालपोत कार्यालयबाट पारित गर्नुपर्छ ।

कस्तो सम्पत्तिलाई संगोलको सम्पत्ति मानिन्छ ? 

  • पुर्ख्यौलीबाट प्राप्त सम्पत्ति
  • निजी सम्पत्ति बाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति
  • अंशियारले संगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्ति
  • कानूनबमोजिम भिन्‍न भएकोमा बाहेक पति वा पत्‍नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्‍नीको संगोलको सम्पत्ति हुन्छ ।
  • बाबु, आमा र छोरा छोरीबीच अंशबण्डा गर्ने प्रयोजनको लागि बाबुआमाले आर्जन गरेको सम्पत्ति

कस्तो सम्पत्तिलाई निजी सम्पत्ति मानिन्छ ?

  • आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको सम्पत्ति
  • दान, बकस वा अपुताली स्वरुप प्राप्त गरेको सम्पत्ति
  • चिट्ठा वा उपहार स्वरुप प्राप्त गरेको सम्पत्ति
  • पारिश्रमिक, उपदान, निवृत्तभरण, उचारखर्च, सञ्‍चय कोष, बीमा वा अन्य सामाजिक सुरक्षणबाट प्राप्त गरेको सम्पत्ति
  • बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरुप प्राप्त गरेको सम्पत्ति
  • कानूनबमोजिम मानो छुट्टिइ भिन्‍न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खति उपति आफ्नो आफ्नो गरी खानु बस्‍नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति
  • महिलाले विवाहपूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढाएको सम्पत्ति
  • महिलालाई पति वा पतितर्फका सबै अंशियारहरुको मन्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पतिको तर्फका नातेदार वा इष्‍टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति 

अपुताली भनेको के हो ?

कुनै व्यक्तिको मृत्यू भएमा निजको ऋण, धन र सम्पत्तिसम्बन्धी दायित्व र अधिकार कानूनबमोजिम हकवालामा सर्ने कार्यलाई अपुताली भनिन्छ ।

अपुताली कहिलेबाट खुला हुन्छ ?

कुनै व्यक्तिको मृत्यू भएमा निजको अपुताली खुला भएको मानिन्छ ।

अपुताली कसले पाउँछ ?

कुनै व्यक्तिको अपुताली खुला भएमा निजको नजिकको देहायको प्राथमिकताक्रमको हकवालाले त्यस्तो अपुताली पाउँछ । एउटै प्राथमिकता क्रमका एक भन्दा बढी हकवाला भएमा निजहरु सबैले समान रुपमा अपुताली पाउँछन् ।

क) संगोलको पति वा पत्‍नी,
ख) संगोलका छोरा, छोरी, बिधवा बुहारी,
ग) संगोलका बाबु, आमा, सौतेनाी अमा, छोरा छोरीतर्फका नाति, नातिनी, नातिनी बुहारी,
घ) भिन्‍न भएका पति, पत्‍नी, छोरा, छोरी, बाबु, अमा, सौतेनी आमा,
ङ) भिन्‍न भएका छोरातर्फका नाति, नातिनी,
च) भिन्‍न भएका बाजे, बज्यै,
छ) संगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाइ, दिदी, बहिनी, विधवा भाउजू वा भाइ बुहारी
ज) संगोलका काका, काकी, भतिजा, भतिजी,
झ) भिन्‍न भएका दाजु, भाइ, दिदी, बाहिनी, विधवा भाउजू वा भाइ बुहारी ।
– आफ्नो अंश लिई टाढाको कुनै हकवालासँग बसेको अवस्थामा सँगै बस्‍ने हकवालाले अपुताली पाउँछन् ।
– स्याहार सम्भार टाढाको हकवाला वा अन्य व्यक्तिले गरेको भए त्यस्तो अपुताली त्यसरी स्यहार सम्भार गर्नेले पाउँछन् ।

अपुताली सम्बन्धमा कहिले र कहाँ नालिस दिन सकिन्छ ?

अपुताली खुला भएको मितिले ३ बर्षभित्र जिल्ला अदालतमा नालिस गर्न सकिन्छ ।

महिलाको पारिवारिक तथा सम्पत्ति सम्बन्धित अधिकार कुन कुन कानूनमा उल्लेख छ ?

– नेपालको संविधान
– मुलुकी देवानी संहिता, २०७४

(सर्वोच्च अदालत, न्यायमा पहुँच आयोगले प्रकाशित गरेको ‘महिलाको पारिवारिक तथा सम्पत्तिसम्बन्धी अधिकारको जानकारी पुस्तिका’को सहयोगमा तयार पारिएको रिपोर्ट ।)

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत