निर्माण सामाग्रीको मूल्य घट्यो, घर बनाउने उपयुक्त समय

काठमाडौं । के तपाईं घर बनाउने सोँचमा हुनुहुन्छ । यदि हुनुन्छ भने तपाईंका लागि खुशीको खबर छ । अहिले बजारमा निर्माण सामाग्रीहरु समेन्ट, छड, गिट्टी र बालुवादेखि बैंकको कर्जाको ब्याजदरसम्म घटेको छ । अहिले तपाईंका लागि घर बनाउने उपयुक्त समय हुन सक्छ । निर्माण क्षेत्रका व्यवसायीहरु भन्छन्, अहिले घर बनाउँदा निर्माण लागत ७ देखि १० प्रतिशतसम्म कम पर्न सक्छ ।’

235F0A8454DFEF1-Home.jpg

काठमाडौं । के तपाईं घर बनाउने सोँचमा हुनुहुन्छ । यदि हुनुन्छ भने तपाईंका लागि खुशीको खबर छ । अहिले बजारमा निर्माण सामाग्रीहरु समेन्ट, छड, गिट्टी र बालुवादेखि बैंकको कर्जाको ब्याजदरसम्म घटेको छ ।

अहिले तपाईंका लागि घर बनाउने उपयुक्त समय हुन सक्छ । निर्माण क्षेत्रका व्यवसायीहरु भन्छन्, अहिले घर बनाउँदा निर्माण लागत ७ देखि १० प्रतिशतसम्म कम पर्न सक्छ ।’

हार्डवेयर व्यवसायीका अनुसार अहिले काठमाडौं उपत्यकामा सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँसम्म घटेको छ । अहिले बजारमा ओपीसी सिमेन्ट बोराको ७ सय ८० रुपैयाँ र पीपीसी सिमेन्ट ६ सय ७० रुपैयाँसम्म बिक्री भइरहेको छ । जबकी यसअघि ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ८ सय ३० रुपैयाँ र पीपीसी सिमेन्ट मूल्य प्रतिबोरा ७ सय रुपैयाँ थियो । 

यो मूल्यमा सिमेन्टको ब्रान्डअनुसार १० रुपैयाँसम्म तलमाथि हुन सक्छ ।

नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सिमेन्टको मूल्य २० देखि ५० रुपैयाँसम्म घटेको जानकारी दिए । ‘अहिले हामीले उधारो सिमेन्ट बिक्री नगर्ने बरु न्यूनतम मूल्यमा बिक्री गर्ने निर्णय गरिसकेका छौं, डिलरलाई दिइने कमिसन पनि घटाइसकेका छौं’ उनले भने, ‘अहिले सिमेन्टको मूल्य घटेको छ ।’

घर निर्माणमा नभई नहुने डन्डीको मूल्य पनि अहिले ओरालो लागेको छ । अहिले डन्डीको मूल्य प्रतिकिलो ७० रुपैयाँमा झरेको छ । यसअघि सोही डन्डी प्रतिकिलो ७७ रुपैयाँमा बिक्री हुँदै आइरहेको थियो । तर, पञ्चकन्या र हिमाल डन्डीको मूल्य भने अलि महंगो छ । अरु ब्रान्डका डन्डीको तुलनामा हिमाल र पञ्चकन्या डन्डीको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म महंगो पर्छ । 

स्ट्रक्चर डिजाइन एन्ड सर्भिसेजका प्रोजेक्ट म्यानेजर रमेश फुयालका अनुसार अहिले बालुवा र गिट्टीको मूल्य पनि घटेको छ । प्रति क्यू फिट बालुवा र गिट्टीको मूल्य १५ रुपैयाँ घटेको हो । पहिला प्रति क्यू फिट बालुवाको मूल्य १०५ रुपैयाँ रहेकोमा अहिले ९० रुपैयाँमा झरेको छ । यस्तै, प्रति क्यू फिट १०० रुपैयाँ पर्ने गिट्टीको मूल्य अहिले घटेर ८५ रुपैयाँ बनेको छ ।

निर्माण सामाग्रीको मात्र होइन, अहिले बैंकले घरकर्जाको ब्याजदर पनि घटाएका छन् । लकडाउनअघि बैंकले घरकर्जाको ब्याजदर १२÷१४ प्रतिशतसम्म लिने गरेकोमा अहिले ८ प्रतिशतसम्म झरेको छ । ईंटाको मूल्यमा भने थपघट भएको छैन ।

यदि तपाईंले बैंकबाट ऋण लिएर घर बनाउँदै हुनुहुन्छ भने बैंकबाट सुलभ ब्याजदरमा कर्जा पाउनुहुनेछ । यतिमात्र होइन, बैंकले ऋण दिँदा लिने गरेको सेवा शुल्क पनि घटेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेवा शुल्कमा क्याप लगाइदिएको छ । अब वाणिज्य बैंकले ०.७५ प्रतिशत र विकास बैंकले १ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउने छैनन् । अब तपाईंलाई बैंकबाट ऋण लिँदा सस्तो पर्न जान्छ ।

फुयाल भन्छन्, ‘पहिला घर बनाउँदा प्रतिस्क्वायर फिट ३५ रुपैयाँ लागत लाग्थ्यो भने अहिले निर्माण सामाग्रीको मूल्य घटेपछि प्रतिस्क्वायरफिट निर्माण लागत ३१÷३२ सय रुपैयाँमात्र लाग्छ ।’ पहिला र अहिले घर बनाउँदा ४ सय रुपैयाँ प्रतिस्क्वायर फिट लागत नै कम पर्न गयो ।

पूर्वाधार निर्माणको अफसिजन सुरु भइसकेको र कोरोना महामारीका कारण निर्माण सामाग्रीको माग घटेपछि अहिले सिमेन्ट, छड, गिट्टी, बालुवाको मूल्य घटेको हो । लकडाउनका कारण लामो समय अर्थतन्त्र ठप्प हुँदा बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि बैंकहरुले कर्जाको ब्याजदर एकल अंकमा झारेका छन् । अहिले बैंकहरुबीच कम भन्दा कम ब्याजदरमा ऋण दिने प्रतिस्पर्धा चल्न थालेको छ । 

‘अहिले निर्माणको अफसिजन हो, त्यसमाथि कोरोना र बाढी पहिरोका कारण निर्माण सुस्त छ’ सिमेन्ट उत्पादक संघका अध्यक्ष थापाले भने, ‘बजारमा सिमेन्टको माग सामान्य समयको भन्दा आधा घटेको हुनाले मूल्य पनि घटेको हो ।’ अहिले सिमेन्ट उद्योगीले उधारोमा सिमेन्ट बिक्री गर्न छोडिसकेका छन् भने डिलरलाई दिने कमिसन पनि घटाएका छन् जसको फाइदा उपभोक्तालाई भएको छ ।

अध्यक्ष थापा भन्छन्, ‘बजारमा सिमेन्टको मूल्य अझै घट्ने सम्भवना छ, उद्योगीले बजारबाट उधारो उठाउन सकेको खण्डमा सिमेन्टको मूल्य अझ घट्नेछ ।’

अर्बौ रुपैयाँ बक्यौता भएपछि सिमेन्ट उत्पादक संघले यही साउन १ गतेदेखि उधारोमा सिमेन्ट बेच्न प्रतिवन्ध लगाएको हो । संघले सिमेन्टको कारोबार नगदमै गर्ने निर्णय गर्दै उधारोमा बिक्री गर्नेलाई प्रतिबोरा ५० पैसा जरिवाना लगाउने निर्णय गरेको छ ।

पछिल्लो समय उद्योग थपिएसँग बजारमा सिमेन्ट उत्पादकबीच अस्वस्थ प्रतिस्पर्धा चलेको थियो । यही अस्वस्थ प्रतिस्पर्धाका कारण सिमेन्ट उद्योगीले १२० दिनसम्मको उधारो दिनुपर्ने अवस्था आएको थियो । 

अस्वस्थ प्रतिस्पर्धाले उद्योगनै संकटमा पर्ने अवस्था आएपछि उधारो नबेच्ने निर्णय भएको संघका अध्यक्ष ध्रुब थापाले बताए । उनले भने, ‘उधारोका कारण सिमेन्ट उद्योगनै संकटमा पर्ने अवस्था आइसकेको थियो । उपभोक्ताले नगदमै किन्ने सिमेन्ट हामीले हार्डवेयर व्यवसायीलाई भने उधारोमा दिइरहेका थियौ ।’

संघले वार्षिक स्कीम, मासिक स्कीम, बोनस जुनसुकै स्कीमको सीमा प्रति बोरा २० रुपैयाँ नाघ्न नपाइने निर्णय समेत गरेको छ। उद्योगले विभिन्न स्कीमका नाममा ४० रुपैयाँ भन्दा बढी नाफा डिलरलाई दिने गरेका थिए।  सो रकम भुक्तानी गर्दा अनिवार्य रुपमा कर कट्टी गर्नुपर्ने नियम संघले ल्याएको छ। संघले सुनचाँदी, हिरामोती, विदेश टुर वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्कीम डिलर वा उपभोक्ताका लागि राख्न नपाइने निर्णय गरेको छ।

सिमेन्ट उत्पादका संघको निर्णयले उपभोक्तालाई लाभ पुगेको छ । 

अहिले बैंकको ब्याज घटेपछि उद्योगीहरुलाई पनि राहत पुगेको थापाले बताए । हिजोका दिनमा चर्को ब्याजदरको चापमा परेका उद्योगीलाई ब्याजदर घटेसँग राहत मिलेको बताउँदै उनले भने, ‘यसले पनि सिमेन्टको मूल्य अझ घटाउन मद्दत पुग्नेछ ।’

गगनचुम्बी भवनलाई अद्भुत वास्तुकला र इन्जिनियरिङको चमत्कार कसरी बनाइन्छ ?

पृथ्वी राजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने

सिमेन्ट निर्यात २०% ले खस्कियो, सात महिनामा एक अर्ब ६४ करोडको निर्यात

धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

माघ महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब ८७ करोड राजस्व संकलन

झापामा सबैभन्दा धेरै कित्ताकाट हुँदा मुस्ताङ र मुगुमा सबैभन्दा कम

38F1B7DF77C2103-Ways-to-Prepare-Your-Home-for-Spring-Cover-26-02.jpg

वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

E637815ACAC79D5-263A0F732896932-orientalcolonykulehwor-750.jpg

माघमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

6FEBB5BDD61B78B-A5EB41EEB6CBE9E-pokhara-1737719404.jpg

निरन्तर बढिरहेको घरजग्गा कारोबारमा लाग्यो ‘ब्रेक’, माघमा किनबेच घट्दा राजश्व उठ्ती यथावत