राष्ट्र बैंकको राहत स्किम : कोरोना प्रभावित ऋणीलाई २ प्रतिशत ब्याज छुट

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित ऋ.णीलाई राहत दिन ब्याजदर २ प्रतिशत घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोना प्रभावित ऋणीहरुमा परेको असर न्यूनीकरण गर्नका लागि ब्याजदर घटाउन निर्देशन दिएको हो ।

367B408218B985F-icon.png
314views
7D85FAEA54E0899-NRB.jpg

नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित ऋ.णीलाई राहत दिन ब्याजदर २ प्रतिशत घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोना प्रभावित ऋणीहरुमा परेको असर न्यूनीकरण गर्नका लागि ब्याजदर घटाउन निर्देशन दिएको हो ।

अब ऋणीलाई ब्याज २ प्रतिशत सस्तो पर्ने भएको छ । यदि तपाईंले चैतसम्म १२ प्रतिशत ब्याज तिर्नुहुन्थ्यो भने अब बैंकले १० प्रतिशत ब्याजलाई आधार बनाएर किस्ता असुल गर्नेछ । राष्ट्र बैंकले गत चैत मसान्तसम्म कायम ब्याजदरमा दुई प्रतिशतले कम गरी चालु आर्थिक वर्षको चौथो त्रैमासको ब्याज गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।

यो सुविधा सबै ऋणीले पाउँदैन् । 

खाद्यन्न प्रशोधन उद्योग तथा बिक्री वितरण व्यवसाय, ग्यास उद्योग तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार सेवा प्रदायक, साबुन तथा केमिकल उद्योग, औषधि उद्योग तथा बिक्री वितरण व्यवसायसँग सम्बन्धित, टेलिभिजन सेवा प्रदायक, सञ्चालनमा रहेका जलविद्युत परियोजना, सुर्ती तथा मदिराजन्य उद्योगले यो सुविधा पाउने छैनन् । 

राष्ट्र बैंकका अनुसार प्रभावित उद्योग व्यवसायले बैंकको अधार दरभन्दा कम ब्याजदरमा पनि ऋण पाउनेछन् । असार मसान्तपछि आधार दरका आधारमा ब्याज निर्धारण गर्न स्वतन्त्र हुनेछन् । 

ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । चालु पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ । र, सकुर्लर अनुसार कुनै उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ ।

यसैगरि, १५ लाख रुपैयाँसम्म ऋण लिने साना ऋणीहरुका लागि राष्ट्र बैंकहरुलाई २ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउने छ । र, बैंकहरुले त्यस्तो कर्जामा ५ प्रतिशतभन्दा बढी ब्याजदर असुल गर्न पाउने छैनन ।
राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर ३ प्रतिशतमा झारेको छ । सीआरआर घटाउँदा बैंकिङ प्रणालीमा अर्बौं रकम लगानी योग्य पुँजी थपिने भएको छ । 

कोरोनाबाट प्रभावित व्यवसायीले ऋण माग्दा बैंकले ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु पर्नेछ । 

यहाँ हेर्नुहोस्, राष्ट्र बैंकको परिपत्र
 

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C7123372B4C68B8-EF399BB436CD18C-nbl-1703250362.jpeg

नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट ऋण लिएर घरघडेरी जोड्ने बढे, १० महिनामा सवा ४१ अर्ब आवासीय कर्जा प्रवाह

4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’