कुन बैंकको घरकर्जा सस्तो हुन्छ ? यसरी तुलना गरौं

वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । वाणिज्य बैंकको ‘कस्ट अफ फन्ड’ विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । त्यसैले वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम नै हुन्छ । विकास बैंकको हकमा १ देखि २ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३ देखि ४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।

367B408218B985F-icon.png
712views
1E37D0B3E880231-bank.jpg

नेपालमा तीन वर्गका बैंकले घरकर्जा दिन्छन् ।  ‘क’ वर्गमा पर्छन् वाणिज्य बैंक । ‘ख’ वर्गमा विकास बैंक र ‘ग’ वर्गमा फाइनान्स कम्पनी । कार्यक्षेत्र नाघेरै भएपनि धेरैजसो सहकारीले पनि घरकर्जा उपलब्ध गराउँछन् ।

वित्तीय संस्थाको वर्गअनुसार ब्याजदर फरक हुन्छ । वाणिज्य बैंकको ‘कस्ट अफ फन्ड’ विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । त्यसैले वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम नै हुन्छ । विकास बैंकको हकमा १ देखि २ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ३ देखि ४ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउँछ ।

अझ एउटै वर्गका बैंकबीच पनि ब्याजदर फरक पाइन्छ । यो सबै बैंकहरुको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’मा निर्भर गर्छ । बैंकको ‘कस्ट अफ फन्ड’ कम हुने वित्तिकै बेस रेट कम भइहाल्छ । बेस रेट कम भएपछि ब्याजदर पनि कम हुन्छ ।

सरकारी स्तरका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकको ‘कस्ट अफ फण्ड’ निजी बैंकहरुको तुलनामा कम हुन्छ । सरकारी बैंकहरुले कम ब्याजको पैसा मुभिलाइज गरिरहेका हुन्छन् । सरकारी वा करेन्ट एकाउन्टमा चलाउने पैसाको ब्याज तिर्न पर्दैैन ।

यी बैंकहरुको कस्ट अफ फन्ड कम भएपछि बेस रेट पनि कम भइहाल्यो । बेस रेट कम भएपछि यी बैंकको ब्याजजर पनि कम हुन्छ । निजी बैंकको कस्ट अफ फन्ड बढी हुने हुनाले बेस रेट पनि अलि बढी नै हुन्छ । र, ब्याजदर पनि अलि बढी हुन्छ ।

ब्याजदर बैंकहरुको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’मा निर्भर गर्छ । बैंकको ‘कस्ट अफ फन्ड’ कम हुने वित्तिकै बेस रेट कम भइहाल्छ । बेस रेट कम भएपछि ब्याजदर पनि कम हुन्छ ।

निजी बैंकहरुबीच पनि ब्याजदरमा फरक हुन्छ । निजी बैंकको कस्ट अफ फन्ड र बेस रेट फरक फरक हुन्छ । त्यसैले उनीहरु फरक–फरक ब्याजदरका स्किम ल्याएको देख्छौं । जुन बैंकले ‘लो कस्ट अफ डिपोजिट’ परिचालन गर्छ । जसको बेस रेट कम छ । ती बैंकको ब्याजदर पनि कम हुन्छ । बेस रेट कम हुने वित्तिकै प्रिमियम जति थप्दा पनि महंगो कस्ट अफ फण्डको पैसा चलाउने बैंकहरुको भन्दा ब्याजदर सस्तो पर्न आइहाल्छ ।

हामीले घरकर्जा लिन जाँदा सबैभन्दा पहिला कुन बैंकको बेस रेट कम छ, हेरेर मात्र बैंक छनौट गर्न सक्छौं । बेस रेट कम हुने बैंकको ब्याजदर पनि अवश्य कम हुन्छ ।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, स्टान्डर्ड चार्टर्ड बैंकको व्याजदर तुलनात्मक रुपमा कम हुन्छ । उनीहरु कम रेटमा घरकर्जा प्रस्ताव गर्न सक्छन् ।

मध्यम खालका बैंकहरुको ब्याजदर अलि बढि हुन्छ । भर्खरै उदाउँदै गरेका बैंकको ब्याजदर सबैभन्दा बढी हुन्छ ।

हामीले ऋण लिँदा कस्ट अफ फन्ड कम भएका, बेस रेट कम भएका बैंकहरुबाट ऋण लिन सकेमा ब्याजदरसहित विभिन्न शिर्षकका शुल्कमा पनि छुट पाउन सक्छौं ।

सामन्यतया बैंकहरुले दशैं तिहारको बेलामा विभिन्न स्किमहरु ल्याएका हुन्छन् । त्यो बेलामा बैंकहरुले ब्याजदर र सर्भिस चार्जमा केही छुट दिन्छन् । नेपालमा फेस्टिव टाईममा अरु बेलाभन्दा केही छुट सुविधा दिएका हुन्छन् ।

 

क्रसर व्यवसायी महासंघको तेस्रो महाधिवेशन बर्दिवासमा सुरु, नयाँ नेतृत्व चयन गर्ने

मंसिरका लागि पनि ११ बैंकले घटाए मुद्दति निक्षेपको ब्याजदर

सामान्य बढ्यो कित्ताकाट

बाढीपहिरोबाट मकवानपुरमा ३१७ घरमा क्षति, एक अर्बभन्दा बढीको क्षति

पूर्वी नाकाबाट पाँच अर्बभन्दा बढीको भेनियर र प्लाईबोर्ड भारत निर्यात

आज ठूलो एकादशी, तुलसीको विशेष पूजा गरेर मनाइँदै

रित्तिँदै तिब्बतीयन क्याम्प, जीर्ण बन्दै घर

बाढीले बगर बन्यो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

F68A2755942B170-5971C5A52A808CC-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैकबाट ऋण लिएर घर किन्नेहरु घटे

D490492BFB00BBD-sanchaya kosh.jpg

सञ्चय कोषबाट घर सापटी कर्जा कसरी लिने ? यस्तो छ ब्याजदर

4FBC54D34ACB045-Pic-3.jpg

चार अर्बको कजरिया टायल उद्योग ६ महिनाभित्र सञ्चालन, एभरेष्ट बैंकको अगुवाईमा सहवित्तीयकरण हुने