सरकारी तथ्यांक नै भन्छ– निर्माण र रियल इस्टेट क्षेत्र अझै मन्दीमै (चार्टसहित)

दोस्रो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर २.२ प्रतिशत र रियल इस्टेट सम्बन्धि गतविधिको वृद्धिदर २.७ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको वृद्धि –८.८ प्रतिशत ऋणात्मक र रियल इस्टेट क्षेत्रको वृद्धि २.७ प्रतिशत रहेको छ ।

367B408218B985F-icon.png
245views
4E1B9CE7D39BA9E-434754304_10100998870976524_1233377876666275296_n.jpg

काठमाडौं । यो वर्ष पनि मन्दीमा फसेको निर्माण क्षेत्र र रियल इस्टेट सम्बन्धि गतिविधिहरु अझै पुरानै लयमा फर्किन नसकेको सरकारी तथ्यांकले नै देखाएको छ । तर, अघिल्लो आर्थिक वर्षसँग तुलना गर्दा दुबै क्षेत्रको कारोबार सामान्य बढेको देखिन्छ । 

केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक कुल ग्रार्हस्थ उत्पादन (जीडीपी) रिपोर्टले निर्माण र रियल इस्टेट क्षेत्रको कारोबारमा सुधारको शंकेत देखाएको हो । तर, अपेक्षित रुपमा दुबै क्षेत्र जुर्मुराउन नसकेको व्यवसायीको गुनासो छ ।

यस अवधिमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर २.२ प्रतिशत र रियल इस्टेट सम्बन्धि गतविधिको वृद्धिदर २.७ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा निर्माण क्षेत्रको वृद्धि –८.८ प्रतिशत ऋणात्मक र रियल इस्टेट क्षेत्रको वृद्धि २.७ प्रतिशत रहेको छ ।

चालू आवको पहिलो त्रैमाससँग तुलना गर्दा निर्माण क्षेत्रको वृद्धिदर घटेको देखिन्छ भने रियल इस्टेट गतिविधिको वृद्धिदर सामान्य बढेको देखिन्छ । पहिलो त्रैमासमा निर्माण क्षेत्रको वृद्धि १२.५ प्रतिशत र रियल इस्टेट क्षेत्रको वृद्धि २.२ प्रतिशत रहेको छ ।

त्रैमासिक रुपमा तुलना गर्दा आव ०७८/७९ को पहिलो त्रैमासमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिदर ८.६ प्रतिशत, दोस्रो त्रैमासमा ४.१ प्रतिशत, तेस्रो त्रैमासमा १०.३ प्रतिशत, चौथो त्रैमासमा ५.४ प्रतिशत, आव  ०७९/८० को पहिलो त्रैमासमा –६.८ प्रतिशत, दोस्रो त्रैमासमा –८.८ प्रतिशत, तेस्रो त्रैमासमा –४.२ प्रतिशत र चालू आव ०७९/८० पहिलो त्रैमासमा १२.५ प्रतिशत र दोस्रो त्रैमासमा २.२ प्रतिशतको वृद्धिदर हासिल भएको देखिन्छ ।

यस अवधिमा निर्माण क्षेत्रको कारोबारमा निकै उतारचढाव आएको देखिन्छ । पछिल्लो अढाई वर्षयता मन्दीले सरकारीदेखि निजी निर्माणसम्म सुस्त छ ।

घरजग्गा (घरजग्गा किनबेच, भाडा आदि) सम्बन्धी गतिविधिको कारोबारमा त्यति उतारचढाव देखिदैन । आव ०७८/७९ को चारवटै त्रैमासमा रियल इस्टेट गनिविधिको कुल मूल्य अभिवृद्धिदर १.६ प्रतिशत, आव ०७९/८० चारवटै त्रैमासमा २.२ प्रतिशत वृद्धि र चालू आव ०८०/८१ को पहिलो त्रैमासमा २.२ र दोस्रो त्रैमासमा २.७ प्रतिशतको वृद्धि हासिल भएको देखिन्छ ।

चालू आवको दोस्रो त्रैमासमा देशको समग्र अर्थतन्त्रको वृद्धि अघिल्लो आवको सोही अवधिको तुलनामा ४ प्रतिशतले बढेको तथ्यांक कार्यालयले प्रारम्भिक प्रक्षेपण गरेको छ । 

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

नागार्जुनमा २० करोडको बंग्लो बिक्रीमा, तीन दिन ओपन हाउस कार्यक्रम

CBFB83388649FF5-download.jpeg

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

FC2C470E42ADA29-Construction-workers-make-quake-proof-houses-for-Shigeru-Ban-Nepal-House-Project.jpg

निर्माण उद्योग अझै मन्दीमै, चालू आवमा २.०७५ ऋणात्मक रहने प्रक्षेपण

80861E67EF7BAD6-1709616394-YJWs4.jpg

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?