कस्तो बनेको छ मुस्ताङमा देशकै महंगो रिसोर्ट ?

नेशनल जियोग्राफिकले जोमसोमको ‘शिन्तामणि मुस्ताङ’लाई विश्वका उत्कृष्ट होटलको सूचिमा राखेको छ ।

367B408218B985F-icon.png
1304views
8313B0B02773444-download.jpeg

काठमाडौं । चारैतिर मनमोहक हिमालहरु । हिमालयको काखमा अवस्थित चिटिक्कको शहर । अर्कै दुनियाँमा पुगेको झझल्को दिलाउने भौगोलिक बनावट । चित्ताकर्षक नदी । विश्वका हिन्दू र बौद्धमार्गी भक्तहरुको रोजाईको पवित्र तिर्थस्थल पनि ।    

यो कुनै स्वैरकाल्पनिक कथा नभएर ‘द न्यूयोर्क टाइम्स’ले सन् २०२४ मा विश्‍वका घुम्‍नै पर्ने ४२ गन्तव्यहरुको सूचिमा राखेको हिमाल पारिको जिल्ला मुस्ताङको वास्तविकता हो । जहाँ विश्‍वका धनाढ्य र सौखिन पर्यटकलाई सेवा दिने उद्देश्यसहित लक्जरी रिसोर्ट ‘शिन्तामणि मुस्ताङ’ सञ्‍चालनमा आएको छ ।

मुस्ताङ क्षेत्रकै ढुंगाहरु कुँदेर बनाइएको रिसोर्ट साउनदेखि सञ्‍चालनमा आएको हो । यो रिसोर्टमा बस्‍न विदेशी जोडीले प्रतिरात तीन लाख रुपैयाँ र नेपालीले डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

यसअघि सञ्औलनमा रहेको मोक्षलाई स्तरोन्‍नती गरेर यति समूहले देशकै महंगो हाई इन्ड रिसोर्ट सञ्‍चालनमा ल्याएको हो ।नेशनल जियोग्राफिकले जोमसोमको ‘शिन्तामणि मुस्ताङ’लाई विश्‍वका उत्कृष्ट होटलको सूचिमा राखेको छ । एशिया महादेशबाट शिन्तामणि पहिलो नम्बरमा छ । 

२७ सय मिटर उचाईमा रहेको रिसोर्टमा २९ वटा स्वीट रुम छन्, जसमध्ये दुईवटा जुनियर स्वीट, नौवटा ग्राउन्ड फ्लोर स्वीट, १४ वटा टप फ्लोर स्वीट र एउटा बाल्कोनी स्वीट रहेको छन् । 

रिसोर्टका प्रत्येक सुइटहरु ४५ वर्ग मिटर फराकिला छन् । प्रत्येक सुइटलाई परम्परागत शैलीमा डिजाइन गरिएको छ । कोठामा ठूलो झ्यालहरु प्रयोग गरिएको छ, जहाँबाट बाहिरका दृश्यहरु छर्लङ्ग देखिन्छन् । कोठाबाटै निलगिरी हिमालयको भव्य दृश्य देखिन्छ ।

रिसोर्टमा न्यूनतम प्रतिदिन १८ सय र २२ सय अमेरिकी डलर (दुई लाख ३९ हजारदेखि दुई लाख ९३ हजार रुपैयाँ) तोकिएको छ । शिन्तामणिमा बस्‍न विदेशी पर्यटकले पाँच दिनको प्याकेज खरिद गर्नैपर्ने हुन्छ । १२ लाखदेखि १४ लाख ६३ हजार रुपैयाँसम्म खर्च गर्न सक्नेमात्र शिन्तामणिको पाहुना हुन सक्छन् ।

रिसोर्टमा ६० सिटको निलगिरी भोजनालय छ । सो रेष्टुरेन्टमा स्थानिय मौलिक परिकारदेखि पश्‍चिमा परिकार पाक्छन् ।

शिन्तामणि ब्रान्ड अमेरिकन आर्किटेक बिन्सेलीलेसुरुवात गरेका हुन् । यो नयाँ लक्जरी ब्रान्ड हो । यो कम्बोडिया बाहिर शिन्तामणि होटेल्सको पहिलो अन्तर्राष्ट्रिय फ्ल्यागशीप प्रोपर्टी हो ।

विदेशी पर्यटकले जुनियर सुइटको पाँच दिनका लागि करसहित ११ लाख ९७ हजार रुपैयाँ तिर्नुपर्छ भने ग्राउन्ड फ्लोर सुइटको प्रतिदिन १९ सय डलरका दरले पाँच दिनको १२ लाख ६३ हजार पाँच सय तिर्नुपर्ने हुन्छ । 

टप फ्लोर सुइटमा पाँच दिनको प्याकेज किन्‍न १३ लाख ३० हजार र प्रतिदिन २२ सय डलर तोकिएको बाल्कोनी सुइटमा बस्न पाँच दिनको १४ लाख ६३ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

नेपाली पाहुनाहरुका लागि भने रिसोर्टले ५० प्रतिशत छुट दिएको जनाएको छ । नेपाली पर्यटकका लागि स्पेशल प्याकेज बनाउन लागेको शेर्पा हस्पिटालिटी ग्रुपकी मार्केटिङ म्यानेजर एलिना सेनले बताइन् ।

लचिलो मौद्रिक नीतिमा चेम्बरको जोड, घरजग्गा धितो कर्जालाई सहज बनाउन पहल गर्ने

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

B16CFA528F92576-Trishuli Villa.png

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला