काठमाडौंमा चारवटा नयाँ शहर बनाउन ५ खर्ब लगानी ! डीपीआर क्याविनेटमा पुगेर अड्कियो

काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएका चारवटा नयाँ शहर बनाउन ४ खर्ब ८२ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । सरकारले भक्तपुरमा दुई, काठमाडौं र ललितपुरमा एक÷एक आधुनिक सेवा सुविधासहितको नयाँ शहर निर्माण गर्दै छ । 

367B408218B985F-icon.png
277views
4AE1C792CBFFC1C-New-City.jpg

काठमाडौं उपत्यकामा निर्माण गर्ने भनिएका चारवटा नयाँ शहर बनाउन ४ खर्ब ८२ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । सरकारले भक्तपुरमा दुई, काठमाडौं र ललितपुरमा एक÷एक आधुनिक सेवा सुविधासहितको नयाँ शहर निर्माण गर्दै छ । 

चारवटै शहरको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डीपीआर)मा लागत झन्डै ५ खर्ब पुग्ने देखिएको हो ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले चार शहरमध्ये तीनवटाको डीपीआर स्वीकृतिका लागि मन्त्रीपरिषद् कार्यालयमा पठाइसकेको छ । निकै सुस्त गतिमा अगाडि बढिरहेको नयाँ शहरका परियोजनाको डीपीआर रिपोर्ट फेरी क्याबिनेटमा पुगेर डेढ महिनादेखि थन्किएर बसेको छ । 

प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका अनुसार ‘काठमाडौं इशान’ (भक्तपुर), ‘काठमाडौं आग्नेय’ (भक्तपुर), र ‘काठमाडौं  हरित’ (काठमाडौं) शहरको डीपीआर क्याबिनेटमा गइसकेको छ । ललितपुरमा बनाउन लागिएको ‘काठमाडौं नैऋत्य’को डीपीआर अझै क्याबिनेटमा पठाएको छैन् ।  

चारवटै ठाउँमा अत्याधुनिक सेवा सुविधासहितको शहरहरु निर्माण गर्ने गरी डीपीआर बनेको हुँदा मोटो रकम लागत निस्किएको तिवारीले बताए । चार शहरमध्ये सबैभन्दा ठूलो काठमाडौं ईशान हो जुन एक लाख रोपनीमा फैलिने छ । डीपीआरमा ईशानको कुल लागत ३ खर्ब ८२ अर्ब हुने आंकलन गरिएको छ भने आग्नेयको ४० अर्ब, नैऋत्य र हरित शहर निर्माणमा ३०/३० अर्ब लगानी हुने आंकलन छ । 

तिवारीका अनुसार निर्माणाधिन नयाँ शहरहरुमा आधुनिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ । यी शहरमा साइकले लेनसहितको चौडा र अन्डरग्राउन्ड चिल्ला सडक, आकासे पुल, मनोरञ्जन पार्क,सपिङ मल, व्यवस्थित आवास, मल्टिप्लेक्स, प्रशस्त खुला ठाउँहरु, खेल मैदान, पौडी पोखरी, हरियाली, यातायात सञ्जाल, बिजुली, शिक्षा, स्वास्थ्य लगायत अत्याधुनिक पूर्वाधार निर्माण गरिने छ । 

यस्तै, नयाँ शहरमा आवासिय, व्यवसायिक, शैक्षिक, स्वास्थ्य, खेल मैदान लगायत क्षेत्रलाई छुट्टाछुट्टै स्थानमा व्यवस्थित गरिने छ । विद्युत्, इन्टरनेट र टेलिफोन तारलाई भूमिगत गरिने छ भने फोहोर मैला र खानेपानीको उत्कृष्ट व्यवस्थापन गरिने लगायत कुराहरु डीपीआरमा समेटिएको छ । 

यी शहरमा साइकले लेनसहितको चौडा र अन्डरग्राउन्ड चिल्ला सडक, आकासे पुल, मनोरञ्जन पार्क,सपिङ मल, व्यवस्थित आवास, मल्टिप्लेक्स, प्रशस्त खुला ठाउँहरु, खेल मैदान, पौडी पोखरी, हरियाली, यातायात सञ्जाल, बिजुली, शिक्षा, स्वास्थ्य लगायत अत्याधुनिक पूर्वाधार निर्माण गरिने छ । 

मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाइएको डीपीआरमा शहर निर्माणका लागि मोटो रकम लगानी हुने देखिए पनि तत्काल त्यति धेरै लगानी नहुने तिवारी बताउँछन् । ‘यो पुरै आधुनिक शहर निर्माण गरिसक्दाको कुल लागत हो, अहिले नै डीपीआरमा उल्लेख भएजस्तै भव्य शहर बनाउँदैनौं’ तिवारी भन्छन्, ‘हामीले आवश्यकताका आधारमा चरण चरणमा पूर्वाधार निर्माण गरेर सहर बसाल्ने हो ।’ 

तिवारीका अनुसार अहिले नै अन्डरग्रााउन्ड सडक हुने छैन । चारवटै परियोजनाले शहरभीत्र पुरै सडक कालोपत्रे पनि गर्दैनन् । कतिपय सडक स्थानीय सरकारले बनाउलान् । कतिपय सडक उपभोक्ता समितिले बनाउनेछन् । अरु पूर्वाधारमा निर्माणमा पनि निजी क्षेत्रसँग सहयकार्य हुने उनी बताउँछन् । 

‘अझै डीपीआर स्वीकृत भइसकेको छैन, त्यसैले काम पनि सुरु गरिसकेका छैनौं’ तिवारीले भने, ‘डीपीआर स्वीकृत हुने वित्तिकै काम अगाडि बढाउँछौं ।’ 

काठमाडौं उपत्यका विकास प्राधिकरणले डीपीआरमा समेटिएमध्येका के कति पूर्वाधारहरुलाई प्राथमिकतामा राखेर काम गर्ने भनेर निर्धारण गर्न आयोजना व्यवस्थापन उपसमिति बनाउने छ । सोही उपसमितिले चारवटै परियोजना निर्माणको काममा गाईड गर्ने छ । उनी भन्छन्, ‘त्यो उपसमितिले मास्टर प्लान परिवर्तन गर्न पाउने छैन्, तर के कति काम गर्ने भन्ने कुरा उपसमितिकै निर्णय हुन्छ ।’
परियोजनाभित्र अधिकांश जग्गा व्यक्तिको हो । त्यसैले शहर निर्माणमा निजी क्षेत्रलाई सहभागी गराएर काम गर्ने तिवारीले बताए । यदि रियलस्टेट डेभलपरले आवास निर्माणको काम यतिमा गर्छौैं भनेर प्याकेजसहित आएमा सहभागी गराउन सकिने उनको भनाई छ ।

ललितपुरको खोकना क्षेत्र वरपर निर्माण गरिने उक्त शहरमा स्थानीयहरुकै असहमति रहेको हुँदा नैऋत्य शहरको डीपीआर क्याबिनेटमा नपठाइएको हो । पछिल्लो समय नयाँ शहरको विषयलाई लिएर खोकना र काठमाडौं–तराई द्रुतमार्गले अधिग्रहण गर्न लागेको जमिनलाई लिएर बुङमतिका बासिन्दा असन्तुष्ट बनेका छन् । 

२५ जेठमा भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्बाङको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाका विकास प्राधिकरणको बैठकले तीन शहरको डीपीआर स्वीकृतिका लागि क्याबिनेट पठाउने निर्णय गरेको तिबारी बताउँछन् ।

अव्यवस्थित बस्ती विकास भएर कुरुप बन्दै गइरहेको काठमाडौं उपत्यकामा बनाउन लागिएको नयाँ शहरलाई चासोको रुपमा हेरिएको छ । तर, नयाँ शहर विकासको काममा ढिलाई हुँदै गइरहेको छ । 

काठमाडौं ईशान (पूर्व–उत्तर)

यो शहर भक्तपुरको पूर्व–उत्तर क्षेत्रमा फैलिने बताइएको छ । पूर्वमा नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, मुलपानी, कोठाटार र उत्तरतर्फ साँखु बजार क्षेत्रसम्म फैलिने छ । करीव एक लाख रोपनी क्षेत्रफलमा फैलिने ईशान चारवटा शहरमध्ये सबैभन्दा ठूलो हुने छ । 

काठमाडौं आग्नेय (पूर्व–दक्षिण)

झन्डै १० हजार रोपनी क्षेत्रफलमा फैलिने आग्नेय शहरले कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट क्षेत्रलाई समेट्ने प्राधिकरणले जनाएको छ । पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको बन क्षेत्रसम्म फैलिने छ । 

पश्चिम क्षेत्रतर्फ खहरे खेला, बालकोट–विरुवा सडक, पानी ट्यांकी, बालकोट, अमरनगर, ठिमी हुँदै अरनिको राजमार्गको सिमनासम्म छुनेछ ।

उत्तरतर्फ अरनिको राजमार्गसम्म फैलिनेछ भने दक्षिणतर्फ भक्तपुरकै सिनामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म फैलिने बताइएको छ ।

काठमाडौं हरित (उत्तर)

१० हजार रोपनी क्षेत्रफलमा फैलिने यो शहर काठमाडौं जिल्लामा पर्छ । यो शहर पूर्वमा सामाखुशी, टोखा रोड हुँदै बाईपासम्म फैलिने छ । पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाईपास जाने मुलुक सडक, उत्तरतर्फ सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थलीको मुल सडकसम्म फैलिने बताइएको छ । 

यस्तै, यो शहर दक्षिणतर्फ ग्रिनल्यान्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडकसम्म फैलिने छ ।

काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम)

यो शहरको डीपीआर मन्त्रिपरिषदमा पठाइएको छैन । तिबारीका अनुसार ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन प्राधिकरणको जेठ २५ गतेको बैठकमा अनुपस्थित भएपछि नैऋत्य शहरको डीपीआर क्याबिनेट नपठाइएको हो । 

नैऋत्य शहर पनि करीव १० हजार रोपनी क्षेत्रफलमा फैलिने बताइएको छ । यो शहर खोकनाको १ देखि ८ वडा र बुङमती वडा नम्बर १ हुँदै भैंसेपाटी छम्पी जाने मुख्य सडक तथा बुङमतिकै वडा २ देखि ६ सम्म फैलिने छ । 

पूर्वतर्फ साबिकको सैंबु गाविसको सिमना हुँदै फसिडोल, बागमती नदिको झोलङ्गे पुलसम्म सहर फैलिने छ । पश्चिम र दक्षिणतर्फ बागमती नदीलाई सिमाना तोकिएको बताइएको छ ।
 

लचिलो मौद्रिक नीतिमा चेम्बरको जोड, घरजग्गा धितो कर्जालाई सहज बनाउन पहल गर्ने

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

A5E54D60CEFE659-0988653E2871E0F-city-satelite-smart.jpg

नयाँ शहरकाे नाममा रोक्का जग्गा तत्कालै फुकुवा गर्न उपत्यकाका पाँच नगरपालिकाको चेतावनी

737BB67FC77C7C7-PM-final.jpg

प्रधानमन्त्री प्रचण्ड जग्गाको कित्ताकाट तत्कालै खुलाउन तयार, तर कहाँबाट किन अड्कियो ?