काठमाडौंमा दुई दिन रियल इस्टेट कन्फ्रेन्स हुँदै, विदेशी वक्ता पनि सहभागी हुने

देशभरका रियल इस्टेट कम्पनीहरुले चुक्ता पूँजी दुई खर्ब ७८ अर्ब रुपैयाँ रहेको र यस क्षेत्रमा बैंकको लगानी करीव दुई खर्ब ५० अर्ब रुपैयाँ रहेको घरजग्गा महासंघले जनाएको छ ।

367B408218B985F-icon.png
786views
45743DE3506F1EB-WhatsApp Image 2024-05-03 at 12.18.48_0ddb1d24.jpg

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघले रियल इस्टेट कन्फ्रेन्स आयोजना गर्ने भएको छ । यही २३ र २४ वैशाखमा आयोजना गर्न लागिएको कन्फ्रेन्समा घरजग्गासँग सम्बन्धी दुई सय जनाको सहभागिता रहने बताइएकोछ ।

नेपाल इन्स्टिच्युट अफ अर्बन एन्ड रिजनल स्टडिज (निअर्स)सँगको सहकार्यमा आयोजना हुन लागेको सम्मेलनमा विदेशी वक्ता समेत सहभागी हुने आयोजकले जनाएको छ । सम्मेलनमा ‘विश्व परिदृश्यमा रियल इस्टेटको अवस्था र नेपालले लिनुपर्ने कार्यदिशा’ बारेमा स्वदेशी तथा विदेशी विज्ञ र सहभागीहरुबीच खुला छलफल हुनेछ ।

मन्दीकै बिच आयोजना गर्न लागिएको सम्मेलनमा प्राप्त अवसरलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने बारेमा रियल इस्टेट क्षेत्रमा ख्यातिप्राप्त विदेशी विज्ञहरुको अनुभव र सुझाव प्राप्त हुने अपेक्षा छ । 

सम्मेलनमा सहभागी हुनका लागि रजिष्ट्रेसन फि नौ हजार रुपैयाँ तोकिएको छ । रियल इस्टेट क्षेत्रको विकासका लागि नीति निर्माता, प्रशासक र व्यवसायीको भूमिका, अन्तर्सम्बन्ध र सहकार्यबारे प्रष्ट कार्यदिशा तयार गर्न पनि सम्मेलनले सहयोग पुग्ने विश्वास छ ।

सम्मेलनमा नेपालको घरजग्गा बजारमा विदेशी लगानीका लागि लिनुपर्ने रणनीतिका विषयमा पनि छलफल हुने छ । यस्तै, सफल रुपमा घरजग्गा एजेन्सी र एजेन्ट सञ्चालन सम्बन्धी सत्र पनि चल्नेछन् ।

सिंगापुरले सहरी विकासमा गरेको प्रगति र त्यसको गुरुयोजनाको विषयमा पनि विदेशी वक्ताले सत्र सञ्चालन गर्नेछन् । 

सम्मेलनको मुख्य उद्देश्यहरुमा स्वदेशी तथा विदेशी विज्ञ र व्यवसायीहरुबीच अनुभव साटासाट, घरजग्गा उद्योगको ट्रेन्ड एनलाइसिस, पोलिसी लविङ, नेटवर्क विस्तार, अन्तर्राष्ट्रिय प्राक्टिसबारे अनुभव शेयरिङ रहेको छ ।

देशभरका रियल इस्टेट कम्पनीहरुले चुक्ता पूँजी दुई खर्ब ७८ अर्ब रुपैयाँ रहेको र यस क्षेत्रमा बैंकको  लगानी करीव दुई खर्ब ५० अर्ब रुपैयाँ रहेको घरजग्गा महासंघले जनाएको छ । कुल ग्राहस्थ उत्पादनमा यस क्षेत्रको योगदान करीव १० प्रतिशत रहेको छ । महासंघका अनुसार, समग्र रुपमा घरजग्गाको कारोबारबाट वार्षिक करिव ४० अर्ब रुपैयाँभन्दा बढी राजश्व उठ्दै आएको छ ।

विशालनगरमा बन्दैछ एउटै युनिटको २२ करोड पर्ने अपार्टमेन्ट

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

CBFB83388649FF5-download.jpeg

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

FF3C1A1E7990BCF-a2d1b941-b589-40ac-9fa1-9a64e71f7980.jpeg

किन घट्दैछ काठमाडौंमा घर निर्माण ?